पर्यटनसँगै विस्तारित कफी बजार

रामचन्द्र बराल । पछिल्ला दिनमा विश्वव्यापी पर्यटनको विकास सँगै पर्यटनसँग जोडिएर जिबिकाका विभिन्न शैली र संस्कृतिहरु बदलिरहेका छन् ।

पर्यटनको विस्तारमा मिडिया र संगठीत पर्यापर्याटन बजारका सरोकारवालासँगै राज्याका निकायहरु जुन तरिकाले उत्साहित भएर लागेका छन् त्यसको बजारमा आफ्नो उपजको बजारिकरण गर्न समेत किसानहरु संगठित प्रयास गर्दै छन् । त्यसैले त गण्डकी प्रदेशले पर्यटनको विकासका माध्यमबाट कृषि विकासका योजनाहरु पनि सँगै लैजाने भन्दै कृषि पर्यटनको अवधारणा अगाडी सारेको छ ।

पर्यटनको माध्यमबाट प्रादेशिक विकासको सपना कोर्दै गरेको यो प्रदेशले पर्यटन बजारमा माग हुने कृषि उपजहरु यहि प्रदेशमै उत्पादन हुन सकुन भनेर मोडल फार्म तथा नमूना कृषि गाउँ र सुपर जोन परियोजनामा लगानी बढाइरहेको छ ।

यहि क्रममा स्थानीय घरवास पर्यटनबाट आन्तरिक पर्यटनको विस्तार गर्न करिव ३०० नयाँ घरवास पर्यटनका गन्तव्य निर्माणका लागि प्रदेशिक लगानी र प्रोत्साहन बढाइरहेको छ । बाह्य पर्यटनको चाप हुने र आन्तरिक पर्यटनको बिस्तारित बजारमा कफी उपभोक्ताको बढदो सहभागीतालाई सम्बोधन गर्न र पर्यटनको विस्तारित बजारमा कफी उत्पादन र बजारिकरणका सम्भावना बढाउन नेपाली कफी उद्यमीहरुलाई चुनौति र अवसरका रुपमा नयाँ दिनहरु प्रकट भइरहेका छन् ।

विस्तारित नयाँ पर्यटकीय गन्तव्यमा कफीको माग बढदो छ तर स्थानीय उत्पादनको बजारिकरण गर्न सकिएन भने विदेशी कफीले बजार ओगटने निश्चित छ र नेपाली कफी नेपाली आगनमै रोजाइबाट बाहिरिने चुनौति छ ।

स्थानीय सरकारहरुले कफी विकासका लागि लगानी प्रोत्साहन गर्ने अभ्यास थालेकाले र सहकारीका माध्यमबाट कफी किसानको सामुहिक सौदावाजीको अभ्यास पनि विस्तारित हुदै गएकाले बढ्दो पर्यटन बजारमा स्थानीय कफीको पकड कायम राख्ने अवसर पनि नजिक देखिन्छ ।

पछिल्लो दिनमा वाणिज्य मन्त्रालयको निकासी प्रवद्र्धन गर्नसकिने ब्यवसायिक बालीहरुको बजारिकरण सम्बन्धी प्रयासले कफी पनि सम्भाव्य निकासी योग्य सूचीमा पारेपछि युरोपीयन युनियनको सहकार्यमा कफी प्रवद्र्धन परियोजनाहरु सक्रिय भइरहेका छन् ।

कफी खेतियोग्य क्षेत्रमा कफी क्षेत्र विस्तार, उत्पादन वृद्धि र गुणस्तरीय बजारिकरणका लागि ब्युटिफुल कफी नेपाल र हाम्रो कफी नेपाल नामक गैससहरुले कफी प्रवद्र्धनकार्यमा सहजकिरण गर्दै निकासी योग्य कफी उत्पादनमा टेवा पुर्याउन खोज्दै छन् । यो प्रयासमा सहकारीहरु र कफी उत्पादक कृषक समूह परिचालन भइरहेका छन् र कफी उत्पादन तथा प्रसोधन र प्रवर्धन गर्ने कफी मूल्यश्रृंखलामा प्रयासहरु गरिरहेका छन् ।

गण्डकी प्रदेशका कतिपय कफी उत्पादनहरु राष्ट्रिय व्यापारिक एजेन्टहरुले खरिदगरि विदेश निर्यात गर्ने गरेका छन् । ­कास्की र पर्वतका उद्यमी तथा सहकारीहरुले स्थानीय स्तरमा कफी प्रसोधन गरेर स्थानीय बजारमा विक्री गर्दै पनि आइरहेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लामा कफी खेतिको सम्भावना भएपनि स्याङ्गजा, कास्की, तनहुँ र पर्वतमा व्यावसायिक उत्पादन र बजारिकरण उच्चदरमा हुने गरेको छ भने गोरखा र लम्जुङ्गले ब्यावायिक अभ्यास उत्पादन सुरुगरेको अवस्था र म्याग्दी , बाग्लुङ्ग र नवलपुर किसानहरुको समूह निर्माणको अवस्थामा रहेको क्षेत्रिय कफी विकास बोर्ड पोखराले जनाएको छ ।

यस्ता रैथाने कफी ब्राण्डहरुमा कास्कीमा समुहकृत उद्यमीबाट माछापुच्छे« अर्गानिक कफी र सहकारीबाट फेवा कफी ब्राण्ड उत्पादन तथा बजारिकरण भइरहेको छ भने पर्वतबाट धौलागीरी कफी ब्राण्डमा सहकारी उत्पादनले बजारीकरण हुदै
आइरहेको छ ।

प्रदेशका १२ हजार २६८ किसानहरु कफी खेतिमा संलग्न भइ ७९ सहकारीहरुको सक्रियतामा ४ करोड ९९ लाख ७४ हजार रुपैया वार्षिक कमाउने दावी गरेका छन् । आगामी वर्ष म्याग्दी, वाग्लुङ्ग र नवलपुरका किसानको समूहकरण तथा उत्पादन अभिलेखन गरेपछि प्रादेशिक आँकडा झनै विस्तारित हुने देखिन्छ ।

७५ वर्षभन्दा बढीको इतिहास बोकेको नेपालको कफी खेती तथ्याङ्क र अभिलेखको उपलब्धता सम्बन्धमा भने निकै कमजोर देखिन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रस्तुत गरेको पछिल्लो तथ्याङ्कको आधारमा आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा ८४ हजार किलो कफी निकासी गरेरएक करोड ३७ लाख आर्जन गरिएको भएपनि १६३ हजार किलो कफी आयात गरिएको र ६ करोड ५८ लाख रकम बाहीरीएको देखिएको छ । यो अभिलेख प्रादेशिक रुपमा देखाउन सकिएको छैन ।

प्रादेशिक रुपमा पर्यटनको बजारसँगै कफीका उपभोक्ता र पारखीहरु पनि थपीदै गएका छन् र हरेक बजार क्षेत्र तथा पर्यटकीय गन्तव्यमा कफी क्याफेहरु विस्तारित हुदै गएका छन् । यी विस्तारित कफी क्याफेहरुमा स्वदेशी कफीको तुलनामा विदेशी सस्तो र कम गुणस्तरको कफीको व्यापारले स्थान ओगटेको कफी आयातको आँकडाले पनि पुस्टी गरेको छ ।

बढ्दो कफी बजारमा विदेशी सस्तो र कम गुणस्तरको कफीको बजारिकरण हुदैं जाने र नेपाली रैथाने कफीले उचित मुल्य नपाउने भएपछि कफी किसानहरुले उचित मुल्य लिन नसक्ने चिन्ता बढाएसँगै कफी उत्पादन घट्दै गएको छनक देखाएको छ ।

कफी उत्पादन र बजारिकरणमा सरकारी अनुदान र सहुल्यत कर्जाको व्यवस्था गरिएको भएपनि प्रभावकारी अनुगमन प्रणालीको कमीका कारण कफी बजारमा गरिएको लगानीले रोजगार विस्तार र निकासी प्रवर्धनका प्रयासहरु सबल हुन सकिरहेका छैनन् ।

Facebook Comments