सय बढी व्यवसायीलाई बीउ—विजन व्यवस्थापन अनुशिक्षण



पोखरा, माघ २६
गण्डकी प्रदेशको बीउविजन प्रयोगशाला पोखराले प्रदेशका विभिन्न जिल्लाका सय बढी वीउ विजन व्यवसायीहरुलाई वीज उत्पादन र व्यवसाय व्यवस्थापनका बारेमा अनुशिक्षण प्रदान गरेको छ  । गत पौष अन्तिम साता र माघ महिनाको चौथो सातामा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरको सहकार्यमा पोखरामा आयोजित २ चरणका अनुशिक्षण कार्याक्रममा 115 जना व्यवसायीलाई सहजीकरण गरिएको वीउवीजन प्रयोगशाला पोखराका प्रमुख सुदीप खतिवडाले जनाएका छन्  ।

तालिमले व्यवसायिहरुलाई जीम्मेबारी बोध गराएको र बीज व्यवस्थापनका लागि आधारभुत ज्ञान उपलब्ध गराएको सहभागी उद्यमी केदार आचार्यले बताए  ।

तालिमकै क्रममा निशुल्क अवसर दिएर व्यवसायिहरुलाई कानुनी बैधताका लागि सहजीकरण गरेको बताउँर्दै अर्का सहभागी सुस्मीता अधिकारीले सुचीकृत बीउ मात्र कारोबार गर्नुपर्ने सचेतता विकास भएको बताइन्  । हरेक चरणमा ३ दिने तालिमका क्रममा बीउबीजन सम्बन्धी कानुनी व्यवस्था, बीजनको गुणस्तर पहिचनका काइदा र गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण पद्दतीका बारेमा अनुशिक्षण गरिएको बताइएको छ  ।

तालिमका क्रममा बालीका जातहरुको बर्गीकरण तथा बीजनको आयात तथा निर्यात प्रकृया र व्यवसायिक धर्मका बारेमा पनि सहजीकरण गरिएको बताइएको छ  । गण्डकी प्रदेशका बीउ व्यवसायि, एग्रोभेट संचालक र बीउ उत्पादक समुह—सहकारी तथा फार्म सञ्चालकहरलाई लक्षित गरएको यो तालिममा श्रोत व्यक्तिका रुपमा केशब देवकोटा, भरत प्रसाद देबकोटा, बासुदेब रेग्मी र सुदिप खतिवडाले सहजीकरण गरेका थिए  ।


तालिम प्राप्त व्यक्तिहरुले स्थानीय कृषि ज्ञान केन्द्रमा तालिम प्रमाणपत्रका आधारमा व्यवसाय दर्ता तथा नविकरणका लागि मौका पाउने र यसैगरि एग्रो भेट सञ्चालनका लागि विषादी व्यवस्थापन तालिम पनि आवस्यक पर्ने बताइएको छ  । तालिम प्रकृयामा बढी भन्दा बढी उद्यमीहरुको सहभागीता सहज पार्दै उद्यमीहरुलाई बैधानकि विज व्यवस्थापनमा अभिप्रेरित गरेको भन्दै बीउवीजन ब्यवसायी संघ गण्डकीका संयोजक कुलप्रसाद सुबेदीले बीउ वीजन प्रयोगशालाको भूमिकाको साराहाना गरेका छन्  ।

Facebook Comments