निकट संकटबाट जोगिन कृषिलाई बचाउँ

शहरीकरणले निम्त्याएको उदारबजार प्रणालीमा बाँच्नका लागि जे सजिलो र बढी नाफा दिने पेशा ठहरिन्छ ,त्यतै राज्य र नागकिहरुको लगानी र लगाव बढने हुन्छ भन्न्ने मान्यता निकै सघन मानिन्थ्यो । यसैले त बाजे पुर्खाहरुले ‘उत्तम पेशा कृषि’ भन्ने गर्दा पछिल्लो पिढीले ‘परधर्म र परश्रम’ लाभदायी मान्दै विदेशको श्रमबजार र उतैको उपभोक्ता संस्कृति अपनाउन थाले । यसले कृषिमा जनशक्तिको कमी मात्र भएन, राज्यले समेत विप्रेषण, पर्यटन र अटोमोवाइललाई आकर्षक पेशाका रुपमा चित्रण गर्न थाल्यो । यो प्रकरणले युवाहरु विदेशिनुमा गौरव मानियो र विप्रेषण(रेमिटान्स) दिने असल मौका मानियो ।

संकटको बेला स्थानीय कृषि इलम र स्थानीय श्रमबजार नै सुरक्षित हुने देखिएकाले अबका दिनमा रैथाने कृषि बाली र रैथाने परिकार प्रति चासो गरौं । प्रतिरोधी क्षमता यहि माटो संग छ र यहीको वुटो सँग छ , यसर्थ निकट संकटमा बाँच्ने उपाय कृषिलाई जोगाउन तत्पर बनौ ।


शासकहरुले परदेशको श्रमबाट आर्जेको विप्रेषण मन पराउने, तर उहि श्रमिकलाई मर्का पर्दा स्वदेशमा ल्याएर संरक्षण गर्न वेवास्ता गरेको गुनासो कोरोना भाइरसले माहामारी मच्चाउँदा खाडीको श्रमबजारमा अलपत्र परेका नेपाली श्रमिकहरुले लगाएको गुहारको आवाजले देखाएको छ । संकटमा कोही आफनो हुदो रहेनछ भनौ भने विदेशले आफ्ना नागरिक लिन विमान चार्टर गरेर लैजाने गरेको पनि देखियो र हाम्रा नेपाली महाकालीमा हेलिएर स्वदेश आउँदा पनि ‘अपराध’ गरेको बात लगाइयो । कोरोना प्रकरणले धेरै तथ्यहरुको पटाक्षेप गरेको छ ।
कोरोनाको कुनै दवाइ नहुँदा शरिरमा प्रतिरोधात्मक क्षमता दिने तत्वको खोजी विश्वव्यापी रुपमा भइरहेको छ । प्रकृतिले हरेक तत्वका लागि वनस्पतीय उर्जा प्रकट गरेकै हुन्छ भन्ने वैदिक मान्यता अनुसार कतिपय समाजमा प्रतिरोधात्मक क्षमता( इम्युनीटी) बढाउने कृषि उपजका बारे खोजीगर्न पनि प्रेरित गरेको छ । सबैतिर आवागमन रोकिएको बेला स्थानीय कृषि गर्ने र स्थानीय श्रमबजारमा नै आफुलाई टिकाउनेहरु सुरक्षित मानिए, तर विदेशको श्रमबजारमा सुरक्षित हुन सकिएन भन्ने तथ्य त नेपालमै रहेका सबै सुरक्षित। बाहिर रहेका नेपालीहरु पनि असुरक्षित भएको तथ्यले देखाएको छ । यतिबेला सरकारको आकर्षणको पेशाको सुचीमा रहेको रेमिटान्स, पर्यटन र अटोमोवाइल थला परेको छ र अव तत्कालै उठने र लाभदिने हैसीयतमा देखिदैन । यो सँगै कृषि उत्पादनमा वेवास्ता र खाद्यन्नमा पनि परनिर्भरता रहेको समाजमा अव खाद्यान्न संकट पर्ने र भोकमरी हुन सक्ने लक्षण देखिएको छ । यतिबेला भोकबाट बचाउने उपायका लागि खेतिका हरेक विकल्पमा सक्रिय हुन समयले प्रेरित गरेको छ । यतिबेला कृषि पेशागर्ने किसानहरुले सामान्य कृषि इलम पनि नगरि कथीत ‘लकडाउन’को असल पालना गर्ने भ्रममा बसेको भए शहरका तरकारी बजारमा रैथाने कृषि उपज देख्न सकिन्थेन । सरकारले सहयोग गर्छ भनेर मुख ताक्यो भने विचल्लीमा परिन्छ भनेर हजार किलोमिटरको पैदल यात्रा तय गर्दै आफ्नो गाउँ फर्कने मजदुरको हिम्मतबाट पाठ सिक्नु बेस हुन्छ । सरकारले केही गर्छ भनेर भर नगरौ, आफनो सन्ततीको भोजन सुरक्षाका लागि रैथाने माटो मै केहि इलम गरौ ।
संकटको बेला स्थानीय कृषि इलम र स्थानीय श्रमबजार नै सुरक्षित हुने देखिएकाले अबका दिनमा रैथाने कृषि बाली र रैथाने परिकार प्रति चासो गरौं । प्रतिरोधी क्षमता यहि माटो संग छ र यहीको वुटो सँग छ , यसर्थ निकट संकटमा बाँच्ने उपाय कृषिलाई जोगाउन तत्पर बनौ ।

Facebook Comments