भेटेरीनरी दिवसमा पशु कल्याणका सबालमा बहश

विश्व भेटेरीनरी दिवसका क्रममा गण्डकी प्रदेशको पशुविकास निर्देशनालय र कास्की भेटनरीनरी अस्पताललले संयुक्तरुपमा केविड कहरका बेला भेटरीनरीयनका चुनौति र पशुकल्याणका सबालहरुका बारेमा चर्चा गरेका छन् । गत शनिबार पशु विकास निर्देशनालय पोखराको समिक्षालयमा भएको बहशसृंखलामा प्रादेशिक कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले पशुकल्याणका विश्वव्यापी मान्यताको विकास र नेपाली समाजमा पशु कल्याणका क्षेत्रमा देखिएका चुनौति र राज्य तथा नागरिक पक्षले निर्वाह गर्नु पर्ने सबालमा छलफलपत्र पेश गरे । वरिष्ठ पशुचिकित्सक प्रेरणा सेढाइ भट्टराइको अध्यक्षतामा भएको समारोहमा भेटरीनरी दिवशका सन्दर्भमा आयोजित विद्यालय स्तरीय निवन्ध प्रतियोगिता र मुल्यांकन परिपाटि तथा पुुरस्कृत प्रतियोगिका बारेमा पशु चिकित्सक राजेश चौधरीले प्रस्तुत गरेका थिए ।

कास्की क्षेत्रमा रहेका विद्यालय स्तरीय निवन्ध प्रतियोगीतामा भद्रकाली मावी, कुडहरकी छात्रा कृति सिग्देल प्रथम, गण्डकी आवाशीय विद्यालय, लामाचौरकी छात्रा दिया रानाभाट दोश्रो तथा बराह मावी भेडाबारीका छात्र पूरुषोत्तम यादव तृतिय तथा सोहि विद्यालयकी छात्रा सुमीता कार्कीले सान्त्वना पुरस्कार पाएको पशु प्रविधिक सुरेश कुमार श्रेष्ठले जनाएका छन् । पुरस्कृत निबन्ध मध्ये पहिलो हुने कृति सिग्देलले निवन्धको पाठ गरेकी थिइन् ।

विद्यालय स्तरका विद्यार्थीहरुमा पनि पशुकल्याणका ज्ञान विस्तारमा सहजिकरणका लागि निवन्ध प्रतियोगिता रणनिति उपयोग गरिएको कार्यक्रम संयोजक पशुचिकित्सक प्रेरणा सेढाइ भट्टराइले जनाइन् ।

Facebook Comments