सार्क बीउ बैंकको खाँचो

आरसी टाइम्स व्युरो, पोखरा, पौष १४

सार्क एग्रीकल्चर सेन्टर, ढाका, बंगलादेश र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको  संयुक्त आयोजनामा हालै पोखरामा गएिको सार्क स्तरीय क्षेत्रीय परामर्श बैठकले सार्क स्तरीय बीउ बैंकको  स्थापना र प्रभावकारी कार्यान्वयनका लागि सहकार्यको खाँचो औल्याइएको छ ।

गत पौष ८ मा सम्पन्न  परामर्श बैठकमा उच्च मूल्यजाने तरकारीबालीको बीउ उत्पादनको हिसाबले, व्यवसायिकताको हिसाबले, रोजगारी श्रृजना गर्ने र गरिबी निवारणको हिसाबले पनि महत्वपूर्ण भएकाले उच्च मूल्य जाने तरकारी बीउ ग्रामीण साना किसान देखि लिएर तरकारी उत्पादन हुने ठूला क्षेत्रहरु सबैलाई जोड्न समेत महत्वपूर्ण भूमिका हुने  अपेक्षा गरिउको छ ।

सार्क सदस्य राष्ट्रमा तरकारी बीउ उत्पादन वितरण तथा  यसको व्यवसायिकरण लगभग समान रुपको रहेको र यहाँका साना देखि व्यवसायिक कृषक सम्म र कृषकलाई सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी निकाय र यसको मूल्य श्रृंखला प्रणालीमा सम्बद्ध सबै उत्पादक, प्रशोधनकर्ता, विक्रेता सबैको सबलीकरण गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताइएको छ । सार्क क्षेत्रभरी एकरुपता ल्याउने गरी तरकारी बाली अनुसन्धान, विकास, प्रसारमा राष्ट्रहरु बीच आपसी समन्वय, सहकार्य र सहयोगको आदान प्रदान गर्न समेत यो कार्यक्रम सहयोगी रहेको  बताइएको छ । 

कार्यक्रममा सबै सहभागी सदस्य राष्ट्रका तर्फबाट तरकारी बीउ उत्पादन सम्बन्धी राष्ट्रिय स्थिति पत्रको प्रस्तुती भएको थियो भने नेपालको तर्फबाट बागवानी अनुसन्धान केन्द्र, पोखरा र कृषि विकास तथा प्रसार गर्ने निकायको रुपमा कृषि विकास निर्देशनालय, गैरसरकारी संस्थाको तर्फबाट लिबर्ड तथा नीजिक्षेत्रका व्यवसायीहरुको तर्फबाट बीउ व्यवसायी संघ, गण्डकी प्रदेश र पोखरा सिड कम्पनीले गण्डकी प्रदेशमा तरकारी बीउ प्रणाली, बीउ प्रणालीका समस्या तथा समस्या समाधानको लागि सार्कस्तरबाट, सरकारी स्तरबाट, गैरसरकारी स्तरबाट, सामुदायिक स्तरबाट, नीजिस्तरबाट सम्बोधन गर्नुपर्ने विषयमा  कार्यपत्र प्रस्तुती गरेका थिए ।

सार्क क्षेत्रमा तरकारी बीउ उत्पादनका समस्याको रुपमा अनुसन्धानमा विनियोजित बजेटको कमी, अनुसन्धान गर्ने निकाय र जनशक्तिको कमी, गुणस्तरीय उन्नत बीउ उत्पादन, प्रमाणीकरण, नियमनमा प्रभावकारिता कम हुनु, उपयुक्त स्थानीय श्रोतबीउको उपलब्धता नहुनु, यन्त्रीकरण तथा प्रशोधन संयन्त्रको कमी, नीजि क्षेत्र लगानी गर्न कम आकर्षित हुनु र बजार तथा मूल्यको सुनिश्चिता नहुनु समस्याको रुपमा पहिचान गरिएको बताइएको छ । यसैगरी सार्क सदस्य राष्ट्रहरु बीच बीउ आदान प्रदान प्रकृया प्रभावकारी नहुनुले पनि अन्यत्रबाट सार्क क्षेत्रमा ठूलो मात्रामा बीउ आपुर्ति गर्नु परेको महशुस गरिएको बताइएको छ ।

यी समस्या समाधानको लागि तरकारी बीउ अनुसन्धानमा लगानी बढाउनु पर्ने, श्रोत बीउको सुनिश्चितागराईनु पर्ने, उत्पादन तथा प्रशोधन र वितरण प्रणाली चुस्त बनाउन सार्क सदस्य राष्ट्रका सरकारी, गैरसरकारी र नीजि क्षेत्र उत्पादक कृषक लगायत सबै सरोकारवाला निकायको क्षमता अभिबृद्धि गर्ने किसिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने र सार्क सदस्य राष्ट्रहरु बीच आपसी समन्वय, सहकार्यर सहयोग र प्रविधि तथा बीउको आदानप्रदान हुनुपर्ने विषयहरु पहिचान भएका छन् । यसैगरी तालिम, अभिमुखीकरण भ्रमण, यन्त्रीकीकरणमा सहयोग, गुणस्तरीय बीउ उत्पादनका आधारमा अनुदान सहयोग जस्ता विषय पनि ती समस्या समाधानमा सहयोगी हुने निष्कर्ष  निकालिएको बैठक पछि संचार संयोजक माधव लम्सालले बताए । सार्कस्तरमा राष्ट्रिय स्तरमा बीउ बैंकको प्रभावकारी कार्यान्वयन र भण्डारण क्षमता अभिबृद्धि गरी संकटको समयमा पनि बीउको आपुर्ति सुनिश्चिता गरिनुपर्ने आवश्यकता महशुस गरिएको बताइएको छ ।

Facebook Comments