मकर सक्रान्ति, कन्दमुल र व्यास स्मृति पर्व

—देव बस्न्यात, दमौलीबाट

नेपालको विभिन्न नदी तथा तालतलैयाहरुमा माघे नुहाइ गर्नु सर्वा्धिक पुरानो पर्व हो  । यसबारे स्कन्दपुराण ,गण्डकी माहात्म्यम् र वराह पुराणहरुले पनि स्पष्ट व्याख्या गरेको पाइन्छ  । वरत्रमा र परत्रमा समेत सुख प्राप्तिका लागि माघी स्नानको परम्परा चलेको हो  । द्वापरको अन्त्य संगै सेती र मादी नदीको संङ्गम शंकरतीर्थ दमौलीमा माघेनुहाइको सुरुआत भगवान वेदव्यास बाटै भएको हो भन्ने कहावत सुन्नमा पाइन्छ  । काठमाण्डौ विजय गरेको खुसियालीमा किराँतहरुले माघीपर्वलाइ विजयोत्सवका रुपमा मनाउँने गर्दछन भने मधेसका थारु समुदायले पनि माघीपर्वलाई नयाँवर्षको रुपमा धुमधामका साथ मनाउने गर्दछन्  । थारु सवर्णका दरै , कुमाल र बोटेहरुका साथै तनहुँका डाँडाकाँडामा बस्ने मगर जातिहरुले पनि माघे सक्रान्तिलाइ नयाँवर्षको रुपमा रुपमा मनाउने गर्दछन्  । हुन त वैदिक समयमा सूर्यकोे गति परिवर्तन संगै नयाँ वर्ष फेर्ने परम्परा थियो पनि भनिन्छ  । अर्को तर्फ चैत्र शुक्लपक्षको प्रतिपदाको दिनलाइ पनि नयाँवर्षको रुपमा मान्ने प्रचलन पनि पाउँदछौं  । माघ महिनामा गिठ्ठा भ्याकुर, तरुल ंआलु खाएर अन्नपात जोगााउने हाम्रो संस्कृति हो  । माघको समयमा खिचडी, फुुरौला, तिलौरा, भुजा र सख्खर÷गुड चाकु मिलाएर बनाएको लड्डु खाने पर्व पनि हो  । यस दिन खिचडीका साथमा दही पापड, ध्यू अचार पनि प्रयोग गरिन्छ  । वास्तवमा यो कन्दमुल पर्वले मानवलाइ मानवीय मूल्य र शाकाहारीताको बोध गराएको छ  ।
विशेषत सूर्य उत्तरायण हुंदा नेपालमा जाडो हटी न्यानोपनको सुरुआत हुने भएकाले पनि विशेष खुसीका साथ यो पर्व मनाउने गरिएको हो  । तर हाम्रो लोक कहावतमा वर्षा समय आउने भएकाले रोग व्याधि लागी मरिन्छ की भन्ने डरले यो पर्व मनाइएको र साउने सक्रान्ति बाट सूर्य दक्षिणायण भइ प्रचण्ड गर्मी वाट मुक्त भइ शितल महिना आउने भएकाले सम्पूर्ण रोगव्याधि बाट मुक्त भइयो भनी खुसियालीमा साउने सक्रान्ति मनाइएको हो भन्ने जनोक्ती पनि रहेको छ  । माघका सबै दिनहरु पवित्र भएता पनि माघका सोमवारहरु झन पवित्र मानिन्छन्  । माघी सोमवारी व्रतको महत्व श्रावणी सोमवारी व्रत भन्दा विशेष महत्व पूर्ण रहेको छ  । माघका सोमवार र माघ शुक्ल , तिल चतुर्थी,, पञ्चमी , पञ्चमी तिथि, भिमाष्टमी तिथि , माघी पूर्णिमा जस्ता महत्वपूर्ण तिथिहरुमा व्रतहरु बसेमा यस लोकमा र परलोकमा सुखशान्ति प्राप्त हुने कुरामा जनविश्वास रहेको छ ।

सक्रान्तिमा सक्रान्ति
धर्मशास्त्र अनुसार सक्रान्तिहरु पवित्र दिनहरु मानिन्छन्  । हरेक महिनाको पहिलो दिनलाई सक्रान्ति भनिन्छ  । क्रान्ति भन्नाले कुनै शासन सत्ता तथा स्थितिको परिवर्तन हुनु लाइ जनाउँछ  । सूर्य धनु राशी बाट मकर राशीमा सर्ने यही प्रक्रियालाइ क्रान्ति भनिन्छ  । एक राशीबाट अर्को राशीमा सर्ने सूर्यको गतिपथ आउने प।िवर्तनलाइ हामी सक्रान्ति भन्दछौं  । अर्को अर्थमा हामी यही दिनलाइ सो महिनाको सक्रान्तिमा सक्रान्ति भन्ने गर्दछौं  । सबै सक्रान्तिहरु त्यतिकै महत्वपूर्ण छन्  । त्यस मध्येमा पनि माघे सक्रान्ति र साउने सक्रान्ति र विषु सक्रान्तिहरुको आफ्नै महत्व छ  । सूर्य दक्षिणायनवाट उत्तरायण हुने अथवा धनु राशी बाट सूर्य मकर राशी सने तथा सूर्य मकर रेखामा पर्र्ने दिनलाइ माघेसक्रान्ति भन्ने गरिन्छ  । ग्रहहरु एक राशी बाट अर्को राशीमा सर्ने समयको अगाडी पछाडीको ३०÷३० घडी समयमा अत्यन्त महत्वपूर्ण मानिन्छन्  । त्यैले माघे सक्रान्ति मेला पौष मसान्तबाट सुरु भएर माघे सक्रान्तिको दिउँसोमात्र समापन हुने गर्दछ ।

कुन सक्रान्तिमा के दान गर्ने ?
पूर्वि दर्शनशास्त्र अनुसार हरेक वर्षमा वाह्र महिना र वाह्रगोटा राशी हुने गर्दछ  । पृथ्वीले सूर्य परिक्रमा गर्दा मेष सक्रान्तिमा भेंडा, वृष सक्रान्तिमा गाइ , मिथुन सक्रान्तिमा वस्त्र , भोजन ,र पेय चिज , कर्कट सक्रान्तिमा घिउ, सिंह सक्रान्तिमा सुन र वाहन , कन्या सक्रान्तिमा वस्त्र , गाइ अन्न र घिउ , तुला र वृश्चिक सक्रान्तिमा वस्त्र र घर , धनु सक्रान्तिमा वस्त्र र वाहन ,मकर सक्रान्तिमा इन्धन र अग्नि, कुम्भ सक्रान्तिमा गाइ , घांस र पानी , मीन सक्रान्तिमा नयां पूmल दान गरेमा पुण्य मिल्दछ भन्ने विश्वास रहेको छ  ।

कुन जातिलाई कुन सक्रान्ति लाभदायक छ ?
बारका अनुसार हुने सक्रान्तिहरुमा आइतवार देखि शनिवार सम्मका सक्रान्तिहरुलाई क्रमस घोरा , ध्वांसी ,महोदरी , मन्दाकिनी ,मन्दा,मिश्रिता र राक्षसी नामले पुकारिन्छ  । माथि उल्लेखित सक्रान्तिहरु मध्ये वाहुनलाइ मन्दा , क्षत्रीलाइ मन्दाकिनी ,वैश्यलाइ ध्वांशी ,शुद्रलाइ घोरा ,चोरका लागि महोदरी ,चाण्डालका लागि मिश्रिता सक्रान्ति र जांँडपानी विक्रेतालाइ राक्षशी सक्रान्तिहरु फलदायक मानिन्छन
भगवान व्यास र वाराहीमाइ बीचको साइनो ?
वराहलाइ भगवान श्रीविष्णुको अवतार मानिन्छ  । उनै विष्णु रुपि वराहले जलमा डुवेको पृथ्वीलाई सतहमा ल्याउने काम गरेका थिए  । तनहुंको ढोरवराह त्यही रुपमा पुजित छन्  । अर्कोतर्फ भगवान वेदव्यास पनि विष्णुको १७औं अवतार मानिन्छन्  । यसै गरी दमौलीको छाव्दी वाराहीमाई वेदव्यासको हजुरआमाको स्मारकको रुपमा पुजिन्छ  । दमौलीको सेरोफेरोमा रहेका गुणादी वाराहीमाई ,जल वाराहीमाइ , छाङ्गावाराहीमाइ, र निर्वुवाराहीमाइहरु भगवान वेदव्यासका हजुरआमाको बहिनीहरु मानिन्छन्  । महर्षि पराशरको तपोभूमि र भगवान वेदव्यासको पावन जन्मभूमि दमौलीमा पौषको मसान्त देखि माघ महिनाको पहिलो दिनको रातभर सेतीमादी नदीको किनारमा माघेसक्रान्तिको मेला लाग्ने गर्दछ  । अर्को तर्फ यहाँका वासिन्दाहरुले माघे सक्रान्तिलाई वेदव्यास स्मृति पर्वको रुपमा पनि मनाउने गरेकोे पाइन्छ  ।
दिउँसो ४ बजेसेती मादी नदीको दोभानबाट व्यास जन्मेको स्मृति स्वरुप कुहिरोको भुल्का ( छेस्को) दमौलीमा पार्दुभाव भए पछि माघे सक्रान्तिको मेला समापन भएको मानिन्छ ।

माघी स्नान बारे पौराणिक कथा ः
यस व्यास प्रयाग तथा शंकर तीर्थमा माघे सक्रान्तिको मेला कहिले देखी चल्न सुरु भयो भन्ने विषयमा एकिनका साथ भन्न सकिने हामी संग कुनै आधार र प्रमाणहरु भने भेटिदैनन्  । तथापि माघे सक्रान्ति सम्वन्धि केही कहानी र कहावतहरु भने पाइछन  । स्कन्दपुराणको रेवाखण्ड अनुसार कुनै समयमा शुभव्रत नाम गरेको एक जना व्राह्मण नर्मदा नदीको किनारमा बसोबास गर्दथे  । उ वेदशास्त्रको ज्ञाता पनि थियो  । विद्वान भएकोले उस्ले अधिक भन्दा अधिक धन कमायो  । प्रशस्त धन कमाएता पनि दान नगरेको हुनाले उस्लाइ वूढ्यौलीमा ठूलो रोगले समायो  । परलोक सुधार्न चिंन्तित भएको विद्वान शुभव्रतले माघ महिनाको स्नान महिमा सम्बन्धि ( “स्वर्गलोक चिनवासो येषां मनसि वर्तते  । यत्र काच्पि जलैजैस्तु स्नानम्यं मृगाभास्करे ।। र ।। प्रयागे माघमासे तुभ्यहं स्नानस्य यद्भवेत  । दशाश्वमेध सहस्त्रेण तत्फलं लभते भूवि ।। ” ) श्लोक सम्झियो  । यसरी उस्ले माघे सक्रान्तिको दिन देखि माघ महिना भर दिनदिनै नर्मदा नदीमा स्नान ग–यो र रोगले ग्रस्त शरिरको प्राण त्याग ग¥यो  । माघ महिनामा नुहाएको हुनाले विष्णुका दुतहरु आइ उस्लाइ स्वर्गलोक पु¥याएको हुनाले सवैले माघ महिनामा नदी स्नान गरी तिल दान गर्ने परम्परा सुरु भएको हो भन्ने गरिन्छ  ।
महाभारतको महायुद्ध भै रहेको समयमा पाण्डव पक्षका साहसी योद्धा अर्जुन र कौरवपक्षका सेनापति तथा कौरव र पाण्डव दुवै पक्षका पितामह भिष्मको महाभारत युद्धको कथाको प्रसङ्ग सङ्ग जोडिन पुग्दछ  । उक्त युद्धमा अर्जुनले भिष्मलाइ वाणका प्रहारबाट ढालेपछि इच्छा मृत्यु शक्ति प्राप्त गरेका भिष्मले जन्ममरणको पुनरावृती वाट मुक्ति प्राप्त गर्न सूर्य उत्तरायण भएका वेला तथा मकर सक्रान्तिका दिन प्राण त्याग गर्नु भएको थियो  । त्यही बेला देखि सत्यवतीको सौतेनी छोरा भिष्म पितामहको सम्झनामा र श्रद्धा सुमनको लागि नदीमा स्नान गरी तर्पण गर्ने प्रचलन पाउँदछौं ।
यस्तै अर्को कथा पनि हाम्रै आँगन र मजेरीमा हुर्केको हो  । भक्तपुरको तौमडी टोलमा कुनै समय त्यहांका तील माधव भन्ने व्यापारीले माघेसक्रान्तिको दिन तिल बेच्न जानु भएको थियो  । आफुले लगेको भन्दा दोव्वर तिल बेची सकेपछि पनि तिल नघटेकोले आश्चर्य चकित हुंदै के भयो भनी तिलको थुप्रो खोस्रेर हेर्दा तिल भित्र विष्णुका मूर्ति फेला पारेको हुनाले त्यही स्थानमा तिलमाधव विष्णु मन्दिर स्थापना गरी माघे सक्रान्तिको मेला लाग्ने परंपराको सुरुवात भएको हो भन्ने किंवदन्ति रहेको छ  ।

दमौलीमा कहिले देखि माघे सक्रान्ति मनाउन सुरु गरियो ?

सेती र मादी नदीको संगममा प्रत्येक वर्षको माघ महिनाको सक्रान्तिको दिन माघी स्नान गर्न भक्तहरुको ठूलो मेला लाग्दछ  । महर्षि पराशर तथा सत्यवतीका पुत्र भगवान वेदव्यासको जन्मको स्मृतिमा माघीे सक्रान्तिको मेला लागेको हो भनेर योगि नरहरिनाथले बताउनु भएको छ  । योगिनरहरिनाथले सम्पादन गरेको ःदेवभूमि भारत एवम् आध्यात्मिक नेपालः पुस्तकको पृष्ठ ४३ मा यसरी बताउनु भएको छ  ।

व्यास –जन्म–तिथौ माघी –सक्रान्तौ स्मृतामाञ्जन ः  ।
व्यास जन्मोत्सवं यत्र कुरुते प्रतिवत्सरम्  । ।५६।।

तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौलीमा सरेको लगतै योगि नरहरिनाथकै पहलमा दमौलीका स्थानिय जनताहरु , स्थानिय निकायहरु र प्रशासनिक कार्यालयहरुको संयुक्त आयोजनामा “वि.सं.२०३१ माघ १ गतेका दिन देखि मनाइंदै आएको माघेसक्रान्ति मेला निरन्तरता दिंदै व्यासस्मृति एवं कन्दमुल पर्व प्रत्येक वर्ष मनाउन थालिएको हो ।

दमौलीमा माघे सक्रान्ति कसरी मनाइन्छ ?
यस ठाउंमा सवै भन्दा ठूले मेला माघे सक्रान्तिको मेला दमौलीमा लाग्दछ  । गाउँबाट बेसी झर्दा विहानको शुभ मुहुर्त टर्ने भयले मानिसहरु माघे सक्रान्तिको अघिल्लो दिन नै मेला भर्न दमौली झर्दथे  । माघे सक्रान्तिको मेलामा रौनकता थप्न पौष मसान्तको दिउंँसोको समयमा मानिसहरु बासका लागि झुपडीहरु बनाउँदथे  । व्यासको पावन जन्मभूमिमा माघे सक्रान्तिको मेलामा मगरहरु भाला , तारो र ठेला हान्ने खेल पनि खेल्दथे  । यस्का साथै घैंटो फुटाइ, डोरी तान्ने, जादुगरी कुर्ची र रुमाल लुकाइका खेलहरु पनि चल्दथे  । ठाडो भाका, झयाउरे भाका, कौरा, चुड्का , मारुनी र बालन जस्ता गित र नाँचले बजारको रौनकता थपिन्थ्यो  । आक्कलझुक्ल समुह समुह बीच झिना झपटी पनि हुने गर्दथ्यो  । कृषकहरु आफुले उत्पादन गरेका डोका डाली सोली झोलुङ्गा, भकारी तथा मान्द्राहरु बेच्नकै लागि प्रशस्त ल्याउने गर्दथे  । कालो उखु , फुसे्र उखु , ग्यंमरा उखुहरु ढांकका भारीहरु लाइन लाग्दथ्यो ।
विहानको शुभमुहुर्तमा दुग्धभा ( सेती) नदीमा खीर पाक्दछ भन्ने परम्परा थियो र अझै पनि त्यही मान्यता रहेको छ  । यसरी पौष मसान्त माघेसक्रान्तिको दिन लाग्ने मेलाको तयारीको रुपमा रहने गर्दथ्यो  । त्यही खिर खान मानिसहरु पाखामा र भूत, प्रेत, पिचास र मसानहरु खोलाटोलामा रातभर जाग्रम रहने गर्दथे  । पौष मसान्तको दिन भक्तहरु रातभर जाग्राम बसेर व्यासेश्वर महादेवको भजन गर्दथे  । खुशीले रम्दथे  । शुभमुहुर्तमा सेतीमादी नदीको दोभानमा स्नान गरेर सेतीको जललाई खीर सम्झेर पिउँदथे  । त्यही प्राकृतिक तौरतरिकालाइ अहिले माघे सक्रान्तिका दिन खीर र कन्दमुल खाने शाकाहारी पर्वको रुपमा विकास गरिएको हो  ।

तनहुंको सदरमुकाम बन्दिपुरवाट दमौली सरेपछि माघे सक्रान्तिलाइ कृषक दिवसको रुपमा मनाउने गरिएको थियो  । हरेक माघेसक्रान्तिमा जिल्ला कृषि विकास कार्यालय तनहुँले कृषि मेला प्रदर्शनी आयोजना गर्दथ्यो  । यस्ले माघेसक्रान्तिको मेलालाइ सुन माथि सुगन्ध थपेको थियो  । असल र राम्रो कृषि उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत गर्ने र कृषकहरुको सम्मान परम्पराको विकास भएको थियो  । असल जातका पशुपालन गर्नमा जोड दिइन्थ्यो  । तर हाम्रो आधार आर्थिक सामाजिक र साँस्कृतिक सुधार नाराका साथ उद्योग वाणिज्य संघ तनहुँले आयोजना गर्ने माघे सक्रान्तिको मेलाले यस्को मौलिकतामा आँच पु¥याएको छ  ।
साधन र श्रोतका अभावमा पनि यहाँको नागरिक समाजले सभाहलहरुमा तथा सडकहरुमा लघुसडक नाटक , प्रवचन र भजन कीर्तनका प्रतियोगिताहरु आयोजना गर्दै आएको छ  । मानिस शाकाहारी कि मांसाहारी हो भन्ने ज्ञान प्रवाह गर्दै आएको छ  । मानिसलाई शाकाहारी बन्ने पे्ररणा जगाउने काम गरेको छ  । संस्थागत हिसावले व्यासज्योति साधक परिवार यस अभियानको मियो हो  । हाल व्यास शाकाहारी समाज नेपालले अपनत्व ग्रहण गरेको छ  । यस क्षेत्रका धार्मिक संंघ—संस्थाहरुले यस कार्यक्रमलाई निरन्तरता दिंदै आएका छन्  । यो वर्ष पनि विहान ७.३० बजे प्रभात फेरीका साथ अन्तरकृया कार्यक्रम गरी व्यासस्मृति एवं कन्दमूल पर्व मनाइने भएको छ  ।
भक्तहरु आफ्ना भाकल पुरा होस भनी एक भक्त भएर बस्दछन्  । विहानको शुभ मुहुर्तमा सेती र मादी नदीको संगममा स्नान गरेर तिर्थालुहरु सूर्यलाइ अर्घ दिएर सात वराहमाईका नाती भगवान वेदव्यास र आफ्ना कुलायन देवताको पुजा आराधाना र दर्शन गर्ने गर्दछन  । यस दिन पाली (भक्त) हरुले वनस्खण्डी सखरखण्ड, तरुल ,भ्याकुर ,पिंंडालु, तिलका लड्डु , खिच्रो , फुरौला ,मासको बारा, चाकु सहितको तिलौरा भजा ,अपुंगो, सिजन अनुसारको अन्य फलफूल चढाउंदै व्यासेश्वर महादेवको पुजाआजा गर्दछन  । माघे सक्रान्तिको दिन सेतीमादी लगायतका जलाधारहरुको चिसोपानीमा नुहाएमा सातजन्म सम्मका सम्पूर्ण पापहरु नाश हुने बताइएको छ  । व्यास क्षेत्र परिक्रमा गर्ने परम्परा पनि रहेको छ ा माघे सक्रान्तिको मेलामा सवै जात थर र वर्गका मानिसहरु धर्मकर्मका अतिरिक्त आफन्तहरु संग भेटघाट, व्यापार व्यवशाय, र मनोरञ्जनका लागि जानेहरुको पनि उल्लेखनीय उपस्थिति रहेको पाइन्छ  ।

लुप्त हुन लागेको वैदिक ज्ञान सागरलाई लिपीवद्घ गर्ने २८ औं वेदव्यास तथा उनकै सौतेली दाजु भिष्मपितामहको स्मृतिमा माघेसक्रान्तिका मेलाहरु लाग्दै आएको कुरा योगि नरहरिनाथले राख्नु भएको प्रमाण हामीले माथि प्रस्तुत गरी सकेका छौं  । त्यही आधार मान्ने हो भने माघीपर्वको सुरुआत भएको लगभग ५२५० वर्ष बितिसकेको अनुमान गर्न सकिन्छ ।

आजका दिन सम्म आइपुग्दा सप्त गण्डकीहरुमा मकर स्नान गर्ने स्थानहरुको नाम अझ थपिंदै गएको पाउँदछौं  । दमौली क्षेत्रका गाउंँघर करेसीहरुका साथसाथै , देवघाट, चेपेघाट ,केलादीघाट,वलिघाट, रामघाट र भिमाद जस्ता धैरै ठाउंहरुमा गण्डकीका नदीहरुको किनारमा माघे मेला लागि रहेका छन्  । पनौतीको त्रिवेणीमा लाग्ने माघी मेला र कोका तथा कोशी नदीको संगम वराह क्षेत्रमा लाग्ने माघेपर्वको मेला सर्वत्र चर्चा भएको विषय बनेको छ ।

Facebook Comments