पुतलीबजारको कृषि पर्यटनमा जोड

 शालिकराम/आरसी टाइम्स
स्याङ्गजा ,माघ २०

पुतलीबजार नगरपालीकाले छैटोै नगर सभाका माध्यमबाट आफ्नो काम आफ्नो रोजगार कृषि र पर्यटन हाम्रो आधार भन्ने नारा अगाडी सारेको छ  । कृषि र पर्यटनलाई नगरको रोजगार तथा विकासको आधार बनाउने नगर प्रमुख सिमा क्षेत्रिले बताएकी छन्  । नगरपालिकालाई तरकारी, दुध, मसलावाली तथा मासु जन्य उत्पादनमा आत्मनिर्भर वनाउने निति अवलम्बन गरिएको बताइएको छ  । नगरले तरकारी नर्सरी ११ वटा वडाहरुमा सम्पन्न गरिएको, कृषकको समुह वनाई भैसीपालन शुरु गरि दुग्ध सहकारी पुन संचालनको तयारी पुरा भएको, एक घर एक करेसावारी, एक टोल एक नर्सरी कार्यक्रम सुरु भएको प्रमुख क्षेत्रीले बताइन  । उनले सुन्तला जातका फलफुलको उत्पादन र वजारीकरण सहयोग गरि सुन्तलाको शहरको रुपमा विकाश गर्ने निति अनुरुप १०० वटा प्लास्टिक क्यारेट बितरण भएको, डिजिटल काटा दुई वटा बितरण, १३ न.ं वडा मा संकलन केन्द्र निर्माण र राजमार्गमा सुन्ताला बिक्रि गर्ने किसानहरुलाई लक्षीत गरि ११ नं. वडाका दुई स्थानमा बिक्रि केन्द्र निर्माण भईरहेको बताइन  ।

फलफूल तथा तरकारीको लागी जमीनमा माटो परिक्षण साथै खेतीयोग्य जमीनमा पकेट क्षेत्र बिस्तार गरिने नीति लिएकोमा कागती, अलैची, एभोगार्डो, सुन्ताला पकेट क्षेत्र पहिचान गरिएको नगर प्रमुख क्षेत्रिले बताएकी छन्  ।
वाँदर भएको क्षेत्र र पाखावारीहरुमा मेकाडिमियानट खेती विस्तार गर्नुका साथै पशुपालनका लागि उन्नत घाँस रोपण निति अनुरुप २०० के.जी. जैघास वितरण भएको, मेकाडिमियानट खेती वडा नं. २,३, र ८ मा गरिएको र अन्य वडाहरुमा विस्तारको चरणमा रहेको नगर प्रमुख क्षेत्रिले बताएकी छन्  ।
पुतलीबजारका अधिकांश मानिसहरुको आम्दानीको श्रोत कृषि भएकोले भुमि सिंचाई ब्यवस्था निति अनुरुप वडा नं. ३,४, १४ लगायतका फाँटहरुमा प्रदेश सरकारको समन्वयमा सिंचाइका योजना सम्पन्न भई सकेका छन् भने साना सिंचाइ तर्फ ३८ वटा योजनाहरुको माग संकलन भएका छन्  । साना टुक्रे जग्गालाई चक्लावन्दी गर्ने निति अनुरुप वडा नं. ४ को ठुलीबेशी फाँट र गोठिङमा कार्य प्रारम्भ भई सकेको र प्लटीङ गर्न अनुमती नदिएको नगर प्रमुख क्षेत्रिले बताएकी छन्  ।


नगदे वाली र पशु पकेट क्षेत्र पहिचान गरि सामुहिक वा ब्यक्तीगत उत्पादन प्रणालीलाई प्रोत्सान दिने निति अनुरुप वडा न ४ मा कागती र वडा नं. ९ मा अलैचीको पकेट क्षेत्रको रुपमा विकास गरीदै छ  । यसैगरि चारवटा वडामा भैसीपालन, तीनवटा वडामा माछापालन, चारवटा वडामा बंगुरपालन, र सात वटा वडामा बाख्रापालन तथा आठ वटा वडामा सुन्तला खेतीलाई जोड दिने गरि विशेष क्षेत्रको रुपमा विकास गरिएको नगर प्रमुख क्षेत्रिले बताएकी छन्  ।
यस्तै विभिन्न स्थानमा हाटबजार एवं संकलन केन्द्रहरुको स्थापना गर्ने निति अनुरुप वडा नं. १ स्थीत मालेवगरमा निमार्णाधीन कृषि उपज केन्द्रको वाकी निर्माण गर्न नगरपालिका र गण्डकी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बीच सम्झौता भई कार्य अगाडी वढेको र थप २ स्थानमा कृषि उपज केन्द्र निर्माण गरिने तयारी भइरहेको नगर प्रमुख क्षेत्रिले बताएकी छन्  ।

Facebook Comments