मस्र्याङ्दीमा पनि नमुना कृषि गाउँ कार्यक्रम

 सिर्जना अधिकारी /आरसी टाइम्स
लम्जुङ्ग,माघ २०

उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकालाई नमुना कृषि गाउँको रुपमा विकास गरिने भएको छ  । गण्डकी प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्र्तगत मस्र्याङदी गाउँपालिका वडा नं. ७ लाई नमुना कृषि गाउँको रुपमा विकास गरिने भएको हो  ।
गाउँलाई नमुना कृषि गाउँको रुपमा विकास गर्न वडा नं. ७ को उस्तावेशीस्थित गाउँबेसी पौरखी कृषि सहकारी सस्थां लिमिटेडको व्यवस्थापनामा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गरिएको छ  ।


गत बुधवार कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले गाउँगाउँमा विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास गर्नपर्ने बताए  । उत्पादन वृद्धि गरी गाउँलाई बजारसँग प्रत्यक्ष जोड्न सकियो भने मात्र अर्थ उपार्जन गर्न सकिने धारणा दवाडीले व्यक्त गरे  । उत्पादन वृद्धि र कृषि क्षेत्रको विकासका लागि परम्परागत खेति प्रणालीलाई आत्मसाथ गर्दै आधुनिक पद्धति अपाउनुपर्ने र प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा दवाडीले जोड दिए  ।


कार्यक्रमलाई पुर्वसांसद जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडा अध्यक्ष युवा घले, गाउँपालिका पशु तथा कृषि सञ्जालका अध्यक्ष नारायणवहादुर तामाङ लगायत कार्यपालिकाका सदस्यहरु, कृषि तथा पशु शाखा प्रमुख, टोल सुधार समिति, आमा समुह, विद्यालयका प्रतिनिधि र स्थानियहरुका उपस्थिती रहेको थियो  । गाउँबेसी पौरखी कृषि सहकारी सस्थासञ्चालक समिति अध्यक्ष उमा घलेको अध्यक्षतमा भएको कार्यक्रमको सहजिकरण लिलिजङ्ग घलेले गरेका थिए ।

Facebook Comments