शहरी घरमा कौशी खेती उत्तम विकल्प बन्दै

झा रितेश कुमार, भट्टराई नताशा, केसी सुरज, श्रेष्ठ अर्जुन कुमार, कडरिया मनहर

परिस्थिथिक हिसाबले हेर्दा आधुनिक शहरहरु विश्वको २ प्रतिशत भूभाग ओगटी र ७५ प्रतिशत स्रोतसाधनको उपयोग गर्दै एक परिजीबी र स्रोतसाधनको मुख्य उपभोक्ता बनेको छ । अव्यवस्थित योजना र तिब्र बिकाशले प्राकृतिक स्रोतको बिनाश गर्ने तथा हरियाली वातावरणमा ह्रास ल्याएको छ । पोखरा पनि हाल तिब्र गतिमा शहरीकरण भएको कारणले विशाल शहर बनेको छ र यहाँ विश्वब्यापी तापक्रम बृद्धिको कारण उत्पन्न जलबायु परिवर्तन ठुलो सरोकार बनेको छ  ।

असाधारण रुपमा बढेको जनसंख्यालाई गुणस्तरिय खाद्यान्न आपूर्ति गर्न मुख्य उपभोक्ता तहलाई नै खाद्यान्न उत्पादनमा जोड्न आवश्यक छ । हाल शहरी क्षेत्रमा माग अनुरुप खाधान्न उपलब्ध गराउन तथा त्यहाँको पर्यावरण र जैविक विविधता बचाउन कौशी खेति सान्दर्भिक बन्दै गएको छ । त्यसैले, वातावरणीय तथा खाद्यान्नको समस्या हल गर्न हाल पोखरामा कौशीलाई हरियाली बनाउने क्रम बढ्दो छ । वातावरणीय रुपमा फाइदा हुने हुनाले सरकार तथा आम मानिसको पनि कौशी खेति प्रति आकर्षण बढेको हो । यो अनुसन्धानको मूख्य उद्देश्य हाल कौशी खेतीका मूख्य अभ्यासहरु तथा चुनौति र व्यवधानहरुको उजागर गर्नु हो ।

अनुसन्धानको मूख्य क्षेत्र नागढुङ्गा र बिरौटा थियो । सर्वेक्षण गर्ने क्रममा दुई जना कौशी खेती गर्ने र अन्य साठ्ठी जना कौशी खेती अनुकरण नगर्ने मानिसहरुसँग अन्तरवार्ता गरिएको थियो । यसको नतिजा अनुसार कौशी खेतीले वायुमण्डलमा कार्बनको मात्रा अधिक मात्रामा घटाउने र बर्षातको पानी व्यवस्थापनको लागत घटाई शहरी क्षेत्रलाई वातावरणीय रुपमा पनि धेरै फाईदा पुर्याउने देखिएको छ । यस वाहेक, यस अनुसन्धानले शहरी क्षेत्रमा कौशी खेती गर्न चाहने मानिस ठूलो संख्यामा रहेको र त्यसको व्यवस्थापनको लागि भविष्यमा  कसरी अगाडी बढ्न सकिन्छ भन्नेबारे पनि चित्रण गरेको छ ।

 कौशी खेति अंगालेका दुई अगौटे  प्रतिनिधिको अवलोकनमा  बिरौटा बजारकी एक गृहीणीले विसं २०६८ देखि आफ्नो कौशीमा तरकारी रोप्न थालेको बताइन् । उन्ले जम्मा रु २००० को लगानी बाट कौशी खेति सुरु गरेकामा हाल कौशीमा फूलसंगै विभिन्न थरिका काक्रो,सिमि,बोडी,गोलभेडा,भिंडी,पुदिना,खुर्सानी,बैगुन,फर्सी, लौका,लसुन,धनियाँ र कर्कलोसम्म अटाएकी छन् ।  अहिले उनि आफ्नो छरछिमेकमा कौशी खेति प्रबिधि को एक ज्वलन्त उदाहारण भएकी छन ।

नागढुंगा घर भएका अर्का अगुवा सहकारी कर्मीको अवलोकनमा  बि.स. २०७४ सालमा रु १५००  लगानीमा कौशीमा सयपत्री, लालुपाते जस्ता फूलबाट कौशी खेति शुरुगरेपनि अहिले उनी तरकारी खेतीमा आकर्षित भएका छन् ।  सहकारी कर्मीका नाताले कौशीखेतिबाट उनले समाजका अरु धेरै घरवासीहरुलाई प्रेरणा प्रदान गरेका छन ।

यी दुबै अवलोकनामा कौसी खेति पारम्परिक प्रणालीमा आधारित छ ।  फालिएका खालि बट्टा, पाइप, बोरा,भाडा आदिमा तरकारी र फूल रोपिएको छ । सँगसँगै आधुनिक माटोका भाडा र प्लास्टिक का पोका पनि प्रयोग गरिएको छ ।

बिरुवा र उत्पादनको अहिलेको अवस्था ः अहिलेको समयमा टमाटर ,धनियाँ, लसुन, बैगन,केराउ, हरियो सागपात, बन्दा, काउली, भिंडी र लहरे बालि कौशीमा मुख्य रुपले लगाइएको छ । कागती,पुदिना र बोडी पनि लगाइएको छ । सिजनका फलफूल र तरकारी प्रशस्त मात्रामा लगाएता पनि वेमौसमी कुनै वाली छतमा लगाइएको छैन ।

जाडो मौसममा हुने बन्दा, काउली, भन्टा, टमाटर लगाईन्छ भने गर्मी याममा लहरे वाली धेरै लगाईन्छ । गोलभेडा, भन्टा, बन्दा र अरु अन्य तरकारीको उत्पादन सन्तोषजनक छ ।

दुवै इलमीले गोठे मल र जैविक मल प्रयोग गरेका छन् भने रोग किराको पनि जैविक तरिकाले एकिकृत व्यवस्थापन गरिएको छ ।

कौशी खेतिका नतिजाहरु  ः 

यी प्रयासहरुका लाभ गणना गर्दा तीन खालाका  सामाजिक , आर्थिक,  र वातावरणीय फाइदाहरु देखिएका छन् ।

छिमेकीहरुले इलमीलाई हेर्ने सामाजिक दृष्टिकोणमा बदलाव आएको र  कौशी खेतीमा अब्बल तथा ँ सामाजिक अगुवाको रुपमा पहिचान निर्माण भएको छ ।  कतिपय  छिमेकीहरु उनीहरको घरलाई कौशी खेती सिक्ने थलोको रुपमा पनि  चिन्छन । कौशी खेतीले भित्र्याउने हरियो वातावारणले पकै पनि सजावट र सौन्दर्यता थप्छ । बैठक गर्न र सामाजिक सम्बन्धमा  सुधार गर्न कौशी खेतीको ठुलो भूमिका रहेको  पाइएको छ ।

कौशीखेतीबाट उत्पादन लिन सकिने विभिन्न तरकारी, बिरुवाहरुले भान्सामा राम्रो ठाउँ ओगटेका छन् । कौशी खेतीबाट तरकारीहरुको मिश्रीत प्रणालीमा योगदान दिएको छ  भने कौशी खेतीले हावाको गुणस्तर वृद्धि गर्न मद्धत गर्छ । कौशीखेतीमा प्रयोग हुने होचा बिरुवा , अग्ला बिरुवा र जडीबुटीले प्रदुषण गर्ने हावाका  कणलाई सोस्छन । विभिन्न किसिमका बिरुवाहरुले हावाको गुणस्तरमा सुधार ल्याएका छन् । यसैगरि हरित छानाले बर्खे पानीको अवधारण गर्नमा सहयोग पुयाएको छ । यसै गरि कार्वन सञ्चित गरेर राख्नु पनि कौशीखेतीको वातावरणीय फाइदा हो । यसले वातावरणीय प्रदुषणलाई घटाउँछ ।

कतिपयले  कौशीलाई तरकारी खेतीमा प्रयोग गर्दा कौशीको सौन्दर्य गुम्ने चिन्ता पनि गरेको पाइएको छ ।  कौशी सुरक्षालाई ख्यालमा राखेर खाली रहेको कौशीको जग्गाबाट परिवारलाइ पुग्ने तरकारी उत्पादन गर्न सकिएको , सामाजिक जमघट र कुनै कार्यक्रममा कौशीखेतीको सुन्दरताले टेवा पु¥याएको , घरेलु तरकारी उत्पादन तथा उत्पादन मुलक काममा शारिरिक अभ्यास ले निरोगीताका लागि पनि परोक्ष योगदान दिने पाइएको छ ।

Facebook Comments