रोग प्रतिरोधी खुराँक भनेकै पोषिलो आहार

रामचन्द्र बराल

कोरोना प्रकरणका कारण मानव स्वास्थ्य र खाद्य सुरक्षाको सन्दर्भलाई एकिकृत रुपमा विश्लेषण गर्दै सरोकारवालाहरुले सबै खालका प्रतिरोधी खँुराक भनेकै पोषिलो आहार भएकाले राज्यले स्वास्थ्यमा लागानी बढाएको अनुपातमा पोषिलो आहारका लागि पनि चासो दिनुपर्ने ध्यानाकर्षण गराएका छन् ।

चालिसौं विश्व खाद्य दिवसको अवसरमा पोखरामा गत हप्ता आयोजना गरिएको एक समारोहमा प्रादेशिक खाद्य सुरक्षाका लागि एकिकृत समन्वय र परिचालनको खाँचो रहेकोमा जोड दिदै कृषि उत्पादन, अनुसन्धान, बजार अनुगमनका सबालमा नीतिगत सुधार र कार्यान्वयन गर्न विज्ञहरुले सुझाएका छन् । गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख नीलकण्ठ पोखरेलको अगुवाइमा भएको समारोहमा कृषि मन्त्री लेख बहादुर थापाले प्रादेशिक नीति र ऐन बनाउँदैमा लामोसमय खर्चनु परेको र दरवन्दी अनुसारको कर्मचारी व्यवस्थापन गर्न बाँकी रहेकाले अपेक्षा गरिएका कतिपय लक्ष हासील गर्न ढिलाइ भएको बताए ।


खाद्य सुरक्षाको स्थीति र अवका चुनौतिका बारेमा समिक्षा गर्न आयोजित उक्त समारोहमा कोरोेना प्रकरणका बेला दुनीयाले रोग प्रतिरोधात्मक क्षमताका लागि लडने क्षमता हासील गर्न पोषिलो आहार नै चाँहदा रहेछन भन्दै निर्देशक पोखरेलले कोभिडका कारण मृत्युदर बिवेचना गर्दा कर्णालीमा १.५ प्रतिशत र सुदुर पश्चिमको २ प्रतिशत तथा गण्डकीको ५ प्रतिशत रहेको तर सुविधा सम्पन्न र सुरक्षित भनिएको राजधानी काठमाण्डौमा सबै भन्दा बढी जोखिम देखिएकाले अस्पतालको पहुँच भन्दा पोषिलो र रोग प्रतिरोधात्मक खाद्य पदार्थको पहुँचका लागि पनि चासो दिनु पर्ने कोभिड प्रकरणले पाठ सिकाएको बताए ।

कोभिड प्रकरणका बेला संकलन गरिएका खाद्य व्यवहार र इम्युनिटि सहयोगी खाद्य पदार्थका बारेमा चासो बढ्दा स्थानीय नागरिकहरुमा गाँजाको गेडा भाङ्ग, तेजपत्ता र गुर्जो नामक लहरे बनस्पतिको खोजी हुन थाल्यो र यसले अन्न मात्र होइन अन्यत्रका जडीबुटीको पनि खोजी हुन थालेकाले ऋषिमूनीको खोजलाई पुन जागरण गर्न तर्फ जोड दिएको तर्फ ध्यानाकर्षण गराए ।

नागरिकहरुमा भय र त्रासको मात्रा बढदै जाँदा रोग प्रतिरोधात्मक क्षमता (इम्युनीटी) घटाउने हुँदा भय र त्रासको न्युनिकरण सँगै सबैलडाइका लागि तागतिलो खुराक भनेकै पोषिलो आहार हो भन्ने चेत खुलेको बताउँदै पोषिलो आहारका लागि कृषि उत्पादन र बजारीकरण तथा उपभोक्ता चेतनाका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्ने खाँचो देखिएको सहभागीहरुले औल्याए ।

छलफलका क्रममा प्रादेशिक कृषि सचिव सवनम शिवाकोटीले गण्डकी प्रदेशको खाद्य सुरक्षाको अवस्था र सन्तुलनका लागि चालिएका प्रयासहरुका बारेमा चर्चा गर्दै बैकल्पिक खाद्यन्नको प्रवद्र्धन गर्न र सुपर—फुड उत्पादन तथा बजारिकरणमा जोड पुग्न नसकेको बताउँदै उत्तरी गोरखाको चुमनुब«ी उपत्यकामा खाद्य सुरक्षाका हीसाबमा जोखीम अवस्था रहेको तर्फ ध्यानाकर्षण गराएकी थिइन् ।

यसै गरि निजीको प्रतिनिधित्व गर्दै द—बजारका निर्देशक तुलसी गीरीले सरोकरवाला बीचको समन्वय र सहकार्यको महत्व माथी चर्चा गर्दै पुरानो उत्पादन र उपभोग प्रणालीमा सुधार ल्याउनु पर्ने तथा परिकारहरुमा विविधीकरण ल्याउनुका साथै चामल माथिको नीर्भरता घटाउनु पर्नेमा जोड दिएका थिए ।

कृषि अनुसन्धानमा कृयाशील गैसस लिवर्डका कार्यक्रम अधिकृत भरत भण्डारीले खाद्यन्नका चार श्रोतहरु गहुँ—मकै—धान र आलुमा वर्णसंकर तर्फको मोहले असली वंशाणुको सुरक्षामा संकट ल्याउने र माटो तथा वालीमा शुक्ष्मतत्वको कमी हुने स्थीति बढदै गउको तर्फ ध्यानाकर्षण गराउँदै झन संकटपुर्ण हुनु भन्दा पहिलै राज्यको ध्यान पुग्नु पर्ने खाँचो औल्याए ।

छलफलका क्रममा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत किरण सिग्देलले छलफलपत्र प्रस्तुत गर्दै वर्षेनी आठ अरवको आलु आयात गर्ने स्थीति घटाउन सकिने, कोदो जस्तो पोषिलो रैथाने आहारको उत्पादन प्रवद्र्धन गर्न सकिने र सुपर फुडका रुपमा प्रयोग हुँदै आएको गाँजाको गेडा भाङ्गको व्यवसायिक उत्पादन र बजारिकणका सृंखला व्यवस्थापन गर्नु पर्न खाँचो औल्याए । हालै कोरोना प्रकरणमा रोग प्रतिरोधात्मक क्षमताका लागि सुपर फुडको खोजी बढेको र भाङ्गमा सुपर फुडका कैयन तत्वहरु पाइने तर्फ सिग्देलले ध्यानाकर्षण गराए ।

स्वास्थ्य सेवा प्रदायकहरुले गर्भवति महिलाका लागि आइरन चक्की दिनुको साटो गाउँ घरकै कोदाको रोटि खान पहँुच पुर्याउनु पर्ने र सामुहिक भोज भतेरमा खाना फाल्ने प्रवृत्ती निरुत्साहित गर्नु पर्नेमा पशु चिकित्सक दीर्घनाथ ढुंगानाले जोड दिए । हाम्रा कृषि उत्पादनहरुमा पोषिलो गुणको व्यवस्थापन तर्फ संस्थागत चासो दिनु पर्नेमा सेवा निवृत्त कृषि प्राविधिक केशब बरालले जोड दिए ।
खाद्य सुरक्षाको वासलातका सबालमा मौजुदा कृषि तथ्यांकलाई व्यवस्थीत र भरपर्दो बनाउन स्थानीय तह र प्रदेशका सुचनाको संकलन, सूचना केन्द्र तथा सुचनाको विश्वसनियताका लागि सहकार्य तथा समिक्षा गरिने तर्फ प्रदेशिक कृषि सचिव शर्माले प्रतिबद्धता जानाएकी छन् भने आगामी वर्ष हुन लागेको कृषि गणनामा केन्द्रीय तथ्यांक विभागसँग समन्वय गरि कृषि सूचना बैकका लागि आवस्यक तथ्यांकीय आधार तयार पारिने प्रादेशिक कृषि मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् ।

Facebook Comments