समाजलाई सामाजिकीकरण गर्ने विभिन्न एजेन्ट मध्ये एउटा र सशक्त पक्षका रुपमा मिडियालाई लिने ग रिन्छ । मिडियाले जे खालका सूचना संप्रेषण गर्ने गर्दछ , त्यसले समाजमा विभिन्न खालको प्रभाव प्रसार गर्दछ । विगतमा नेपाली मिडियाहरुले राजनितिक विषयलाई बढी ठाउँ दिएकाले आम समाजमा राजनीतिक र दलीय दृष्टीकोणमा सोच्ने , चिन्तन गर्ने आदतको मलजल गर्यो । स्थानीय विकल्प निर्माण र जीविका विकासका सम्भावित सबालहरुले मिडियामा कमै ठाउँ पाए ।

गणतन्त्र नेपालको निर्माणको प्रकृया चलिरहदा अव राजनितिक सबाल भन्दा विकासका सबाललाई मिडियाले प्राथमिकता दिनुपर्छ भन्ने ग्रामीण कृषि इलमीहरुको माग आउन थाल्यो र विकास पत्रकारितालाई टेवा दिने सोचले आरसी टाइम्स साप्ताहिकको जन्म हुन पुग्यो । मिडियाले राजनितिक सबाललाई बढी नै प्राथमिकता दिएर पो नागरिकहरुमा पनि त्यस्तै धारणाको विकास गर्न प्रेरणा दिएको थिया, यदि विकासमुलक खबरहरुलाई मात्र समेटेर विकास पत्रकारिताको अभ्यास थालनी गर्ने हो भने नागरिकहरुमा विकासका लागि दबाब र समृद्धिका लागि इलमको धारणा विकास गर्न सघाउ पुर्याउन सक्छ भन्ने मान्यताले विकासमुलक बीटहरु समेटेर पत्रकारिता गर्ने सम्पादकीय निति निर्माण गरि सोही बमोजिम वि।सं। २०६३ सालको मंसीर २५ गते सोमबारबाट आरसी टाइम्सको प्रकाशन थालनी भएको हो ।

सनातन आर्यहरुको सभ्यतामा आठवटा आयामको अष्टयन्त्र आरसी नामको विशिष्ट महत्व छ । सनातनी समाजमा वैदिक र तान्त्रीक यज्ञहरुका साथै वास्तुकला र साधना गणितमा आरसीलाई विशिष्ट यज्ञ र साधना यन्त्रको रुपमा पहिचान निर्माण गर्दै नेपाली भुगोलका प्राचिन पुर्खाहरुले सन्ततीहरुमा ज्ञानको विस्तारलाई निरन्तरता दिइरहेका छन् । हामीले पनि तिनै पुर्वजहरुको नासो आरसीलाई आत्मसात गर्दै समाजशास्त्रीहरुले अनुसन्धानका क्रममा बहुआयामिक दिशाबाट घटना र तथ्यको अवलोकन गर्ने प्रयासले तथ्यको नीकट पुग्न सघाउछ भन्ने विश्वास गरेझै आरसीका आठवटा आयामहरुबाट विकासका आठ विट समेटेर विकास पत्रकारिता गर्ने अठोटका साथ क्रियाशीला भएका छौं ।

हरेक वर्ष सम्पादकीय निति सार्वजनिक गरेर जवाफदेही पत्रकारीताको अभ्यास गर्दै आएका हामीहरु सोही नितिको पालनामा प्रतिबद्ध छौं । हाम्रो १२ वर्षको सिकाइ र प्रयासलाई ग्रामीण विकास र कृषि इलममा क्रियाशील व्यक्ति, समूह र संस्था तथा निकायहरुले प्रोत्साहित गर्दै गण्डकी प्रदेशको कृषि पत्रकारिताको रोलमोडल पहिचान दिएर हामीलाई उर्जावान बनाइरहेका छन् । नागरिकहरुमा इलम र विकल्पको रोजाइ बढाउने समाग्री हाम्रा पनि रोजा विषय हुन । अब दलीय राजनिति होइन विकासका कुरा गर्रौ भन्ने हाम्रो पनि आवाज हो ।