युएनडीपी आवासीय प्रतिनिधिद्वारा परियोजना क्षेत्रको अवलोकन

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि श्रीमती आयशानी लाबे तथा अन्य प्रतिनिधिद्वारा जीविकोपार्जन सुधारका लागि कृषि परियोजनाद्वारा संचालित विभिन्न गतिविधिहरुको स्थलगत अवालोकन गरेका छन् ।

पोखरा महानगरपालिका तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) द्वारा कार्यान्वयनमा ल्याइएको उक्त परियोजना अन्तर्गत महानगरपालिकाका विभिन्न वडामा कोभिड—१९ प्रभावितहरुको सामाजि—आर्थिक पुनर्उत्थानको लागि कृषिजन्य गतिविधि गरिएको छ ।


भ्रमण टोलीले उक्त अवसरमा पोखरा—१८, खपौदीमा संचालित आधुनिक चिस्यान कक्ष तथा पोखरा(२२, पुम्दी भुम्दीमा संचालित सामुदायिक नर्सरीको स्थलगत अवलोकन गरि त्यहाँ संचालित गतिविधिहरुले पुर्याएको सहयोगको बारेमा जानकारी लिएको थियो । साथै पोखर—(१८, सराङकोटका दलित वस्तीका महिलाहरुलाई लक्षित गरेर संचालित तरकारी खेति प्रवर्धन कार्यक्रमका लाभग्राहीसँग प्रत्यक्ष भेटगरि परियोजनाले पुर्याएको सहयोग तथा उनीहरुको जीवनमा परेको सकारात्मक प्रभावका बारेमा पनि जानकारी गराइएको थियो ।

युएनडीपीको माथिल्लो स्तरमा हुने यस्ता भ्रमण कार्यक्रमले परियोजनाका गतिविधि थप सशक्त ढंगले अगाडी बढाउन प्रेरणा मिलेको कार्यक्रम संयोजक धनबहादुर रानाले बताएका छन् ।

Facebook Comments