मुस्ताङ्गको आलु पोखरामा

लेकाली र हिमाली चिसो जलवायुमा उत्पादन भएका हरेक खाद्य पदार्थ तल्लो तटीय बस्तीमा स्वादीलो हुने र नियमित मौसमी उत्पादन पनि बेमौसमी मुल्यमा बजार भाउ पाइने भएकाले बजार मल्ुयसृंखला सहितको कृषि इलमबाट लाभ लिन सकिने पाठशालाहरुमा बताइदै आएको निकै वर्ष पछि किसान र साना व्यवसायि समेतले यस्तो बजारीकरण रणनिति अपनाउन थालेका छन् । हालै मुस्ताङ्गको कागबेनी पूर्वको लुब्रा गाउमा उत्पादन भएको आलु पोखराको उपभोक्ता बजारमा विक्रिको व्यवस्था मिलाइएको आजीवन सहकारी, अमरसिंहचोक पोखराका अध्यक्ष हितमान गूरुङ्गले व्युरोलाई बताए । मुस्ताङ्गमा हालका दिनमा आन्तरिक पर्यटकको कमी भएकाले मुस्ताङ्गी होटलहरुमा आलु खपत कम भएकाले पोखरा ल्याउन मौका जुरेको सहकारीका कोषाध्यक्ष निश्चल पोख्रेलले बताए । सहकारीका शेयर सदस्य सवि चेरचनको समन्वयमा लुब्रा गाउँका किसानहरुलाई प्रति किलो ७० रुपैया दिएर स्थानीय उत्पादनको आलु संकलन गरि पोखरा ल्याइएको बताइएको छ । आलु ढुवानी, ग्रेडिङ्ग र लाभांश जोडेर ८५ रुपैया प्रति किलो बिक्री गरिएका कोषाध्यक्ष पोख्रेलले बताए ।
सहिकारीले यस पटक १२० बोरा ( ५,४०० किलो) आलु ल्याइएको र अव निकट दिनमा मुस्ताङ्गकै गाजर र स्याउ पनि ल्याउने तयारी गरिरहेको जनाइएको छ । हिमाली उत्पादनका खाद्यपदार्थहरु पोखराको घरेलू तथा पर्यटन बजारका उपभोक्ताहरुमा लोकप्रीय मान्ने गरिन्छ ।

Facebook Comments