पर्वतमा नमुना गाउँ कार्यक्रम

ऋषिराम भुषाल, विहादी

पर्वतको विहादी गाउँपालिका वडा नम्बर ४ मा आइ पि एम नमुना गाउँ कार्यक्रमको सुरुवात गरिएको छ । बाली संरक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोगमा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रमको पहिलो चरणमा कृषकहरुलाई निम , बकाइनो, बोदो र केतुकीका बिरुवा बितरण गरिएको छ । 

रासायनिक विशादीको बड्दो प्रयोग र त्यसबाट मानव स्वास्थमा हुने असरलाई न्यूनीकरण गर्दै स्थानीय स्तर मै सहजै मात्रमा उपलब्ध हुन सक्ने र बनाउन सकिने जैविक विषादीको प्रयोग गरि सिङ्गो गाउँलाई नै प्राङ्गारिक गाउँ बनाउने उद्देश्ययले यो कार्यक्रमको थालनी गरिएको हो ।

विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले हालै शुभारम्भ गरेको उक्त कार्यक्रमबाट कृषकहरुलाई भकारो सुधार, गाईवस्तुको मुत्र संकलनको लागि ड्रम र मलखाद छाउनको लागि कालो प्लास्टिक समेत बितरण गरिने छ ।  यो कार्यक्रमले कृषकहरु उत्साहित भएका छन ।

Facebook Comments