दुइसय पचासको बीउबाट १५ लाखको आम्दानी

गोपाल जिटी,वालिङ,
दुई सय पचासको गोलभेडाको बीउबाट तरकारी खेतिको थालनी गरेका भीमबहादुर खवास अहिले वार्षिक १५ लाखभन्दा बढीको कारोवार गर्न सफल भएका छन् । भीमबहादुरले २०६७ सालमा दुई सय पचासको गोलभेडाको बीउबाट तरकारीखेतिको थालनी गरेका हुन् ।
वालिङ १४ पाखुरीबासका भीमबहादुर तीन वर्ष खाडी मुलुक मलेशियामा परिश्रम गरेर फर्केका हुन् । मलेशियामा भविष्य नदेखेपछि फर्केका भीमबहादुरको जीवन तरकारीखेतिले बदलिदिएको छ ।
आय आर्जनको बलियो आधार बनेको छ भीमबहादुरको तरकारी खेति । आज धेरै युवाहरुको गन्तव्य विदेश बनेको छ । जहाँ कुनै ग्यारेन्टी छैन तर पनि युवाहरु होमिईरहेकोमा भीमबहादुर चिन्ता व्यक्त गर्छन् । हामी एकैचोटी धेरै पाइला चाल्न सक्दैनौ,एक एक पाइला गर्दै धेरै पाइला हिड्न सक्छौ । आज एकैचोटी ठूलो लगानी गरेर धेरै कमाउन खोज्नेहरु असफल भएका उदाहरणहरु देखिरहेका छौं । यहि मान्यताले थोरै लगानीबाट ब्यावसाय सुरु गरेर छोंटो समयमै उदाहरण बनेका हुन् भीमबहादुर ।
उनले त्यही दुइ सय पचासको गोलभेडाको बीउबाट सुरु गरेर आज वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमा तरकारी खेती गरेर के नै होला र भन्ने छिमेकीहरु पनि आज उनैको सिको गरेर व्यवसायी बन्न कस्सिएका छन् ।


गर्दैजाँदा अनुभव पनि बढ्दै गयो, मनैदेखि लागेर काम गर्ने हो भने अबस्य सफलता पाउन सकिनेमा विश्वस्त भीमबहादुरले स—साना बारीका सुर्कामा गरेको तरकारी खेति साँच्चै लोभलाग्दो छ । बेला बखतमा लिएका तालिम र गोष्ठीले ज्ञान हासिल गर्ने अवसर मिलेको भीमबहादुरले बताए । १५ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी लगाउँदै आएका भीमबहादुर भन्छन्— हामीले आँफुलाई जस्तै खेतिबालीलाई पनि रेखदेख पु¥याएर काम गर्ने हो भने मनग्य उत्पादन लिन सकिन्छ । कामले काम सिकाउँछ र त्यही कामले जीवन जिउँन सिकाउँछ ।
गाई भैंसीको मुत्रलाई जम्मा गरी प्रयोग गर्दै आएका भीमबहादुरलाई विषादीको कुनै आवश्यकता छैन । विषादी रहित तरकारी उत्पादन गरेका कारण पनि उनको विक्रिमा कुनै समस्या छैन । स्थानीय बजार वालिङका साथै छिमेकी जिल्ला पाल्पा र कास्कीसम्म पनि उनको तरकारी पुग्ने गरेको छ । सुरुका बेला नपत्याएका छिमेकीहरु आज आएर उनको कामबाट प्रभावित भएर कृषक समूह नै गठन गरी तरकारीखेतिलाई मुख्य आधार बनाएर लाग्न थालेका छन् । बेला बखत सम्बन्धित क्षेत्रबाट पाएका अनुदान र तालिमले भीमबहादुरलाई थप हौसला मिलेको छ । काम गर्दै जाँदा अनुभव पनि राम्रै भएको छ, तरपनि आवस्यक परेका बेला प्राविधिकहरुको सल्लाहले उर्जा मिलेको भीमबहादुर बताउँछन् । लागि परेर काम गर्ने हो भने हामी जहाँ भएपनि सम्बन्धित निकायको नजरबाट विमुख हुन नपर्ने थापाको अनुभव छ ।
काम गर्न चाहनेले आप्mनो इच्छा अनुसारको पेशा रोज्नुपर्ने र त्यस सम्बन्धमा खोज पनि गर्नुपर्नेखवासको बुझाइ छ । विदेशमा यहाँभन्दा धेरै दुःख गर्नुपर्छ, जति गरे पनि त्यहाँ कुनै ग्यारेण्टी छैन । हामी आप्mनै गाउँ ठाउँमा भएका अवसरको खोजी नगरेर दुःख पाइरहेका छौं । आँपूm पनि मलेशिया गएपछि विदेशको दुःख के हो भन्ने थाह भएको हुँदा अरु युवाहरुले पनि बेलैमा सोंचेर आप्mनै ठाउँमा अवसरको खोजी गर्न भीमबहादुरको आग्रह छ ।
हामीले समृद्धिका कुरा गरिरहेकाछौं, समृद्धि त्यतिबेला प्राप्त हुन्छ जतिबेला हामी सबै यसैगरी ब्यावसायी बनी आय आर्जन गर्नसक्छौं । आज गाउँमा धेरै पाखा पखेरा खाली छन् । ती खाली जमीन सिंगार्ने हो भने रोजगारीका साथै आम्दानीका लागि हामी कहिँ भौंतारिनु नपर्ने खवासको भनाइ छ ।

Facebook Comments