सुन्तला सुपरजोनमा अर्याल निर्विरोध

शालिकराम पोखरेल, स्याङ्गजा
स्याङ्जा सुन्तला सुपरजोन संचालक समितिको पाचौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट सुन्तला सुपरजोन संमन्वय समितिको अध्यक्षमा तारा प्रसाद अर्याल निर्विरोध चयन भएका छन् । संचालक समंन्वय समितिको सदस्यमा अनन्त राज मरासिनी, तिलमाया गुरुङ, भिमा जि.टी., सुरेन्द्र रेग्मी, याम बहादुर के.सी. ज्ञानेश्वर चापागाई, भिमकला शर्मा र नविन आले निर्वाचित भएका छन् । कार्यालयले तयार पारेको विभिन्न कलस्टरवाट छनौट भएर आएका प्रतिनिधिहरु बीच छलफल गरि सर्वसम्वत कार्यसमिति चयन गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाले जनाएको छ ।
साधरणसभालाई सम्बोधन गर्दै कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले नेपालको जस्तो मिठो स्वाद भएको सुन्तला अन्य ठाउमा नपाइने बताउदै मिठो स्वाद भएकै कारण नेपालको सुन्तला विदेश निर्यात गर्न सकिने वताए । उनले किसानलाई प्राविधिक,आर्थिक लगाएतका सम्पुर्ण सहयोग गर्न सरकारी निकाय तयार हरेको वताउदै अव किसानले अझ मिहिनेत गर्नु पर्ने वेला भएको वताए । प्रमुख हमालले स्वाथ्य सुन्तलाको विरुवा रोपेको खण्ड मात्र गुणस्तरीय सुन्तला उत्पादन गर्न सकिने वताउदै विरुवा रोप्ने बेलामा स्वस्थ्य सुन्तलाको विरुवा रोप्न किसानहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्साल,जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल, सुन्तला ब्यवसायी फनीनारायण अर्याल, शितभण्डारका अध्यक्ष अनन्त कुमार श्रेष्ठ लगायतले सुन्तलाको प्रसोधन उद्योग स्थापना गर्न सकेको खण्डमा किसानको आम्दानी अझ वढाउन सकिने धारण ब्यक्त गरेका थिए ।

Facebook Comments