बजारमुखी अदुवा खेति गर्दै गल्याङका कृषक

गल्याङ नगरपालिका व्यवासयिक अदुवाखेति

निर्भिक नारायण/आरसी टाइम्स
वालिङ्ग, मंसीर २३

स्याङ्जाको गल्याङ नगरपालिकाका किसान व्यवासयिक अदुवाखेतिमा जुटेका छन । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरलाई मसला जोनको रुपमा परिचित गराउन कृषलाई अदुवा अनुदानमा वितरण गरेपछि अहिले धेरै जसो किसान अदुवा खेति गर्न जुटेका हुन ।
गल्याङ नगरपालिका वडा नम्बर ७ थुमाका किसान अग्नी न्यौपानेले नगरपालिकाकै अनुदानमा अदुवा पाए पछि अहिले करिब पाचँ रोपनी जमिनमा अदुवा लगाएका छन । अहिले उनको अदुवा खेति हेर्न जाने जो कोही लाई पनि अदुवा खेतिले लोभ्याउँछ ।
अन्य खेतिको यो खेति गर्न सजिलो हुने र अन्य खेतिको तुलनामा राम्रो पैसा कमाउन सकिने न्यौपानेले बताए । राम्रोसँग खेति गर्न सकेमा एक पटकमा ३ लाखसम्म आम्दानी गर्न सकिने न्यौपानेको भनाई छ ।
गल्याङ नगरपालीका मसला जोनकोरुपमा अगाडी बढिरहेका कारण पनि बजार व्यावस्थापनमा कुनै समस्या नभएको उनले बताए । अदुवा खेतिको भविष्य राम्रो रहेको हुदाँ उनको कामबाट गाउँलेहरु पनि उत्साही रहेको स्थायिन झविलाल पाण्डे बताए ।
“गल्याङ नगरपालीकालाई कृषिबाटै समृद्ध बनाउन कृषिमा जोड दिईरहको छ” नगर प्रमुख भुपराज अधिकारी भन्छन त्यसैले हामीले कृषकहरुलाई पहिलो प्राथमिकतामा राखेर प्रोत्साहन र सहयोग गरिरहेका छौ । नगर प्रमुख अधिकारीले गल्याङ नगर बासी सबै नागरीकलाई बाझो जमिन नराखी खेति गर्न आग्रह गदै भन्छन यदी आफ्नो जमिनमा खेति गर्न नसक्ने भए बाझो जमिन लिजमा लिने नगरपालिकाको योजना भएको हुदा नगरमा आएर जानकारी गराउन आग्रह गरेका छन । नगरले बाझो जमिन लिजमा लिएर त्यही कृषि गर्ने अधिकारीले बताए  ।
नरपालिकाले किसानलाई सहयोग गरेकोमा न्यौपाने लगायत अन्य कृषकहरु पनि खुसी छन । न्यौपानेले अदुवासंसगै बेमौसमी मकै, तरकारी तथा बाख्रापालनलाई पनि अगाडि बढाएका छन् ।
वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमा बाझो रहेका जमिनलाई दुपयोग गर्न सकेमा राम्रो कमाई हुने र कृषिबाटै समृद्धी हासील गर्न सकिने न्यौपानेको विश्वास छ ।

Facebook Comments