सिचाईको लागि भुमिगत जल ड्रिलिङ

सिर्जना अधिकारी,लमजुङ

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ८ स्थित सिमलचौर फाँटमा भुमिगत जल सिँचाईको ड्रिलिङ आयोजना सम्पन्न भएको छ ।
मस्र्याङ्दी ८ को गौरव आयोजना अन्तरगत गाउँपालिकाको सहयोगमा सिमलचौरमा भुमिगत जल सिँचाईको ड्रिलिङ भएको हो । सिमलचौर फाँट उर्भरमुमि युुक्त जमिन भएता पनि हिउँदको समयमा पानी तथा सिँचाई श्रोतको अभाव हुँदा हिउँदे नगदेवाली तथा तरकारी खेती गर्न समस्या हुने भएकाले भुमिगत जल सिँचाई विधिमार्फत् ड्रिलिङ गरी पानी निकालिएको मस्र्याङ्दी ८ को वडा अध्यक्ष हिरादेवी घलेले बताएकी छन् ।


सिचांई आयोजनाको लागि मस्र्याङ्दी गाउँपालिकाले ५० लाख वजेट विनियोजन गरेको अध्यक्ष घलेले बताइन् । यस भन्दा अघि साढे चार लाख लागतमा सिमलचौर फाँटमा भुमिगत जलस्रोत सिँचाईको सर्वे गरिएको थियो । परिक्षण पश्चात सो भुमिगत सिँचाईको ड्रिलिङ कार्य सम्भव भएसँगै १८ लाख लागतमा एक सय ३० मिटरको गहिराईवाट करिव ७ लिटर प्रति सेकेन्ड पानी निस्कने गरी ड्रिलिङ गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
आकाशे पानी वाहेक सिचाईका लागि कुनै पनि श्रोत नभएकाले स्थानियहरुलाई कृषितर्फ आर्कषित गर्न भुमिगत सिँचाई व्यवस्था अपनाइएको अध्यक्ष गुरुङले बताए । सो व्यवस्था भएसँगै जमिनहरुमा बाह्रै महिना सिँचाईको व्यवस्था भएको र कृषहहरुलाई व्यवसायीक तरिकारवाट मौसमी तथा बेमौसमी उत्पादनमा जोडन सहज भएको गाउँपालिकाले जनाएको छ । भुमीगत सिँचाई ड्रिलिङ व्यवस्थाका लागी ५० के.भी को ट्रान्समिटर र ट्याङ्कीको व्यवस्था गरिएको छ । सिचाईको सहज सुविधा भएसँगै सो क्षेत्रका किसानहरु अव बजारको माग अनुसारको मौसमि तथा बेमौसमि फलफुल, तरकारी उत्पादनमा जोडिने विश्वास लिइएको छ ।

Facebook Comments