पोखरा बेगनासमा शीतलचिनि खेती सुरु

युएनडिपि र पोखरा महानगरपालिकाको समन्वयमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) ले २०७७ साल साउन महिना देखि कोभिड – १९ प्रतिकार्यका लागि सामाजिक —आर्थिक पुनर्उत्थान परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाले उच्च मुल्य बाली कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३१, बेगनासमा शीतलचिनि खेति द्वारा जिविकोपार्जनका लागी एउटा नयाँ अभियान ल्याएको छ ।

शीतलचिनि अङ्ग्रेजीमा मोरिङ्गा भनेर चिनिने एक पौस्टिक तथा उच्चमुल्य बाली हो । यसको खेति भारतबाट सुरु भइ अहिले यसले संसारकै विभिन्न देशहरुमा कतै सुपर फुड कतै चमत्कारिक रुख र कतै धर्तिकै सबैभन्दा पौस्टिक रुख नामले प्रचलित भइरहेको छ । यो खेति समुद्रि सतहबाट २००० मिटर उचाई सम्म गरिएको पाइएको छ । तर यसको खेति तराइको गर्मी र सुख्का वातावरण, बलौटे र दोमट माटोमा राम्रो भएको नेपालमा देखिएको छ । शीतलचिनि अरु खेति नहुने ठाउमा पनि राम्रोसँग फलेको पाइएको र यसमा शरिरलाई चाहिने धेरै महत्वपुर्ण पौस्टिक तत्व र त्यो पनि अझै धेरै मात्रामा पाइएकोले यस खेतिलाई पोखरा महानगरपालिका र गोनेसा नेपालले एक महत्वपुर्ण उच्च बालीको रुपमा पोखराको बेगनासमा विस्तार गर्न लागेको हो ।

विगत २ महिनादेखि शितल चिनीको खेति अभ्यास भइरहेको बेगनासलाई शितलचिनिको उत्पादन तथा प्रसोधनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य राखीएको पनि जनाइएको छ । बेगनासका शीतलचिनि बिकास व्यवसाय समुहका अध्यक्ष विश्वराज अधिकारीले भविष्यमा बेगनास मात्र नभइ रुपाकोट र मादी गाउपालिकामा पनि बिस्तार गर्न सकिने बताएका छन् ।

बेगनास क्षेत्रमा अहिले १००० विरुवा वितरण, रोपण तथा अभिमुखिकरण तालिम भइसकेको र आगामि दिनमा कृषकहरुको माग र आवश्यकता बमोजिम शीतलचिनि खेतिको व्यवसायिकता र विस्तार गर्ने योजना रहेको परियोजना सहजकर्ता गोनेसा नेपालका फिल्ड अधिकृत रोशन ढकालले जनाएका छन् ।

Facebook Comments