शनिबारे किसान बजारमा कृषक सम्मान

आरसी टाइम्स व्युरो, पोखरा

पोखरामा  किसानहरुको सहभागीतामा प्राङ्गारिक उन्मुख कृषि उपज तरकारी उत्पादन गर्दै उपभोक्ता सम्पर्कमा हरेक हप्ता आउने गरेका कृषकहरुलाई बजार कृषि सहकारीले सम्मान गरेको बजार कृषि सहकारी संस्थाले विगत वर्षदेखि व्यवस्थापन गर्दै आएको  उक्त बजारमा नियमित कृषि उपज आपुर्ति गर्ने किसानहरुलाई सम्मान गरेको हो पोखराको रत्नचोक नजीकै हरेक शनिवार विहान बजे देखी १० बजे सम्म सञ्चालन हुदै आइरहेको किसान बजारले  यहि २०७६ असार २८ गते तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको सन्दर्भमा किसानलाई हौसला प्रदान गर्न सम्मान गर्ने परम्पराको निरन्तरता गरिएको बजार सहकारीका अध्यक्ष उषा पौडेल गीरीले बताइन्   रासायनिक विषादी मुक्त भोजन चाहने शहरी क्षेत्रका उपभेक्ताहरुका लागि प्राङ्गारिक कृषि उत्पादनको शनिबारे हाट बजारमा उपभोक्ताहरुको उत्साहजनक सहभागितामा हुने गरेको बताइएको किसान बजारका नाममा राष्ट्बैंक मार्ग, ढाँडा आमा समूह भवन छेउमा हुदै आएको शनिबारे कृषि बजारमा भएको वार्षिक समारोहमा कास्कीको पुम्दीभुम्दीको ढलेपिपल, ढिकुरपोखरी, निर्मलपोखरी लगाएतका ठाँउका किसानहरुको सहभागिता रहेको थियो

वार्षिकोत्सवको अवसरमा नियमित रुपमा किसान बजारमा सहभागि भई रहेका किसानहरुमध्ये बाट जना किसान लाई केही विउहरुको साथमा सम्मान पत्र वितरण गरीएको थियो भने अन्यलाई विउ दिएर सम्मान गरीएको थियो किसानहरुलाई  कृषि विकास निर्देशनालयका पोखराका कृषि अर्थ विज्ञ भानुभक्त भटराई, बाली संरक्षण प्रयोगशाला प्रमुख धन बहादुर राना, पोखरा महानगरपालीका कृषि महाशाखा प्रमुख मनोहर कडरीया, प्रधानमन्त्री कृषि आधुनीकीकरण परीयोजना कास्कीका प्रमुख बसन्त कुमार श्रेष्ठसमेतले सम्मान गरेका थिए सम्मानित हुने कृषकहरुमा  जमुना बराल, लक्ष्मी बराल, रामराज बराल, टुकुमाया बराल, बुद्धिमाया बराल, विष्णु क्षत्री, सिता बराल, शुशिला बराल , लक्ष्मण वानीया क्षेत्री, मिना कुमारी गुरुङ, ओम प्रसाद अधीकारी रहेका छन्

किसानहरुले विसादी रहीत उत्पादनमै जोड दिनु पर्ने उपभोक्ता पनि  आफ्नो स्वास्थ्यका प्रति सचेत हुदै गएमा किसान उपभोक्ताको हित हुने महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरीयाले जोड दिए उक्त समारोहमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत माधव लम्साल, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी तथा व्यवस्थापक भोजराज घिमीरे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवजी कोइराला लगाएतका व्यक्तित्वहरु सहभागी भएका  थिए

शनिबारे किसान बजारले स्थानीय कृषकहरु लाई कृषी पेशामा थप व्यवसायीक बनाउने अपेक्षा रहेको बताउदै  स्थानिय स्वस्थ ताजा तरकारीहरु लाई व्यवस्थीत तरिकाले खरिद, विक्रि तथा बजारीकरण गरी स्थानिय पहिचान सहीतको उत्पादन उपभोक्ता माझ पु¥याउने सोच उदेश्य सहकारीले लिएको बजार कृषि सहकारी संस्थाकी अध्यक्ष उषा गिरी पौडेलले बताईन सहकारी संस्था द्धारा आफ्ना कृषक शेयर सदस्यहरुको सहकार्यमा कास्की जिल्ला भरका २० वटा भन्दा वढि समुहका १००० भन्दा बढि साना किसान सदस्यहरु संग समन्वय गरि उक्त मेला सञ्चालन गरी रहेको अध्यक्ष पौडेलले बताइन  

Facebook Comments