सिफारीस नभएको जातको धान रोप्दा रोगको प्रभाव

 महेन्द्र  जिसी, पर्वत

  पहाडी भेगका लागि सिफारीस नभएको जातको धानको वीउ  रोपेका स्थानीय किसानहरु धान पसाउने बेलामा पहेंले रोगले प्रभाव पार्न थाले पछि किसान चिन्तामा परेका छन् ।  स्थानीय व्यपारीले बढी फल्ने धानको रुपमा प्रचार गरेर विक्रि गरेका धानको विउँ रोपेका मोदीका किसानहरुले लगाएको सयौं रोपनी खेतको  धानमा अहीले पहेँले र सिन्दुरे रोग देखा परेको छ ।  धेरै फल्ने उत्पादन बढी हुने  प्याकेटको विज्ञापनको अधारमा रोपेको धान  लगाएको दुई महीना मै  पात कुहीने, पँहेलो हुने तथा पातमा थोप्ला देखा परेपछि  किसान चिन्तीत बनेका हुन ।

  रोग देखा परेपछि किसानहरुले भोक मरीको चिन्ता गरेका छन । विगतका वर्षमा एक दुई रोपनीमा  लगाएको धानले राम्रो उत्पादन भएको भन्दै अहीले पुरै फाँटमा लगाएको धानमा रोग लागेको हो । स्थानीय किसान बसुन्धरा पौेडेलले  विगतमा एक दुई गरामा लगाएको अहले पुरै खेतमा नै वर्ण शंकर  जताको  यु यस  ३ सय १२ लगाएको  खेत नै पहेँेले लागेको बताईन । उनले वीउका कारण  वर्ष भरी खाने अन्नको लगानी खेर गएको बताईन ।

मोदी दुइको देउपुर, तीनको देउराली ,  पाँचको वाजुङ लगायतका फाँटमा लगाएको धानमा पहेंले रोगको प्रकोप देखा परेको हो । गाउँ पालिकाका अनुसार ८, १० हेक्टर खेतीमा पहेँले र खैरे र र सिन्दुरे रोग देखा परेको  छ ।  पहाडी भेगको लागि नेपाल सरकारले सिफारीस नै नगरेको जात  विक्रेताहरुले  खुलेआम विक्रि गर्दा  समस्या भएको प्राविधिकहरुले बताएका छन् । गाउँपालिका कृषिशाखा प्रमुख विकास शर्माले गाउँ पालिकाका वेँशीहरुका धेरै धान फल्ने क्षेत्रमा अहीेले रोगको समस्या देखा परको बताए । यता व्यापारीहरुले भने  किसानको माग अनुसार वीउ उपलब्ध गराएको बताएका छन । यो समस्याले मोदी लगायत कुश्माका विभिन्न वडा  विहादी   पैयुँ , फलेवास नगरपालिकाको विभिन्न वडाहरुका किसानहरु मर्कामा परेका हुन ।

उनिहरुले धानमा समस्या आएसँगै अन्य तरकारी टमाटर  लगयतका जातहरुमा पनि समस्या रहेको बताएका छन्। मोदी गाउँ पालिकाका स्थानीय एग्रोभेट  सञ्चालक व्यापारी बसन्त तिमल्सेनाले  किसानको माग अनुसार आँफुले युस ३१२ जातको धानको वीउ उपलब्ध गराएको  बताए । किसानको माग अनुसार उपलब्ध गराईएको हो बाँकी किसानले नै जान्नु पर्ने तिमल्सेनाले भने । खुल्ला सिमानाका कारण नेपाली भुभागको लागि सरकारले सीफारीस नै नगरेको जात भित्रदा अहीले  जिल्लाका धेरै किसाहरु मर्कामा परेको ज्ञान केन्द्र पर्वतले जनाएको  छ । 

स्थानीय सरकारमा बजार अनुगमन अधिकार निहीत भएपछि  तरकारी जातका वीउ तथा अन्न जातका वीउको प्रभावकारी अनुगमन हुन नसक्दा धेरै फलाउने विज्ञापनको आधारमा किसानले धान लगाउँदा अहीले ठुलो क्षती भएको ज्ञान केन्द्र पर्वतले जनाएको छ । जिल्ला तहमा पनि एग्रोभेटको अनुगमन नियमन नहुँदा रैथाने प्रजातीका अन्न विज  लोपोको जोखिममा परेका छन ।

Facebook Comments