बादँर नियन्त्रण गर्न किसानको माग

‘अरु कुरा होइन ,
बाँदर नियन्त्रण गरिदेउ,
बाँदरसँगै दिएका अरुकुराको काम छैन ,
बाँदर हटाइदेउ , त्यसैमा लाख हुन्छ ।’


पोखरा आसपासका व्यवसायिक किसानहरुले महानगरिय कृषि विकास योजनाहरुको माग गर्ने
सबालमा बाँदर नियन्त्रणका सबाललाई पहिलो प्राथमिकता दिन थालेका छन् ।
महानगरका किसानहरुले कर्जा, प्रविधि र अनुदान के चाहन्छन भनेर सबाल गरिरहेका बेला
हालै पोखरा २२ पुम्दीका किसानहरुले ‘अरु कुरा होइन , बाँदर नियन्त्रण गरिदेउ’ भनेर महानगरीय कृषि तथा पशु विकास शाखासँग माग गरेका छन् । किसानले उत्पादन गरेको कृषि बस्तु जोगाउने उपाय नभएपछि प्रविधि र अनुदानको कुनै तुक नरहने भन्दै खेति जोगाउन बाँदर नियन्त्रणका लागि महानगरले सहयोग गरोस भन्ने माग गरेको कृषि सञ्जालका अगुवा खेमराज बरालले बताए ।

बाँदर पिडीत किसानलाई क्षेतिपुर्ति दिने कानुन बनाउन न्यायपालिकाले सरकालाई आदेश दिएको भएपनि बाँदर नियन्त्रणका लागि सरकारले कानुन नै नवनाएर किसानलाई बेवास्ता गरेको बाँदर नियन्त्रणका लागि न्याय प्रसासन गुहार्दै सर्वोच्च अदालत पुगेका किसान ठाकुर सुवेदीले बताए । अदालतको आदेशको समेत अवमुल्यन भइरहेको अवस्थामा किसान मैत्रि सरकार पाउन मूस्किल परेको किसानहरुको गुनासो छ । किसानहरुलाई कर्जा, प्रविधि र अनुदान के चाहिन्छ ?

Facebook Comments