लकडाउन चुनौतिले हुर्कायो डिजिटल खेति बजार

रामचन्द्र बराल, पोखरा,
गत वर्ष पोखरेली किसानहरुको एक भेलामा पोखराका कृषि बजार उद्यमी तुलसी गीरीले किसानलाई चाहिने सामग्री दिने र किसानका सामग्री बजारीकरण गर्ने विद्युतिय बजार प्रणाली(डिजिटल प्लेटफार्म)को चर्चा गर्दै यसमा जोडिन किसानहरुलाई आग्रह गरिरहदा कतिपय किसानले हाम्रालागि के काम लाग्ला र भनेर कम वास्ता गरेका थिए ।

करिव २ वर्षको यो उत्प्रेरणाले खासै पहिचान दिन नसकेको डिजिटल तरकारी बजार कोरोना प्रकरणमा भएको बन्दाबन्दीको कहरसँगै हुर्कने र पोखरेलीहरुमाझ लोकप्रिय हुने मौका पायो ।

पोखरामा द बजार कृषि सहकारी र किसान बजार नामको कृषि हाटबजार संचालनमा निरन्तर सहभागी हुदै आएका उद्यमी गीरीको डिजीटल कृषि बजारको सपना लकडाउनको चुनौतिसँगै हुर्किने र हैसीयत देखाउने अवस्थामा पुगेको छ । उत्पादन र बजारीकरण तथा बजार व्यवस्थापनमा समेत सक्रिय हुदै आएको बजार सहकारीका संस्थापक उद्यमी समेत रहेका गीरीले किसान र उपभोक्ताका बीचको दुरी कमगर्न र किसानको उत्पादन बजारीकरणको निश्तिचतता कायम गर्न भौगोलिक दुरीले पाने जोखिमलाइ न्युनिकरण गर्न र कृषि उत्पादनको बजारिकरण तथा उपभोक्ताको रोजाइको अवसर फराकिलो पार्नमा डिजीटल बजारको खाँचोबारे किसान र सरकारी निकायहरुलाई पटक पटक उत्प्रेरणा गर्दै आएका थिए ।

करिव २ वर्षको यो उत्प्रेरणाले खासै पहिचान दिन नसकेको डिजिटल तरकारी बजार कोरोना प्रकरणमा भएको बन्दाबन्दीको कहरसँगै हुर्कने र पोखरेलीहरुमाझ लोकप्रिय हुने मौका पायो ।
भनिन्छ नि चुनौति ले चमत्कार जन्माउने सम्भावना बोकेर आएको हुन्छ । यस्तै भयो ,कोरोना प्रकरणको बन्दाबन्दीमा किसानको बारीको तरकारी उत्पादन सूचीकरण गर्ने र अनलाइन बुकिङ्ग गर्ने उपभोक्तालाई प्याकेजीङ्ग गरि सुरक्षित गरिएको तरकारी घरदैलोमा पुर्याउने खेति फुड डटकम र खेतिफार्म डटकम लोकप्रीय डिजीटल कृषि बजार प्रणाली हुन प्रेरित गर्यो । चैतको ११ बाट बन्दा बन्दी सूरु हुँदा किसानको उत्पादन कुहिएर नोक्सानको चिन्ता र उपभोक्ताहरुलाई ताजा कृषि उपज नपाउने तनाब बीचबाट आफनो सम्पर्कका कृषि उत्पादक इलमीहरुसँगको उत्पादन संकलन गर्दै अनलाइन अडर आएका व्यक्ति र संस्स्था —समुहमा तरकारी ढुवानी प्रणालीमा जोडदै र बजारकिरण गर्दै आए ।

खेतिको डिजीटल कृषि बजारिकरणले कृषि उपजको उत्पादन र उपभोक्ता बीचको सौदाबाजी र अभिलेखन प्रकृयामा समेत सहजिकरण हुने भएकाले कोरोना चुनौतिमा चमत्कार जन्माउने प्रयासलाई सकारात्मक रुपमा लिनु पर्ने विश्लेषकहरुको मत छ ।

कृषि उपज ढुवानीमा दैनिक जसो खटिरहेका बजार सहजकर्ताहरुलाई कुनै दिन प्रहरीले बन्द अवज्ञा गरेको आरोपमा सडकमै ठड्याउने र नसिहत दिने कर्म गरेर हतोत्साही पनि बनाएको संचालक उषा पौडेलले जनाइन् । स्थानीय सरकार र प्रसासनसंगको हार गुहार पछि कृषि उपज ढुवानीमा सर्त सहितको सहजता दिने प्रशासनको धारणा आएपछि केही सहजता हुन थालेको पौडेलले जनाएकी छन् । यहि अभ्यासलाई सिको गर्दै पोखरा महानगरले कृषि एम्बुलेन्सको खाँचो महशुस गर्दै किसान र बजारका बीचको समन्वय गर्न पहल बढाउन थाले पछि खेति फार्म र फुड डटकमको बजारीकरणलाई स्थानीय प्रसशासनले पनि सामाजिक मान्यता दिन तयार देखिए । यहि चुनौति कै बीच डिजिटल कृषि बजार हुर्किन पुग्यो डेढ महिना कै अन्तरालमा परिपक्व बन्न पुगेको देखिएको छ ।


यस्तो बजार सञ्जालमा पहुँच नहुँदा कतिपय तरकारी फार्महरुले स्थानीय वडाध्यक्षलाई राहतको रुपमा कयौ क्वीन्टल तरकारी दान समेत गरेका थिए । बजारमा लैजान गाडीको पास नपाउने , उपभोक्ता हिडडुल गर्दै फार्ममा आउन नपाउने विडम्बनामा राहतकै लागि वडालाइ सुम्पिनु बाहेक अरु विकल्प नभएको पोखरा कुडहरका तरकारी उत्पादक धान्यबहादुर केसीले व्युरोलाइ जनाएका थिए । सबारी पासको यो तनाब न्युनिकरण गर्न एक महिना नै लाग्यो र केन्द्रीय सरकारले परिपत्रनै गरेपछि अवका दिनमा कृषि उपज ढुवानीमा सहजता हुन थाले पछि बजार सहकारीका इलमीहरुको डिजटल तरकारी बजार सशक्त हुने मौका पाइरहेको छ ।

करिव ३० जनालाई प्रत्यक्ष रोजगार दिएको खेति डटकमले लकडाउनकै क्रममा पोखरा र काठमाण्डौको सेवालाइ जोडेर हेर्दा ७० जना भन्दा बढी व्यवसायिक किसानहरुको २२ मेट्रिक टन भन्दा बढी तरकारी र फलफुल दुई हजार पाँचसय भन्दा बढी ग्राहकहरुमा वितरण गरिसकेको संचालक पौडेलले जनाएकी छन् ।

खेति फार्म डटकमले पोखरा आसपासका ठाउँबाट तरकारी र अन्य सप्लायर्सबाट फलफूल खरिद गरेर उपभोक्तामाझ पु¥याउँने क्रममा कोरोना सङ्क्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सामग्रीको प्रयोगसँगै भौतिक दूरी कायम राख्दै तरकारी ल्याएर ग्रेडिङ, प्याकेजिङ र लेवलिङ लगाएर मात्र बजारमा बिक्री वितरण गरिएको र नगदभन्दा पनि इ–पेमेन्टलाई बढी प्रयोग गरिएको पौडेलले जनाइन् । यो अभ्यासलाई आत्मसात गर्दै महानगरले पनि कृषि एम्बुलेन्सका रुपमा गत शनिबारबाट सक्रियता देखाएको महानगर कृषिमहाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् । स्थानीय शिखर सहकारीले थोक बजारको मुल्यदरमा २० प्रतिशत लाभ राखेर बजारिकरण थालेको कडरीयाले जनाएका छन् । यसो त कृषि परियोजनाका विभिन्न अवसरमा सबारी अनुदान पाएका अन्य पाँच समूहले समेत किसानको कृषि उपज बजारिकरणका लागि महानगरसँग सहकार्य थालेको बताइएको छ ।


जेहोस स्मार्ट महानगरिय सपना देखेको महानगरलाई उद्यमीहरुले नै चुनौतिमा चमत्कार बनाउन जोखिम मोलेर पहल गर्न थाले र डिजीटल कृषि बजारको अभ्यासलाई स्थापीत गर्ने जमर्कोमा जुटिरहेका छन । अवका दिनमा यो प्रणालीले व्यवसायिक कृषि उत्पादन र बजारिकरणका श्रृंखलाहरुमा डिजिटल प्रविधिको प्रयोगले कृषि बजार सूचनासमेतको अभिलेखनमा टेवा पुग्ने देखिएको छ । करिव ३० जनालाई प्रत्यक्ष रोजगार दिएको खेति डटकमले लकडाउनकै क्रममा पोखरा र काठमाण्डौको सेवालाइ जोडेर हेर्दा ७० जना भन्दा बढी व्यवसायिक किसानहरुको २२ मेट्रिक टन भन्दा बढी तरकारी र फलफुल दुई हजार पाँचसय भन्दा बढी ग्राहकहरुमा वितरण गरिसकेको संचालक पौडेलले जनाएकी छन् । खेतिको डिजीटल कृषि बजारिकरणले कृषि उपजको उत्पादन र उपभोक्ता बीचको सौदाबाजी र अभिलेखन प्रकृयामा समेत सहजिकरण हुने भएकाले कोरोना चुनौतिमा चमत्कार जन्माउने प्रयासलाई सकारात्मक रुपमा लिनु पर्ने विश्लेषकहरुको मत छ ।

Facebook Comments