विश्वविद्यालयका कृषि शिक्षामा सार्वजनिक समिक्षाको खाँचो

कुलराज चालिसे

कृषिलाई प्रविधि भन्दा धेरै खाद्यसस्कृति व्यवस्थापनको विषय मानिन्छ । त्यसैले कृषि विषयलाई विज्ञान भन्दा धेरै समाजशास्त्र, अर्थशास्त्र र व्यवस्थापनशास्त्रले स्वामित्व ग्रहण गर्नु पर्ने थियो । कृषिको लाभ कृषि उत्पादन भन्दा धेरै खाद्यकलाबाट लिन सकिन्थ्यो । त्यसैले अन्न उत्पादन पश्चातको प्रविधिलाई उत्पादन प्रविधि भन्दा धेरै तौल दिन आवस्यक थियो । उत्पादन प्रविधिमा पनि रासायनिक मल र रोगकिरा नियन्त्रण गर्ने औषधिलाई भन्दा गुणस्तरीय वर्षालाई औषधि मूल्यमा लाभ लिन सिकाउने शिक्षाको आवस्यक थियो । वेमौसमी उत्पादन भन्दा वेमौसमी वितरण व्यवस्था मिलाउन आवस्यक थियो । कृषिअर्थशास्त्रको साथसाथै पर्यावरणअर्थशास्त्रलाई जोड दिन आवस्यक थियो । बाँध तथा नहर निर्माण भन्दा वर्षाको पानी पहाडको कुनाकुनामा डुलाउन आवस्यक थियो । समग्रमा हामीले नेपालको भूगोल अनुसार कृषिलाई चिन्न र परिभाषित गर्न आवस्यक थियो । हामीले त्यै गर्न सकेनौ । त्यसैले हामीले धारण गरेको कृषि विषयक पाठ्यक्रम र उक्त पाठ्यक्रमबाट दिक्षित स्नातकले बनाएको कृषिनीतिले कृषि व्यापार सन्तुलनलाई न्याय गर्न नसकेको महसुस भएको छ ।

यो लेख काठमाण्डौ विश्वविद्यालयलाई सुझाव अनुरोध गर्ने उद्देश्यले नै लेखीएको छ । काविविले पाठ्यक्रम तर्जुमा गर्दा विशेष प्राथमिकता दिने छ भन्ने आसा गरीएको छ ।


कृषिविज्ञानमा औपचारिक उच्चशिक्षा प्रारम्भ हुनु पूर्व हामीले कृषि उपज निर्यात गथ्र्याै । त्यत्तिवेला पहाडमा खाद्य आपूर्ति गर्न भन्दा निर्यात गर्न सजिलो भएर होला, पाँच छ ओटा धानचामल निर्यात कम्पनि पनि खोलेका थियौ । अहिले कृषि विषयमा स्वदेशबाट नै यत्तिका प्राविधिक उत्पादन गरेर योजनावद्ध उत्पादन कार्यमा परिचालन गरेका छौ । तरपनि कृषिउपज निर्यातको कुरा त कता हो कता, कुनै एक उत्पादनमा पनि आत्मनिर्भर हुन सकेका छैनौ । जनसंख्या वृद्धि भएर हो वा क्रयशक्ति बढेर हो, आजभोली हाम्रो आन्तरीक खपत बढेको हुन पनि सक्छ । कृषि मन्त्रालयले उत्पादन घटेको देखाउँदैन, अनि भूउपयोग तथ्याङ्कले पनि खेतीमा प्रयोग भएको भूमि घटेको देखाउदैन । भंसारको तथ्याङ्कले कृषि सामाग्री तथा उपकरणको साथसाथै खाद्यान्नको आयात बढेको बढै देखाउछ । कृषि मन्त्रालयको निमित्त विनियोजित बजेट पनि बढेको नै देखिन्छ । कृषि प्राविधिकको संख्या पनि निरन्तर बढेको देखिन्छ । तालमेल कता मिलेको छैन ? पहिचान गर्न कठिन भएको छ ।


देश, प्रदेश, पालिका, गाउ वा परिवार जे नाम दिए पनि आकारको भिन्नता मात्र हो, सम्वृद्धिको सिद्धान्तमा फरक हुँदैन । आँफुसंग जे छ, त्यसैको बजार भाउँ बढाएर व्यापारको लाभ लिने हो । आप्mनो हिरा जस्तो उत्पादनलाई नजरअन्दाज गरेर काँचको मूल्यमा विनिमय गर्दा कहिल्यै व्यापारको लाभ उठाउन सकिदैन । हाम्रो कृषिशिक्षा तथा कृषिनीति त्यही चुकेको थियो । हामीले कृषि विज्ञानसंकायमा कृषिअर्थशास्त्र, पर्यावरणअर्थशास्त्र, कृषिसमाजशास्त्र र कृषिबजारशास्त्रलाई उचित तौल दिन सकेका थिएनौ । वनारसी सन्तको प्रभावमा हाम्रा पुर्खाले भगवान श्रीकृष्णलाई अपनाए, उनको भजन गाए, तर गिरीराज गोवद्र्धनको मर्म बुझने प्रयास कहिल्यै गरेनन् । सस्कृति सम्बद्र्धनको निमित्त सस्कृत विश्वविद्यालय स्थापना भयो तर त्यसले खाद्यसस्कृतिलाई पाठ्यक्रममा समाहित गर्न आवस्यकता देखेन । त्यसैले गर्दा पश्चिमासहयोगीहरूले पाठ्यक्रम निर्धारण तथा परिमार्जन गर्ने अवसर पाए । उनिहरूले निर्धारण गरेको पाठ्यक्रम, उनिहरू कै हितमा हुने नै भयो । हाम्रो समस्या त्यही लुकेको थियो । हामीले आप्mनो प्राकृतिक सवलतालाई पहिचान गरेर खाद्यसस्कृतिलाई निरन्तरता दिनै सकेनौ ।


अहिलेको कृषि तथा वन विश्वविद्यालय, अमेरिकी सहयोग नियोगको प्रयासमा त्यतिवेला स्थापना गरीएको कृषि महाविद्यालयको जगमा उभिएको छ । भूमिमात्र होईन, पाठ्यक्रमको जग पनि त्यहि हो । कृषिशिक्षण सस्थाको नाम र स्तर आवस्यकता अनुसार परिवर्तन भयोहोला तर पाठ्यक्रमको त्यो मूलाधारमा परिवर्तन भएको छैन । उक्त पाठ्यक्रममा धेरैपटक संसोधन भयो तर ति संसोधनहरूले शतश्रृङ्ग गोवद्र्धनको धडकन बुझन सकेनन् । यतिखेर संघीय सरकार देखी स्थानीय सरकारको प्राथमिकतामा सम्वृद्धि परेको छ । त्यसैले शिक्षण सस्थाहरूले जनताको साथसाथै तीनै तहका सरकारहरूको प्राथमिकतालाई सम्बोधन गर्ने जनशक्ति उत्पादन गर्ने तयारी गर्ने तत्परता देखाएको महसुस पनि भएको छ । विश्वव्यापी बनेको कोरोना समस्यालाई सम्बोधन गर्न कृषिविज्ञानको अध्यापनलाई प्राथमिकतामा राख्न आवस्यक देखिएको पनि थियो ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयको अतिरिक्त काठमाण्डौ विश्वविद्यालयले पनि कृषि स्नातक उत्पादन गर्ने पाठ्यक्रम तर्जुमा गर्न लागेको जानकारी प्राप्त भएको छ । आसा गरौं, काठमाण्डौ विश्वविद्यालयले तर्जुमा गर्न लागेको कृषि विषयक पाठ्यक्रममा त्रिविवि र कृवविविको पाठ्यक्रममा देखीएको कमजोरी फेरी दोहोरिने छैन । अनि काविविको अनुशरण गरेर नेपाल सस्कृत विश्वविद्यालय देखी प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालयहरूले पनि खाद्यसस्कृति संकाय स्थापना गरेर नेपालको माटो, पानी र सस्कृतिसंग मेल खाने पाठ्यक्रम तर्जुमा गर्न प्रेरणा मिल्नेछ । यो लेख काठमाण्डौ विश्वविद्यालयलाई सुझाव अनुरोध गर्ने उद्देश्यले नै लेखीएको छ । काविविले पाठ्यक्रम तर्जुमा गर्दा निम्न बुदाहरूलाई विशेष प्राथमिकता दिने छ भन्ने आसा गरीएको छ ।


कृषिको निर्भरता प्रविधि भन्दा धेरै प्रकृतिमा धेरै हुन्छ । ग्रिन हाउस वा त्यस्तै प्रकारका संरचनाले प्रकृतिको निर्माण गर्न सक्दैन । जलवायु अनुकुलनका पद्धत्ति पहिचान गर्न पनि वृक्षआयुर्वेदको गहन ज्ञान हुन आवस्यक रहन्छ । त्यसैले काविविले तर्जुमा गर्ने पाठ्यक्रममा वृक्षआयुर्वेद (प्लाण्ट फिजियोलजी) लाई त्रिविवि र कृवविविले भन्दा बढी तौल दिनुपर्ने देखिन्छ ।
कृषि उत्पादनमा माटोको चिस्यान, भूमिगत जलभण्डार, पानीमूलको प्रकृति तथा भूमिगत नदीप्रणालीको अहं भूमिका रहन्छ । भूप्रकृतिको कारणले पहाडी धरातलको निमित्त यो प्रणालीको महत्त्व तराईको भन्दा वढी हुन्छ । त्यसैले पहाडको आवस्यकतालाई मध्यनजर राखेर भूमिगत जलप्रणालीलाई साविक भन्दा बढी तौल दिन आवस्यक देखिन्छ ।
जीवजगतमा चोखोपानीको अदृष्य प्रवाहलाई शुक्ष्म विश्लेषण गर्न नसक्दा पहाडको उत्पादकत्व कायम राख्न सकिदैन । कृषि विज्ञानमा सन् १९९० को दशकमा प्रवेश भएको पानीको अदृष्य व्यापार प्रणाली ९ख्ष्चतगब िध्बतभच त्चबमष्लन० लाई नेपालले उचाईको चोखोपानीमा मापन गरेर नयाँ उदाहरण प्रस्तुत गर्न आवस्यक छ । नयाँ पाठ्यक्रममा कृषिअर्थशास्त्रलाई चोखोपानीको अदृष्य व्यापार तहसम्म भेदन गर्ने तौल दिनु पर्छ ।
जलवायु परिवर्तन तथा अनुकुलनमा सवैको चासो छ । हाम्रो परम्परागत कृषि पद्धत्तिले यसलाई सर्वाधिक महत्त्व दिएको थियो । हिन्दुशास्त्रमा उल्लेखित क्षीरसागर र नीरसागरको भिन्नता पहिचान नगरेसम्म जलवायु अनुकुलनलाई सस्कृतिमा अन्तरघुलन गराउन सकिदैन । त्यसैले नयाँ पाठ्यक्रमले जलवायु परिवर्तन तथा अनुकुलनलाई शास्त्रीय भाषामा व्याख्या गर्ने प्रयास गर्न आवस्यक छ ।
कृषिभूमिलाई लालपुर्जा मार्फत ससाना कित्तामा जिमिन्दारलाई स्वामित्व वितरण गर्ने र दासप्रथालाई निरन्तरता नदिईएको अवस्थामा कृषि उत्पादन व्यावशायिक हुन मुस्किल हुन्छ । एकपटक जिमिन्दारको स्वामित्वमा गएको जग्गा पून अधिकरण गर्न सजिलो हुँदैन भने एकपटक उन्मुलन भएको दासप्रथा पूनस्थापनाको सम्भावना हुदैहुदैन । त्यसैले हाम्रो धर्मसस्कृतिले सिफारिस गरेको निर्वाहमुखी कृषि नै नेपालको निमित्त उपयुक्त पद्धत्ति हुनसक्ने सम्बन्धमा गहन अनुसन्धान आवस्यक देखीएको छ । हरेक परिवार, हरेक गाउ, हरेक पालिका, हरेक प्रदेश खाद्यान्नको निमित्त आत्मनिर्भर भए भने कृषि उपज निर्यात गर्न नसकिए पनि आयात प्रतिस्थापन गर्न सकिन्छ । गुणस्तरीय कृषिलाई पर्यटनमा आवद्ध गर्न सकियो भने निर्यात वरावरको व्यापारलाभ लिन सकिन्छ । नयाँ पाठ्यक्रमले सरकारको स्वामित्वमा रहेको जग्गामा कृषि उत्पादन गर्ने पद्धत्तिलाई अनुशरण गर्न छोडनु पर्छ । अनि पहाडी भूभागलाई समेत समेट्ने गरेर ससाना कित्तामा वितरण भएका जग्गामा निर्वाहमुखी कृषिलाई प्राथमिकता दिई कृषिपर्यापर्यटनमा आवद्ध गर्ने कृयात्मक अनुसन्धान गर्ने अवसर प्रदान गर्न आवस्यक देखिएको छ ।
प्रथमयोजनाकालदेखीनै हामीले कृषिप्राविधिकलाई समस्या पहिचान, योजनातर्जुमा, कार्यान्वयन तथा मुल्याङ्कन सवै क्षेत्रमा परिचालन गर्ने गरेर बलियो बनायौ । यस्ले गर्दा कृषि परियोजनाहरूको सम्परिक्षण र सन्तुलन पक्ष कमजोर हुन गयो । याहासम्म कि कृषि सम्बन्धि प्राथमिक तथ्याङ्कमा नै विरोधाभास प्रतिवेदन आउन सुरु भयो । उदाहरणको निमित्त सिचाई विभाग र कृषि विभागले प्रस्तुत गरेको सिंचित भूमिको तथ्याङ्कलाई लिन सकिन्छ । यस्तो समस्या समाधान गर्न कृषि प्रसारको जिम्मेवारी कृषिसमाजशास्त्री मार्फत सम्पन्न गरेर कृषिशास्त्रीलाई प्रविधि अनुसन्धान तथा विकास कार्यमा मात्र सिमित राख्न उपयुक्त हुनसक्छ । त्यसैले नयाँ पाठ्यक्रममा कृषिप्रसारलाई त्रिविवि र कृवविविले दिएको भन्दा कम तौल दिदा पनि हुन्छ ।
निर्वाहमुखी कृषिलाई पर्यटनमा आवद्ध गरेर सिमान्तकृत कृषकको उत्थान गर्न खाद्यकला पनि महत्वपूर्ण विधा हो । यस कलालाई रणनीतिक उपयोग गर्दा कालान्तरमा नेपाली उत्पादनको निर्यात व्यापारको सम्भावना पनि बढन सक्छ । त्यसैले नयाँ पाठ्यक्रमले खाद्यकलालाई पनि सम्बोधन गर्न आवस्यक छ ।
अन्तरमन्त्रालय तथा अन्तरविभाग समन्वयको अभाव अहिले देखिएको प्रमुख समस्या हो । यस्तो समस्यालाई सम्बोधन गर्न नयाँ पाठ्यक्रमले कृषिअर्थशास्त्री, पर्यावरणअर्थशास्त्री, कृषिसमाजशास्त्री, सर्वधर्मशास्त्री र कृषिशास्त्री विचको अन्तरकृयालाई प्रयोगात्मक अभ्यास गर्ने मार्ग प्रसस्त गरोस् ।
दिगोकृषिको आधारशीला तयार गर्न कृषि प्रविधिलाई तत्तत् स्थानको धर्मसस्कृतिमा अन्तरघुलन हुन आवस्यक हुन्छ । पुराणहरूमा उल्लेखित दृष्टान्तकथाहरू त्यस्तै उद्देश्यले प्रेरित छन् । नयाँ पाठ्यक्रमले वेद, पुराण, उपनिषद् लगायतका शास्त्रहरूमा उल्लेखित कृषि सम्बन्धि उपदेशहरूको पूर्ण उपयोग गर्न प्रयास गरोस् ।

Facebook Comments