प्राङ्गारिक तरकारीका लागि गण्डकी प्रदेशको तयारी

नीति चुस्त : काम सुस्त

आरसी टाइम्स ब्यूरो
पोखरा, माघ १३
गण्डकी प्रदेशलाई पर्यटन मैत्रि कृषि विकासका रणनितिबाट अगाडी लैजाने प्रादेशिक सरकारले वकालत गरिरहेका बेला प्राङ्गारिक सरोकारवालाहरुले हालै प्रादेशिक हैसीयतका बारेमा समिक्षा सुरुगरेका छन । स्याङ्गजा आधिखोला क्षेत्रमा एकिकृत ग्रामीण विकास क्रियाकलाप गर्दै आइरहेको आस्क नेपालले डेनमार्कको सहयोगी संस्था त्रिकोण (ट्रेङ्गगल) को सहयोगमा गण्डकी प्रदेशको वातावरण मैत्रि कृषि परियोजनाको सहजकिरण गर्दै आइरहेको लिर्वड समेतको सहभागीतामा तीनै तहका सरकारी विज्ञहरुका बीचमा छलफल चलाउँदै समिक्षा थालेको
हो ।

हालै पोखरामा भएको समिक्षाका क्रममा सहभागी सरोकारवालाहरुले नितिगत रुपमा प्रादेशिक प्राङ्गारिक क्रियाकलापहरुको सबलीकरणका लागि आवस्यक सबै खालका नितिहरु निर्माण गरिएको तर त्यसलाई कार्यरुपमा उतार्नका लागि उचित बजेट विनीयोजन र कार्यक्रम संचालनमा वेवास्ता भइरहेको बताए । छलफलका क्रममा गण्डकी प्रदेशको प्राङ्गारिक निति र सरकारी प्रयासका बारेमा गृष्म नेउपाने, कृषि ज्ञान केन्द्रका प्राङ्गारिक अभ्यासहरुका बारेमा शालिकराम अधिकारी, संघीय सरकारको असल कृषि अभ्यासको नितिगत प्रयासका बारेमा अरुण जीसी, पोखरा महानगरको कृषि अभ्यास र सिकेका पाठहरुका बारेमा मनहर कडरीयाले छलफल चलाएका थिए ।


प्राङ्गारिक तरकारी खेतिका लागि कृषि अनुसन्धान केन्द्रमा उपलब्द्ध प्रविधिहरुका बारेमा कृषि वैज्ञानिक सरोज अधिकारीले सहजीकरण गरेका थिए । यसैगरि प्राङ्गारिक कृषि क्रियाकलापहरु संचालन गर्दाका चुनौतिहरुका बारेमा गैससहरुका तर्फबाट आस्क नेपाल स्याङ्गजाका हरि प्रसाद ढकाल र लिर्वड पोखराका भरत भण्डारीले छलफल चलाएका थिए । प्राङ्गारिक कृषि प्रयास गर्दा उत्पादन , प्रसोधन , बजारीकरणका विभिन्न चरणहरुमा कृषकहरुले खेप्नु परेका चुनौतिहरुका सन्दर्भ पस्कदै कास्की हेम्जाकी कृषक मिना गूरुङ्ग र स्याङ्गजाका कृषक बोधराज अर्यालले छलफलमा कृषकका सबालहरु उठाएका थिए ।


आस्क नेपाल स्याङ्गजाका अगुवा रुकुमदत्त पौडेलको अध्यक्षतामा भएको छलफलमा त्रिकोण
डेनमार्कका अध्यक्ष क्रिष्टेन क्रुसले डेनमार्कको प्राङ्गारिक कृषि अनुभव सुनाउदै उपभोक्ताको मागका आधारमा स्वस्थ कृषि अभ्यासका लागि सकारात्मक दबाब निर्माण गर्ने किसानलाई डोर्याउने हुनाले प्राङ्गारिकताको विकासमा टेवा पुग्ने बताउँदै उभोक्ता र उत्पादकका बीचको सम्बन्ध जोड्न राज्यका निकायको भुमिका हुन पर्नेमा जोड दिए । दुनीयामा प्राङ्गारिकताका बारेमा विभिन्न धारणा बनेका भएपनि स्वस्थ कृषिका लागि स्वस्थ कृषि अभ्यासको दृषिकोणलाई आत्मसात गरेर हरेकाको चासो स्वस्थकर खाद्य सुरक्षामा केन्द्रीत भइरहेकोले स्वस्थकर खाद्यन्नका लागि माटो—वीउ कृषि कर्म र उपभोक्ता श्रृंखलाका क्रियाकलापहरु स्वस्थकर हुन पर्नेमा प्राङ्गारिक अभियानहरुले जोडदिन थालेको लिवर्डका निर्देशक बलराम थापाले बताए ।

राज्यले कृषि फौजका रुपमा कृषि मजदुर समुह भर्ति गर्ने प्रचलन थाल : टेकनाथ बराल

प्राङ्गारिक र सबै मौसममा नियमित पाइने भए होटल तथा रेष्टुराँहरुले खरिदगर्ने : गोविन्द पहारी


छलफलका क्रममा पञ्चासे पञ्चधाम अर्गानिक कृषि समुहका अगुवा खीम कुमारी गूरुङ्गले सबै मौसममा निरन्तर उत्पादन दिन र ढुवानी मार्ग तथा साधनाका कारण बजारमा सद्धेरुपमा ल्याउन नै चुनौति भएको बताइन भने नमुना प्राङ्गारिक कृषि समुह आर्वाका अगुवा टेकनाथ बरालले कृषि क्षेत्रमा कामदार जनशक्तिको अभाव हुन थालेकाले राज्यले कृषि फौजका रुपमा कृषि मजदुर समुह भर्ति गर्ने प्रचलन थाल्नु पर्ने खाँचो औल्याए । पर्यटकीय होटल व्यवसायीहरुले किसानका सबै वस्तु प्राङ्गारिक भए र सबै मौसममा नियमित पाइने भए शहरीया होटल तथा रेष्टुराँहरुले खरिदगर्ने
निधो हुने बताउँदै व्यवसायी गोविन्द पहारीले सबै मौसममा सबै खाद्यन्नमा प्राङ्गारिकताको अभियानको खाँचो औल्याए ।

यसैगरि हरेक वडामा कृषि प्राविधिकको उपलब्धता बढाउनु पर्ने र द्रुत रेस्पोन्स गर्न सक्ने जनशक्तिका लागि स्थानीय सरकारले ग्यारेन्टी गर्नु पर्ने चापाकोट इको भिलेजका उद्यमी
तारानाथ पहारीले जोड दिए । किसानहरले उत्पादन गरेको कृषि वस्तुको सहज
बजारीकरण र प्रचार प्रसारमा राज्यको संचार प्रणालीले प्राथमिकताका आधारमा सहयोग गर्नु पर्ने द बजार कृषि सहकारीका अगुवा उषा पौडेल गीरीले जोड दिइन  । कतिपय वक्ताहहरुले सन्तानलाई कृषि कर्ममा लाग्न वेवास्ता गराउदै पढनका लागि मात्र जोडदिने शैलीले परम्परागत कृषि ज्ञान नया पुस्तामा हस्तान्तरण गर्न र माटोको माया गर्ने चरित्र निर्माण गर्ने र्मौका गुमाइरहेको तर्फपनि ध्यानाकर्षण गराए ।

राज्यले रैथाने कृषि विकासका नाममा मिसन कार्यक्रम चलाएको भएपनि प्रादेशिक रुपमा एकिकृत प्राङ्गारिक क्रियाकलाप नगर्ने र लोकप्रीयताका लागि जोसँग पनि दोस्ती गर्ने र जे पनी गर्छु भन्दै हिड्ने प्रवृत्तिले शासकीय नेतृत्व कमजोर देखिएको , टुक्रे र अल्पाकालीन लाभमा लगानी गर्ने र दीगो विकासमा लगानी गर्न आनाकानी गर्ने प्रवृत्तिले हाम्रो सरकारी प्रयासहरु सुस्त देखिएको सहभागीहरुले टिप्पणी गरे ।


प्राङ्गारिक कृषि अभ्यासका लागि प्रविधिको अनुसनधान र विकासलाई निरन्तरता दिदै जेविक विषादी तथा प्राङ्गारिक मलको उपलब्धता सुनिश्चीतता बढाउन प्रयास गर्ने , कृषि उपजहरुको गुणस्तर विश्लेषणगरि उपभोक्ताका लागि स्वस्थ कृषि बस्तुको सुनिश्चीतता बढाउन पहल गर्ने , बजार मागको संकलन र विश्लेषण गदै उत्पादनका लागी बजारमागकै दबाव निर्माण र जनशक्तिाको विकासमा लगानी गर्नुपर्ने खाँचो सहभागीहरुले औल्याएका छन् । पोखरा महानगरले अभ्यासमा ल्याएको कृषि सञ्जालको परिचाल र ग्रामीण वस्तीहरुलाई उत्पादन पकेट क्षेत्र र शहरी बस्तीलाई उपभोक्ता बजारका रुपमा प्रवद्र्धनात्मक अभ्यास गरेको सिकाइबाट अरु क्षेत्रमा पनि प्रेरणाकोपाठ हुन सक्ने छलफलमा बताइएको छ ।

Facebook Comments