रैथाने बालीको प्रवद्र्धनमा ज्ञान केन्द्रहरु सक्रिय

रामचन्द्र बराल(पोखरा)महेन्द्र जीसी (पर्वत) । कृषि विकासका विगत अभ्यासहरुलाई समिक्षा गर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुले प्राङ्गारिक क्षेत्र घोषणाको अभियान नै चलाउन थाले पछि केन्द्रीय सरकारले पनि केन्द्रीय रुपमा रैथाने बालीको प्रवद्र्धन तथा प्राङ्गारिक कृषि कर्मको प्रवर्तन गर्नाका लागि कृषि ज्ञान केन्द्रहरुलाई सक्रिय बनाउन थालेको छ ।

यहि अभियानका क्रममा सरकारले मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने रणनीति अगाडी सारेको छ । कृषि क्षेत्रको रुपान्तरणको मार्गचित्र २०७५’ मा रैथाने बालीलाई प्रवद्र्धन गरिने भन्दै मन्त्रालयले जारी गरेको ५८ बुँदे मार्गचित्रमा खाद्य तथा पोषण सुरक्षाको प्रमुख आधार रुपमा रहेको रैथाने बालीको प्रवद्र्धन गरिने भनिएको मान्यतामा रहेर हाल निकै कम खेती गरिने कोदो, जौं, फापर, उवा, चिनो, कागुनो, लट्टे आदी स्थानीय बालीको प्रवद्र्धनका लागि रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र स्याङ्गजाका प्रमुख लोकेन्द्र बोहराले जनाएका छन् ।

रैथाने बाली संरक्षण तथा खाद्य र पोषण सुरक्षमा रैथाने बालिको योगदान प्रवद्धृन गर्नाका लागि जनचेतना बढाउन कृषि प्रविधिक, महिला स्वास्थ्य कार्यकर्ता र हालैका मोडल कृषि ग्राम परियोजनाका सहजकर्ताहरुलाई अभिमुखीकरण गर्ने काम भइरहेको क्षेत्रीय वालिसंरक्षण प्रयोगशाला पोखराका प्रमुख धनवहादुर रानाले बताएका छन् । रैथाने बालीको संरक्षण र बजारीकरण क्रियकलापमा पुराना लोप हुनै लागेका बालकिो खोजी तथा तिनको पोषण महत्व बुझाउन र संरक्षणमा लाग्नेहरुलाई हौसला बढाउन यस्ता कार्यक्रमले केही आशा बढाउने सम्भावना रहेको रैथाने बाली संरक्षण तथा बजारिकरणमा सक्रिय बजार कृषि सहकारी पोखराकी संचालक उषा पौडेल गीरीले बताइन् ।

विषादीहरुको असन्तुलित, अनियन्त्रित प्रयोग तथा त्यस्ता उत्पादित वस्तुहरुको उपभोगले जनस्वास्थ्य र पर्यावरणमा गम्भीर असर पार्ने हुनाले यसको नियन्त्रण गर्न नागरिक आवाजहरु उठिरहेका बेला गुणस्तरीय तरकारीको बढ्दो आवश्यकता सम्बोधन गर्न शहरी र आसपासका कौशी तरकारी खेती, पुष्प खेती लगायत हाइड्रोपोनिक प्रणालीमा आधारित शहरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले योजना अगाडी सारेको छ ।

ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवा लगायतका बालीको बीउ लोप हुँदै गएको अवस्थामा रैथाने बाली संरक्षणसँगै प्राङ्गारिक कृषि विकासका क्षेत्रमा बामेसर्न सघाउने अपेक्षा गरिएकोे छ ।

गण्डकी प्रदेशका कृषि ज्ञान केन्द्रहरुमध्ये पुराना खाध्यन्न वाली संरक्षण गर्न र घरयासी उत्पादन शैलीलाई निरन्तरता दिन कृषि ज्ञान केन्द्र पर्वतले पर्वत र वाग्लुङ जिल्लाका गाउँ पालिकामा पुगेर स्थानीय बाली चक्र सम्बन्धी चर्चा संचालन गरेको छ । काठेखोला, निसी खोला, ढोरपाटन लगायतका पालिकाहरुमा उत्पादन हुने जौ उवा, फापर, भदौरे काक्रा, साउने घिरौला स्थानीय ढकढके, जलुका जस्ता वालिहरुको उत्पादन उपभोग प्रकृयाको बारेमा अन्तरकृया गरिएको हो ।

सरकारी निकायको कम चासो. पुगेका र स्थानीयले संरक्षण र उपभोग गर्दै आएका वालीहरुको संरक्षण र जगेर्ना गर्न खोजिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताए । अहिले सम्म कुनै पनि सरकारी निकाय नपुगेका स्थानहरुका पुराना कृषक र जन प्रतिनिधिहरु बीच रैथाने वाली सम्बन्धि सम्बाद गरेको सो अवसरमा कृषकहरुले पनि स्थानीय रुपमा पाईने विषादी ,हर्राे वर्रो, वन लसुन, टिमुर, असुरो लगायका विषादि प्रयोग गरेर वालीहरुको हेरचाह गर्दै गोठेमलको उपयोगमा खेती गर्दै आएको अनुभवन सुनाएका छन् । निसीखोलाका कृषक ईन्द्र मल्लले पुर्खाले गर्दै आएको खेती वाली गर्दै आएकोे बताए । गाउँ पालिका भईसकेपछि पनि आवश्यक प्राविधिक नपुगेका कारण स्थानीय सरकारका कार्यक्रम पनि प्रभावकारी नभएको उनले बताए ।

यस्तै गलकोट नगर पालिकाकाका आर्थिक संयोजक तेज बहादुर थापाले विकट गाउँको वस्ती र आवश्यक कृषि प्राविधिकको अभाव रहेका कारण कृषि क्षेत्रमा आवश्यक बजेट विनीयोजन गर्न नसकेको सुनाउँदै आगामी वर्षमा कृषि कार्यक्रम थप गर्ने बताए ।

कार्यक्रममा सहभागि ढोरपाटनकी प्रकृती छन्त्यालले नजानेर गर्दै आएको खेती भएपनि विषादी युक्त नभएको अनुभव सुनाउँदै कार्यक्रमले थप ज्ञान उत्साह दिएको बताइन् । उहीले लेकमा घर हुन्थे वेसीमा गोठ हुँदा वाली सप्रन्त्यो, अहिले लेकमा वारी वेसीमा घर बनाउने चलन आको छ कसरी वाली नाली सप्रोस त भन्दै जैमुनीकी विनु घर्तीले पनि अनुभव सुनाइन् । स्याङ्गजा र पर्वतले समूह निर्माण तथा जनचेतना अभिवृद्धिका क्रियाकलापहरु सक्रिय पारेका छन भने अन्य केन्द्रहरुले किसानहरुको माग संकलन गर्दै रहेको व्युरोलाई जनाएका छन् ।

Facebook Comments