सनातन पुज्य स्वस्थानीदेवी अर्थात अन्नपूर्ण देवीको विज्ञान


कुलराज चालिसे

श्रीमहादेवको जेष्ठपुत्र सेनानीनामहं कार्तिकेयको अर्काे नाम स्कन्दः पनि हो । स्कन्दःको अर्काे अर्थ शरीर पनि हो । स्कन्दपुराणमा उल्लेखित तीर्थमाहात्म्यले शरीरको नाडीतन्त्रमा अवस्थित उमेर तथा परिस्थिति अनुकुल हुन सुसुप्त भएका सन्धि, ग्रन्थी र चक्रतीर्थलाई (जङ्गमतीर्थ) जागृत गर्ने संकेत गरेको हो वा भारतवर्षमा विस्तारित तीर्थहरुको माहात्म्य हो भनेर एकिन गर्न त्यत्ति सजिलो छैन । तर स्कन्दःको अर्थ शरीर पनि भएकोले आन्तरिक तीर्थलाई जागृत गर्न प्रभावकारी भौमतीर्थको वर्णन भन्न अत्युक्ति हुँदैन । जङ्गमतीर्थ र भौभतीर्थको तुलनामा मानसतीर्थको महत्त्व अत्यधिक भएको तथ्य शास्त्रहरुले बताएको हुँदा हाम्रो उपरोक्त तर्क शास्त्र सम्मत नै हुन्छ । स्वस्थानम्को अर्थ आप्mनो भूमि हो भने उक्त भूमिको रक्षा गर्ने देवीको नाम स्वस्थानीदेवी हो । माघको महिनामा हामी उनै देवसेनापति स्कन्दको तीर्थमाहात्म्य स्कन्दपुराणको केदारखण्ड माघमाहात्म्यमा उल्लेखित श्रीस्वस्थानी व्रतकथा श्रवण गर्छाै । यस व्रतकथाको मूल उद्देश्य सतीदेवीको अङ्गपतन भएका स्थानमा उत्पन्न शक्तिपीठहरूको महात्म्य कथनमा केन्द्रित छ । उक्त व्रतकथामा श्रीशालिग्रामको उत्पत्ति सन्दर्भमा रोचककथाको वर्णन पनि गरीएको छ । पात्रकेन्द्रित हुँदा शालिग्रामको उत्पत्तिकथाको सन्देश सकारात्मक लाग्दैन । सर्वशक्तिमान मानिएका भगवान शिव र विष्णु समेत जालन्धरको शक्तिसंग पराजित भएर छलयुद्धको सहारा लिनु भएको तथा पातिव्रता स्त्री वृन्दाको सतीत्वहरण गर्ने जस्तो कार्यमा संलग्न हुनुभएको कथालाई हामीले सतहमा बुभ्mदैनौ । बरु यो कथामा पानीचक्रको सुन्दर विज्ञान समाहित भएकोले उक्त कथालाई परोक्षवादात्मक दृष्टिले मनन गरी सम्पूर्ण स्वस्थानी व्रतकथाको परोक्षवादात्मक दृष्टान्तलाई पूनरावलोकन गर्न चाहन्छौ । यो आलेखमा हामी त्यस्तै कोणबाट स्वस्थानीको विवेचना गर्छाै ।


केहीहप्ता अगाडी हामीले ऐतरेयोपनिषद्मा उल्लेखित चार प्रकृतिको पानीलाई वैदेशिक लगानी आकर्षण गर्ने सूचनाको दृष्टिले विवेचना गरेका थियौ । यो आलेखमा पनि त्यही सुत्रलाई केन्द्रमा राख्छौ । यो आलेखमा हामी जालन्धर र वृन्दाको कथालाई जलचक्रमा समेट छौ । याहा हामीले शङ्खचुड र तुलसीको कथा पनि जोड्छौ । शङ्खचुड र जालन्धरको नाम फरक भएपनि पात्र उनै हुन् भन्ने मानेका छौ । विशेष गरेर जालन्धरको जन्म सामुन्द्रिक जलमण्डलबाट भएको प्रमाणित गर्ने उद्देश्यले त्यसलाई उपयोग गर्ने छौ । लिङ्गपुराण १ः९७ः२ मा जालन्धरको जन्म जलमण्डलबाट भएको बताईएको छ । जलमण्डल भन्नाले भूमिगत स्थाई जलसतह तथा समुन्द्र जुनपनि हुनसक्छ । त्यहीकथा श्रीमद्देवीभागवत महापुराण ९ः६ तथा ब्रह्मवैवर्तपुराण २ः२१ मा पनि लेखीएको छ । त्यहा राधादेवीको श्रापले सुदामालाई शङ्खचुड बनेर समुन्द्रमा बास गर्नु परेको थियो । भगवान विष्णुको हातमा रहेका शङ्ख र चक्रले समुन्द्र देखी हिमालसम्मको जलयात्राको दायरा संकेत गरेको छ । याहा चक्र भनेको हिमालयक्षेत्रमा पाईने शालिग्रामचक्र हो । जालन्धर र वृन्दाको कथासंग शालिग्रामको उत्पत्तिकथा पनि गासीएको छ । छलकपटबाट पातिव्रताधर्म नष्ट गरेकोले वृन्दा तथा तुलसीको श्रापले गर्दा नै भगवान विष्णुलाई कुश, तुलसी, पीपल र शालिग्राम बन्न परेको कथा स्वस्थानी व्रतकथामा उल्लेख गरीएको छ । त्यसैले जालन्धर र वृन्दाको परोक्षवादात्मक कथा पात्र केन्द्रित भन्दा पानी केन्द्रित थियो भनेर संकेत गरेको भन्ने मानेका छौ । त्यस कथालाई ऐतरेयोपनिषद्को प्रथम खण्डले पुष्ट्याई गर्न मद्दत गर्छ ।


वर्षाको देवता इन्द्रको लोकलाई स्वर्ग भनिन्छ । त्यो लोक गोलोक र मत्र्यलोकको समन्वय तह पनि हो । बाईवलको उत्पत्तिखण्डमा फिर्मामेण्ट तह भनिएको त्यो लोकमा मरीचि नामक जलसागर छ । इन्द्रलाई पराजित गरेकोले रावणपुत्र मेघनादःलाई इन्द्रजित पनि भनिन्छ । मेघलोक जितेकोले नै उस्को नाम मेघनादः रहेको हो । असुर तथा नागको लोकलाई पृथ्वी अधःस्थ लोक भनिन्छ । चलनचल्तिमा त्यो लोकलाई पाताललोक पनि भनिन्छ । त्यो लोकका अधिपति असुहरु मध्यका धेरैले बेलाबेलामा इन्द्रलाई स्वर्गबाट च्युत गराएको कथा पनि पढन र सुन्न पाइन्छ । यि कथाहरूले पाताल तथा पातालतहमा अवस्थित समुन्द्रको पानी नै सूर्यको किरणबाट अभितप्त भएर मेघलोकमा विस्तारित भएको मान्छ । त्यो पानीमा १६ आइसोटप्सको अक्सिजनको साथमा १८ आइसोटप्सको अंश पनि हुने व्यहोरा वर्तमान विज्ञानले पनि पत्ता लगाएको छ । हामीले १८ आइसोटप्सको गरुङ्गोपानीलाई नै असुर प्रवृत्ति भनेर मानेका छौ । त्यसैको आधारमा विज्ञानले पानीलाई गरुङ्गो र हलुङ्गो भनेर विभक्त गरेको छ । गरुङ्गोपानीको क्षेत्र समुन्द्र तथा पाताल हो भने हलुङ्गोपानीको क्षेत्र ध्रुवप्रदेश तथा हिमालय हो । यस सन्दर्भमा वैज्ञानिक सन्दर्भग्रन्थ सहित गतहप्ता वहस गरेका थियौ । अहिले चाही हाम्रो वहस स्वस्थानीव्रतकथामा उल्लेखित जालन्धर, वृन्दा, शालिग्रामसंग सिमित भएर चोखोपानीलाई ऋषिमनको प्रवद्र्धन गर्न अन्नवन्दी गरेर दिगोपर्यटनको आधारशीला बनाउनेमा सिमित हुने छ । स्वस्थानीव्रतकथाका पात्रहरुको चरित्रलाई उपमा दिएर धर्मान्तरणलाई जोड दिने वर्गलाई जवाफ दिने उद्देश्यले स्थानीय संचारमाध्यमले स्वस्थानीव्रतकथाको व्याख्या गर्न सकुन भन्ने अस्पष्ट आसय पनि यो आलेखले राखेको छ ।


स्वस्थानीव्रतकथामा सात वर्षकी गोमालाई सत्तरीवर्षका शिवशर्मा ब्राह्मणसंग विवाह गरेर बालहितको विरुद्ध सन्देश दिएको आरोप पनि लगाईन्छ । त्याँहा हामीले गोमाको जन्म गोवरको थुप्रोबाट भएको र पूजाको लागी तयार गरेको अक्षतालाई भिक्षामा नदिएकोले श्राप दिएको परेिक्षवादात्मक सन्देशलाई नजरअन्दाज गरेका हुन्छौ । गाईको मलमुत्र र क्षय नभएको चामलले पात्र केन्द्रित सूचना भन्दा शुद्ध अन्न र अन्न उत्पादनमा गोवरमलको महत्त्व भन्ने बुभ्mने हो भने गोमा उपर अन्याय भएको अर्थ लाग्दैन र सम्पूर्ण स्वस्थानीकथाको अन्तर्यमा विज्ञान नै विज्ञान भेट्टाउँछौ । देवादिदेव श्री महादेव स्वयंले शिव शर्मा ब्राह्मणको रुप धारण गर्नु भएको थियो । महादेव र गोवरबाट उत्पन्न (गोमा ब्राह्मणी) विशालाक्षी अन्नपूर्ण देवीको सम्बन्ध सनातनी थियो  । त्याहा उल्लेखित उमेरको दृष्टान्त अजन्मा शिव र शक्तिको हकमा लागु हुँदैन थियो  । स्वस्थानीव्रतकथा लेख्ने वेलाका व्रतालुको बुभ्mने क्षमतालाई मध्यनजर राखेर कथामा मिठास भर्न दिईएको त्यो दृष्टान्त शास्त्र भित्र विज्ञान खोज्ने अहिलेको समाजमा प्रयाप्त हुँदैन ।
गण्डकीप्रदेश अन्नपूर्णको हलुङ्गोपानीले सिंचित भूमि हो । याहाको अन्न गोमादेवीले श्रीमहादेवलाई अर्पण गर्न तयार गरेको अक्षता जस्तै पवित्र छ । याहाँ काशीको जस्तै विशालाक्षीको मन्दिर बनाउन आवस्यक छैन । मरीचिजलक्षेत्र नाघेर द्युलोकको स्पर्ष गरेको अन्नपूर्ण हिमाल स्वयं नै विशालाक्षीको मूर्ति हो र याहाको आकाश नै मन्दिरको छाना हो । यो मन्दिरको शिरोभागमा अवस्थित श्रीमुक्तिनाथ तथा दामोदर कुण्डको वरपरबाट उत्पत्ति भएका गण्डकीका सप्तराधाहरु अत्यन्त पवित्र मात्र नभई अन्न उत्पादनको निमित्त उत्पादक पनि छन् । हामी अम्भःगुणस्तको जल सेवन गर्छाै । प्रमाणको रुपमा गण्डकीका शालिग्राम यत्रतत्र छन् । हामीले आस्था राख्ने पीपल, कुश तथा तुलसी सस्कृतिलाई निरन्तरता दिएका छौ । भारतीय धर्मभिरुविचमा लोकपृय स्कन्दपुराणको हवाला दिएर हिमवतखण्डको महात्म्य सुनाउने हो भने दिगो पर्यटनको आधार बनाउन हामीलाई विश्वभर विस्तारित हिन्दु तीर्थालुको कमी हुदैन । त्यसमाथी भारतमा संकलित स्कन्दपुराण भन्दा पुरानो पुराण हाम्रो संग्रहालयमा सुरक्षित छ । उक्त पुराणलाई जर्मनीप्रविधिमा माइक्रोफिल्मिङ्ग गरीएको छ । प्रदेशसरकारले चाहेमा त्यस्को प्रतिलिपि छापेर राख्न सक्छ । त्यस्को आधारमा श्रीस्वस्थानीव्रतकथाका दृष्टान्तहरुलाई समय सापेक्ष अध्यावधिक गर्न सकिन्छ । जनताको मनमस्तिष्कमा जमेको स्वस्थानीदेवीको आस्थालाई साधन बनाएर प्राङ्गारिक कृषिमा प्रेरित गर्न सकिन्छ । पर्यटन प्रवद्र्धनमा गरिने अन्य विविध प्रयासको तुलनामा यो रणनीति उत्पादक सिद्ध हुनसक्छ ।
अन्नपूर्ण हिमालयलाई विशालाक्षीको मूर्तिको रुपमा व्याख्या गर्दा जलवायु परिवर्तन तथा अनुकुलनका सन्देशलार्ई पनि मौलिक भाषामा सम्प्रेषण गर्न सकिन्छ । यो रणनीतिमा वैज्ञानिक र एनजिओकर्मीमा सिमित जलवायुको मुद्दा आधारतहसम्म विस्तार गर्न सकिन्छ । त्यो भन्दा पनि महत्त्वपूर्ण हामीले जलचक्रलाई नै पृथक तवरले व्याख्या गर्न पुग्छौ । हामीले जलवायु परिवर्तन तथा अनुकुलनलाई शब्दमा सिमित गर्दैनौ । हिमालयलाई प्रतक्ष प्रदर्शन गर्दै हिमवत्मूर्तिलाई सम्मान गर्न सनातनकाल देखी अवलम्बन गरेको पोखरी र चौतारी सस्कृति प्रतक्ष देखाउन सक्छौ । अनि त्यो सस्कृतिलाई स्वस्थानीदेवी (अन्नपूर्णदेवी) संग गास्न सक्छौ । यस प्रकारको व्याख्याले जलवायु परिवर्तन तथा अनुकुलनको क्षेत्रमा शोधकार्य गर्ने विश्वका अनुसन्धाता तथा लेखकलाई आकर्षण गर्न सक्छ । दिगो पर्यटन विकासमा यो अत्यन्त प्रभावकारी हुन्छ । गण्डकी प्रदेश सरकारले जनसहभागीताको आधारमा दिगो विकास गर्ने यो विकल्पमा श्रीस्वस्थानी व्रतकथाको रणनीतिक उपयोग गर्दा धर्मसापेक्ष भएको आरोप लाग्दैन ।

Facebook Comments