लमजुङ र मनाङमा पिपिआर खोप सञ्चालनन

सिर्जना अधिकारी (लमजुङ)

पशुहरुमा लाग्ने रोग नियन्त्रण गर्नको लागी लमजुङ र मनाङमा पिपिआर खोप सञ्चालन गरिएको छ । भेडा बाख्रामा रोग लाग्नै नदिनको लागी दुई जिल्लाका सवै स्थानिय तहमा पिपिआर खोप कार्यक्रम सञ्चालन भएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुुसेवा केन्द्र लमजुङको समन्वयमा दुवै जिल्लाका स्थानिय तह अन्तर्गत पशुसेवा शाखाबाट राष्ट्रिय पिपिआर खोप कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रम अन्तर्गत लमजुङ र मनाङका एकलाख १५ हजार भेडा बाख्रालाई खोप लगाउने बताइएको छ ।
लमजुङ र मनाङ पशुपालनमा आत्मा निर्भर भैरहेकाले पशुमा मृत्युदर घटाउनको लागी अनिबार्य पिपिआर खोप सञ्चालान गरिएको भेटरीनरी अस्पताल तथा पशुसेवा केन्द्र लमजुङका प्रमूख डा. रुपेश श्रेष्ठले बताए । यो कार्यक्रम लमजुङका आठ र मनाङका चारवटै स्थानिय तह गरी १२ वटै स्थानिय तहमा सञ्चालन भइरहेकोे डा. श्रेष्ठको भनाई छ । स्थानिय तहको सक्रियतामा खोप लगाउनुपर्ने भएपनि हाल कोरोना भाईरसको संक्रमण जोखिमका कारण भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रले समन्वय गरिरहेको डा. श्रेष्ठको भनाई छ ।
पिपिआर रोग भेडा बाख्रामा लाग्ने एक प्रकारको महामारी रोग भएकोले अनिवार्य खोप लगाउनुपर्ने डा. श्रेष्ठको भनाई छ । बिगदका बर्षहरु देखि नै लागु भएको र किसानहरुको माग र आवश्यकता अनुसार सञ्चालन गरिएको भन्दै डा श्रेष्ठले एक पटक खोप लगाउदा कम्तीमा तिन बर्षसम्म कुनै रोगले पशुलाई आक्रमण नगर्ने बताए ।
कोरोना भाईरसको संक्रमण जोखिमसँगै उच्च सतर्कता अपनाउदै खोप कार्यक्रम शुरु गरीएको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र लमजुङले जनाएको छ ।
खोप कार्यक्रमका लागीे जिल्लाका ८ ओटै स्थनिय तहले आवश्यक सामाग्री लगिसकेका छन् ।
लमजुङका उच्च पहाडी र चरन भु–भागमा मात्रै ८० भन्दा बढि परम्परागत र व्यवसायिक भेडिगोठ रहेका छन् । जिल्लाभरिका भेडीगोठहरुमा मात्रै २० हजार भन्दा बढि भेडाबाख्राहरु रहेको पशुसेवा कार्यालयले जनाएको छ । गोठ भन्दा बाहेक हजारौँको सँख्यामा व्यवसायिक बाख्रा पालन गर्नेहरुपनि जिल्लामा रहेका छन् ।

Facebook Comments