सबै जिल्लामा कृषिका कार्यालय

कृषि र पसु सेवाका क्षेत्रमा क्रियाशिल पुराना जिल्ला कार्यालय खारेजीमा परि कृषि ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रका सिमित कार्यालय सञ्चालन हँुदा कृषि विकासका लागि प्रादेशिक सेवा टेवामा असर परेको गुनासो आइरहेका कारण गण्डकी प्रदेश सरकारले हालै मात्र प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गरेको छ ।

कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी कार्यालय स्थापना गर्न प्रदेश सरकारलाई विगत ३ वर्ष देखि नै दबाब परिरहेको थियो । यस पहिले ६ जिल्लामा कृषि ज्ञान केन्द्र र सात जिल्लामा मात्र विज्ञ केन्द्र थिए ।

यसका कारण नवलपुर, मनाङ र मुस्ताङ जिल्लामा कुनै कार्यालय इकाइहरु नहुदा विगतका कृषि तथा पसुसेवाका कार्यालयहरु अन्य कार्यालयहरुले कब्जा गरेका र किसानहरुको प्राविधिक सेवा टेवाका लागि स्थानीय पालिका बाहेक प्रदेश सरकारमा पहुँच कमजोर भइरहेको थियो ।

अब प्रदेशका ११ जिल्लामा प्रदेश सरकारको कृषि मन्त्रालयका प्राविधिक जनशक्तिको सिधा सम्पर्क र किसानको पहुँच बढेका कारण प्रादेशिक कृषि परियोजनाहरुमा साना किसानहरुको सहभागिताको आकार बढने अपेक्षा गरिएको छ ।

Facebook Comments