निसीखोलामा कृषि अनुदान कागती देखि अलैचीसम्म

हेमराज जैशी /आरसी टाइम्स
निसीखोला(बाग्लुङ्ग),माघ २०

कृषि ज्ञानकेन्द्र पर्वतले आफ्नो सेवा क्षेत्र भित्रका स्थानीय तह मार्फत अनुदानमा आधारित कृषि गतिबिधि संचालन गरिरहेको जनाएको छ  । चालु आर्थिक वर्ष २०७६।०७७ को विनियोजित वजेट अन्तर्गत बागलुड. र पर्वतका १७ वटै स्थानिय तहमा उक्त कार्यक्रम संचालन गरिएको जनाइएको छ  ।

निसीखोला गाउँपालिकाको सात वटै वडामा वडाको भौगोलिक अवस्थिति अनुसार छुट्टाछुटै पकेटका कार्यक्रम संचालन भईरहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए  । वडा न.१ कागती, वडा न.२ कागती, वडा न.३ ओखर,वडा न. ४ कागती, वडा न.५ मकै, वडा न.६ मकै र वडा न.७ मा अलैंची पकेटका लागि संचालक समिती गठन भई ज्ञान केन्द्रसँग सम्झौता पश्चात आफ्ना कार्यक्रमहरु संचालनको चरणमा रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख तारा बहादुर परियारले बताएका छन् ।


पकेट क्षेत्र निर्माणका लागी ज्ञानकेन्द्रले निसीखोलाका प्रत्येक वडामा १३ लाख बराबरको अनुदान उपलब्ध गराएको छ  । साथै आगामी दिनमा कार्यक्रमको प्रभावकारीता लाई मुल्यांकन गरी ब्लक,जोन तथा सुपरजोनको लक्ष्य सहित कार्यक्रम संचालन गरिने ज्ञानकेन्द्र प्रमुख वासुदेव रेग्मीले बताएका छन् ।

Facebook Comments