पशुचिकित्सा व्यवसायको चुनौति व्यवस्थापनका लागि प्रादेशिक सहकार्य खाँचो

‘पशुले बचाएका हामी, पशुले आफु मरेर पनि हामीलाई बचाएको गुन प्रतिको कृतज्ञताका लागि तपाइले के गर्नु भो ?’ नेपाल भेटरीनरी एसोसिएसनको गण्डकी प्रादेशिक समितिको आयोजनामा भइरहेको एक समारोहमा पशुचिकित्सा परिषदका रजिस्टार नारायण प्रसाद घिमिरेले यो सवाल गरिरहदाँ सहभागीहरु स्वाभावैले गम्भीर देखिए । पशुचिकित्सा व्यवसाय र नेपालको वर्तमान अवस्थाका बारेमा छलफल चलाउँदै रजिस्टार घिमिरेले नेपालमा पशुस्वास्थ्य, भेटेरीनरी जनस्वास्थ्य र पशु कल्याणका क्षेत्रमा भइरहेका क्रियाकलापहरुको समिक्षा गर्दै सरकारी र सामाजिक तवरमा सबै जनाबर, चाहे घरपालुवा वा जंगली होस, लाई भेटेरीनरी सूविधाको पहुँ दिनु पर्ने राज्यको दायित्व रहेकोबारे ध्यानाकर्षण गराउँदै मानवमा हुने गरेका ६० प्रतिशत रोगको स्रोत नै जनाबर हुने गरेको तथ्य देखिएपछि मानव अस्तीत्व रक्षा सँग जनाबरको पनि अस्तीत्व जोडिएको कुरा विर्सन नहुने बताए । हरेक आठ महिनामा नयाँरोग देखा परेको सूचनाका आधारमा हेर्दा जलवायु परिवर्तनको असरले हो वा पशुहरुमा मानवीय व्यवहारका कारण प्रतिक्रियात्मक प्रभावस्वरुप नयाँ रोगको सृजनामा भूमिका खेलेको हो भन्नेबारेमा अध्ययन हुनु आवस्यक देखिएको पनि घिमिरेले बताए ।

विगतमा हरेक जिल्ला र सेवा केन्द्रबाट दिइने गरेको पशु स्वास्थ्य सेवालाई बदलीएको सरकारले विज्ञ केन्द्रमा संकुचन गराएर झन किसानको पहुँच कमजोर बनाएको अवस्था विकासका दृष्टिकोणमा विडम्बना देखिएको तर हालै गण्डकी प्रदेश सरकरले हरेक जिल्लामा पशुस्वास्थ कार्यालय पुनरस्थापना गराएको बताउँदै अव २४ घण्टे पशुचिकित्शकीय सेवा दिने वातावरणका लागि पनि प्रादेशिक सकारले ध्यान दिनुपर्ने घिमिरेले जोड दिए । प्रादेशिक सरकारले संघयिता कार्यान्वयनका लागि अत्यावस्यक सेवाको पहुँचका लागि जिल्लाहरुमा पशुसेवा कार्यालय खोलिएको भएपनि त्यसको खाँचो र नियमित कामको चापका आधारमा स्थायी कर्मचारीको व्यवस्था गर्ने मान्यताले तत्कालका लागि करार सेवामा पशु स्वास्थ्य प्राविधिकहरु नियुक्त गर्न लागिएको, कार्यालय मात्र कुरेर बस्ने अवस्थामात्रका लागि कर्मचारीको दरवन्दी र नियुक्तीको भार कति बोक्ने भन्ने आँकलन पनि हुन बाँकी रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गूरुङ्गले बताए । सांस्कृतिक र कानूनि कारणले गाइ व्यवस्थापनमा कठिनाइ भएको, मिडियाका अगाडी करोडौ नाफा र सुरक्षित व्यवसायको दावी गरिएका पशुपालन व्यवसायीहरु सरकारका अगाडी पेशा धान्नै धौधौ परेको र अनुदानको व्यवस्था गरिदिन आग्रह गर्ने प्रवृत्ति किसानमा देखिएको पनि मन्त्री गुरुङ्गले बताए ।
नेपाल भेटरीनरी एसोसियसनको २ वर्षे कार्यकालमा केन्द्रीय सरकारसँग निरन्तरको दबाव पैरवीका कारण भेटेरीनरी सेवालाई अत्यावस्यकीय सेवाका रुपमा सूचीकरण गर्न सकिएको र पशु बधशाला ऐन २०५५ को कार्यन्वयनका लागि बाध्यकारी आदेशका लागि सर्वोच्च अदालतलाई गुहारिएको अध्यक्ष शितलकाजी श्रेष्ठ बताए ।
प्रादेशिकरुपमा गण्डकीका ११ जिल्लामा पशुसेवा कार्यालय संचालनमा ल्याइएको , तनहुँ र कास्की मोडेल अस्पताल संचालन गर्ने तयारी भइरहेको , उत्पादनमा आधारित अनुदानको परिपाटी थालनी गरिएको तथा ५० पालिकामा पूर्ण पशु खोपको तयारी स्वरुप चालु वर्षमा १५ पालिकामा काम थालिएको बारे केन्द्रीय महासचिव गृष्म नेउपानेले प्रादेशिक सरकारको सराहाना गर्न सकिने स्थीति बनेको तर करार सेवामा कर्मचारी व्यवस्थापन नितिले विगतमा करार पिडित जनशक्तिको व्यवस्थापन चिन्ता दोहोरीने होकी भन्ने भन्ने चुनौति देखिएको ध्यानाकर्षण गराए ।
कुल राष्ट्रिय आयमा योगदानमा सहजिकरण गर्ने भेटेरीनरी चिकित्सकलाई अवमुल्यन गर्दै मेडिकल चिकित्सकलाई मात्रै विशेष महत्व दिएर राज्यले विभेदकारी अभ्यास गरेको बताउँदै कमीला देखि हात्ती सम्मको ज्ञान राख्ने पशुविज्ञानका जनशक्तिलाई बेवास्ता गर्न नहुने, बरु मानव, पशु र वनस्पति स्वास्थ्य समेतलाई समेटेर एक विश्व एक स्वास्थ्यको मान्यताको पालना गर्नु पर्ने नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष स्वयंप्रकास श्रेष्ठले औल्याए ।

नेपाल भेटेरीनरी एसोसीएसनको गण्डकी प्रदेश समितिका अध्यक्ष केदार राज पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति


नेपाल भेटेरीनरी एसोसीएसनको गण्डकी प्रदेश समितिका अध्यक्ष केदार राज पाण्डेको अध्यक्षतामा भएको साधारण सभाका मौकामा आयोजित छलफलसत्रमा विज्ञहरुले पशुकल्याण र उपभोक्ता शिक्षामा जागरण तथा अभियानमुलक भूमिका संचालन बारेमा समिक्षा गर्दै पशुचिकित्सा सेवाका चुनौति व्यवस्थापनमा प्रदेश सरकारले रोलमोडल भूमिका खेल्न विज्ञहरुले सुझाउ दिए । साधारण सभाले आगामी २ वर्षे कार्यकालका लागि केदारराज पाण्डे कै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको समितिका उपाध्यक्ष रुपेश श्रेष्ठले बताए । नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा पुन जिम्मेबारी पाएका केदार राज पाण्डे सँगै उपाध्यक्षमा शोभा शर्मा, सचिबमा राजेश चौधरी , सह सचिबमा गणेश के सि, कोषाध्यक्षमा अनन्त तिवारी र सदस्यहरुमा क्रमश अपार पौडेल, प्रकाश अधिकारी, सुरेश नेपाली, रोशन ज्ञवाली, बुद्दीलाल तामाङ र अभिनाश भट्टराई समेतका पशु चिकित्सकहरु रहेका छन् ।

Facebook Comments