बन्दाबन्दीको उपयोग गर्दै युवाहरु गोलभेडा खेतिमा

गोपाल जिटी, वालिङ

कोरोना प्रकरण सँगै घरबन्दी र शहरी उपभोक्ताहरुको तरकारी आयातमा असन्तुलन हुन थालेको चुनौतिबाट लाभ लिन र जिवीका व्यवस्थापन गर्न  स्याङ्जा वालिङका युवाहरुले संगठित रुपमा व्यवसायिक गोलभेडा खेतिमा व्यस्त भएका छन् । वालिङ १३ बायँखोलामा ६ जना युवाहरु सामुहिक गोलभेडा खेतिमा लागेका हुन् । विजु गुरुङ, दिपेन थापा, सन्तोष क्षेत्री, निरु गुरुङ, विरु थापा र  धनबहादुर गुरुङ गरी यी ६ जना युवाहरुले कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी सुरु भए लगतै गोलभेडाखेति सुरु गरेका ह्ुन् । विदेशमा पसिना बगाएर फर्केका यी युवाहरुले बन्दा बन्दीको समयलाई अवसरका रुपमा लिएको बताएका छन् । आठ रोपनी जग्गा वार्षिक ६५ हजार भाडामा लिई थालनी गरेका युवाहरुले आठवटा टनेलमा गोलभेँडा लगाएका छन् । कृषि सम्बन्धी तालिम नलिए पनि नगरपालिकाका कृषि शाखा प्रमुखसँगको राय सल्लाह अनुसार टनेल निर्माण गरेको विजुले बताए ।

अहिले आठ रोपनीबाट सुरु गरिएको छ, अब अरु बीस रोपनी जग्गा थपेर मौसमी तथा वेमौसमी तरकारी लगाउने योजनामा उनिहरुको योजना छ ।

हाल फल दिन थालेका र मासिकरुपमा उत्पादन लिन सकिने गरी लगाइएको गोलभेँडा लोभै लाग्दो छ ।  पहिला गाउँमा बस्दा सामान्यरुपमा तरकारी लगाएको अनुभव भएको र त्यहाँ भन्दा बढी उत्पादन लिन सकिने ठानेर यहाँ सुरु गरेको समूहमा क्रियाशिल विजु गुरुङले बताए । विजु गुरुङ ६ वर्ष मलेशियामा पसिना बगाएर फर्केका हुन् । विदेशबाट फर्केर अन्य पेशा गर्दै आएका साथीहरुले पनि अब कृषिमा लाग्नुपर्छ भने र सुरु गरेको विजुले सुनाए ।

गोलभेँडाका बिरुवा  आँपैm उत्पादन गरेका यी युवाहरुले कुनै तालिम लिएका छैनन  । तर तालिमप्राप्त र अनुभवी किसानहरुको भन्दा कुनै कमि देखिदैन । हरेक तरकारीमा प्रयोग गरिनेहुँदा सँधै बिक्रि भैरहने र सजिलो लागेर पनि गोलभेँडा लगाएको विजुले बताए ।

स्वदेशमा आप्mनो परिवार र साथीभाइसँग मिलेर काम गर्दाको आनन्द नै छुट्टै हुन्छ । विदेशमा १२ घन्टा खटिनुपर्छ तर यहाँ चार पाँच घन्टा मात्रै काम गर्दा पनि राम्रो आम्दानी लिन सकिने उनिहरुको विश्वास छ ।

यस्तो पानी बढीहुने ठाउँ छ, धान रोपे राम्रो हुनेथियो भन्ने छिमेकीहरु पनि अहिले यति राम्रो गोलभेँडा फलेको देख्दा खुशी देखिन्छन् र उनिहरु प्नि आकर्षित भएका छन् ।

विदेश जानु भन्दा आप्mनै ठाउँमा काम गर्नु राम्रो हो र यसैमा भविष्य छ । विदेशमा जत्तिको परिश्रम यहाँ गर्ने हो भने डबल भन्दा पनि धेरै कमाउन सकिने विजुको विश्वास छ । हामीले यसैगरी व्यवसाय गर्ने हो भने पैसा कमाउन विदेश जानुपर्दैन, अरु युवाहरुलाई पनि आप्mनै गाउँठाउँमा मेहनत गर्न गुरुङको आग्रह छ । साथीहरुसँग मिलेर काम गर्दा रमाइलो र खुशी लागेको समूहमा सहभागी सन्तोष क्षत्रीले बताए ।

Facebook Comments