रैथाने बाली संरक्षणमा स्थानीय प्रयास

रैथाने बालीहरुको विउ र प्रजाती संरक्षणका लागि पोखरा महानगरले स्थानीय गैसस सँग सहकार्य थालेको छ । स्थानीय किसानहरुसँग रहेका पुराना स्थानीय प्रजातीका अन्न तथा बैकल्पीक खाद्यन्नहरुको विउ तथा तीनको उपयोगका काइदाहरुको संरक्षण तथा विस्तारिकरणका लागि हालै महानगरले पुर्वी पोखराको माझठानामा जैवीक विविधता मेला आयोजना गरि किसानहरुको कृषि ज्ञान र विउ प्रजाति प्रदर्शनीमा सहजीकरण गरेको छ ।

महानगर कृषि महाशाखाले  स्थानीय गैसस लि—वर्ड तथा जैविक श्रोत संरक्षण अभियान र वडा स्तरयि कृषि सञ्जालको सहकार्यमा कृषि जैविक विवधता प्रदर्शनी गरेको हो ।  माझठानाको सौर्य बजारमा आयोजना गरिएको उक्त  कृषि पर्दशनीमा वडाका १५ वटा कृषक समूहले स्टल राखेर आफ्ना रैथाने बालीहरुको प्रदर्शनी गरेका थिए ।

किसानहरुले विभिन्न १०० भन्दा बढी प्रजातीका बालीहरुको प्रदर्शनी गरेका थिए ।  किसानहरुको हौसलालाई प्रेरित गर्न प्रतियोगीतात्मक रुपमा स्टलको मुल्यांकन गरि पुरस्कृत पनि गरिएको थियो भने कृषि गीत प्रतियोगीता पनि आयोजना गरिएको थियो । 

महानगरका स्थानीय बडाध्यक्ष निर्मल दीयालीको अध्यक्षतामा भएको समारोहमा सदस्य अम्विका बुढाथोकी, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की, ऋषि कृषि अभियान खोजकर्मी कुलराज चालिसे र लीवर्डका सचिव बेनीबहादुर वस्नेत तथा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरयिाले सम्बोधन गर्दै किसानहरुमा रैथाने बालीसम्बन्धी ज्ञान र प्रजातीहरको संरक्षणमा मिलेर सहकार्य गर्न आवश्यकता रहेको बताएका थिए ।

  

मेलाका अवसरमा किसनानहरुले आफ्नो पहुँचमा भएका सबै खालका कृषि प्रजातीको संकलन गर्न सिकेका र सूचनाको बजारीकरण गर्न जानेका  तर सुचनाको उपयोगीता र ज्ञानको सामाजिकीकरण गर्नमा वेवास्ता भएको पर्यवेक्षकहरुले बताएका छन् । 

किसानहरुले मेलाका लागि प्रजातीहरको संकलन गर्न जानेका तर सस्थागत ज्ञान पारिवारिक उपयोगमा निनखार ल्याउन र परिवारिक पुस्ताहरमा हस्तान्तरणका अभ्यासहरुमा परिपक्वता आउन बाँकी रहेको पर्यबेक्षकहरुको विश्लेषण रहेको छ ।

Facebook Comments