बाग्लुङ्ग कृषि मेलामा किसानलाई औजार पुरस्कार

आरसी टाइम्स व्युरो
बाग्लुङ्ग, चैत्र २,

बाग्लुङ्गमा हालै गरिएको कृषि मेलामा प्रतियोगितात्मक रुपमा अव्बल किसानहरुलाई कृषि औजारले पुरस्कृत गरिएको छ । बाग्लुङ्गमा कृयाशील सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको आयोजनामा भएको जिल्लास्तरीय कृषि मेलामा ९३ किसान तथा समूह र सहकारीहरुका १७१ वटा कृषि वस्तु प्रतियोगितात्मक प्रदर्शनीमा राखीएका थिए ।

गत २९ फाल्गुणमा आयोजित कृषि मेलामा सात विधामा २८ जना किसानलाई औजारले पुरस्कृत गरिएको थियो भने सहभागी किसानहरुलाई निशुल्क बिउविजन बितरण गरिएको कृषि ज्ञान केन्द्र बाग्लुङ्गका प्रमुख भानु भट्टराइले बताए । पुरस्कृत कृषकहरुलाई प्रथम हुनेलाई २ हजार, दोश्रो हुने लाइ १५ सय, तृतीय हुनेलाई १ हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप ५ सय मुल्य बराबरको कृषि औजारले पुरस्कृत गरिएको थियो ।

नगद पुरस्कृत गर्ने भन्दा औजार पुरस्कृत गर्ने परिपाटीले कृषि यन्त्रीकीकरणलाई टेवा दिने र कृषि कर्ममा सकारात्मक योगदान पुग्ने ध्येय राखीएको ज्ञान केन्द्र प्रमुख भट्टराइले जनाए।


सिम्रीक कृषि तथा पशुब्याबसायीक सहकारीका अध्यक्ष चुडामणी उपाध्यायको अध्यक्षतामा भएको कृषि मेलामा कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र बागलुङ र बागलुङ नगरपालिका सह आयोजकका रुपमा सहभागी भएका थिए ।

उक्त मेलामा जिल्लाका २५ कृषि सहकारी तथा बागलुङ नगरपालिकाका वडा कार्यालयहरुको समेत सहकार्य रहेको बताइएको छ । बागलुङ नगरपालिका—४ कुँडुलेमा संचालित कृषि मेला प्रदर्शनी तथा कृषक सम्मान कार्याक्रमा मुक्तिनाथ एकीकृत कृषि फर्मलाई सर्वोेत्कृष्ठ कृषकको रुपमा सम्मान गरिएको थियो। समारोहमा लक्ष्मीनारायण कृषि समूह र गणेश कृषक समुहले कृषि गीत समेत प्रस्तुत गरेका थिए ।
बाग्लूङ्गमा हालै खोलिएको कृषि ज्ञान केन्द्रको सेवा टेवाको पहुँच विस्तारमा मेलाले सकारात्मक उर्जा दिने अपेक्षा गरिएको छ।

विगतमा स्थानीय सरकारले ओगटीएको कृषि कार्यालय परिषर कृषि विकास कै निकायलाई हस्तान्तरण गर्न बागलुङ नगरपालिकालाई सहजिकरण गर्न समेत मेलाले मद्दत पुगेको ठानीएको छ । यसपालिको कृषि मेलामा सहभागीताको आकारलाई समिक्षा गर्दा मुलधारमा समेटिन बाँकी देखिएका बागलुङका पश्चिमी क्षेत्र ढोरपाटन र बडीगाड क्षेत्रमा कृषि प्रदर्शनी राख्नका लागि कृषि ज्ञान केन्द्रलाई अभिप्रेरित गरेको पाइएको छ ।

Facebook Comments