तरकारी बिउको गुणस्तर प्रणालीका लागि सार्क स्तरीय परामर्श

पोखरा, पौष ७,

दक्षीण एसीयाली देशहरुमा उच्च बजार मुल्यका तरकारीहरुको बीउ प्रणालीलाई व्यवस्थीत गर्न सार्क स्तरीय परामर्श बैठक पोखरामा सुरु भएको छ । बंगलादेशको ढाकामा रहेको सार्क कृषि केन्द्र र गण्डकी प्रदेशको कृषि मन्त्रालयको संयुक्त आयोजनामा हिजो आइतबारदेखि पोखरामा सुरुभएको परामर्स बैठकमा अफगानीस्तान, बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंका गरि ६ देशका प्रतिनिधिहरु सहभागी भएका छन् । नेपालका तर्फबाट गण्डकी प्रदेशको कृषि मन्त्रालय र एजेन्सी कृषि निर्देशनालय तथा कृषि ज्ञान केन्द्रका प्रतिनिधी, पोखरा महानगर, बागबानी अनुसन्धान केन्द्र , लिबर्ड, नीजी क्षेत्रका बीउ व्यवसायी समेतको सहभागीता रहेको छ ।


भोलि मंगलबार सम्म चल्ने परामर्श बैठकमा हरेक राष्ट्रका प्रतिनिधिहरुले आफ्नो बीउ उत्पादन र बजारीकरण प्रणालीको अवस्थाका बारेमा छलफलपत्र पेश गरिरहेका छन् ।
गण्डकी प्रदेशका कृषि सचिव अच्युत प्रसाद ढकालको अध्यक्षतामा भएको पोखरा परामर्श बैठकको शुभारम्भमा प्रादेशिक कृषि मन्त्री लेखबहादुर थापा, सार्क कृषि केन्द्रका निर्देशक शेख मोहम्मद बोख्तीयार र सार्क कृषि केन्द्रका वागवानी विज्ञ नसरीन सुल्तानले सम्बोधन गरेका थिए ।

सन् १९८५ मा बंगलादेशको ढाकामा भएको पहिलो सार्क सम्मेलनदेखिनै सार्क कृषि केन्द्रका रुपमा सक्रियता देखाइएको बक्ताहरुले बताए । सार्क स्तरीय विकासका साझेदारी अभ्यासलाई बढाउनका लागि सार्क मुलुकहरुको कुल ग्राहस्त उत्पादनमा उल्लेखनीय योगदान पुर्याइरहेको कृषि क्षेत्रको विकासका लागि निर्माण गरिएको सार्क कृषि केन्द्रले कृषि वस्तुको बजार मूल्यश्रृंखलाका क्षेत्रमा परामर्श र समन्वय गर्दै आइरहेको कृषि केन्द्रका निर्देशक शेख मोहम्मद बोख्तीयारले बताए ।


गण्डकी प्रदेशका कृषि सचिव अच्युत प्रसाद ढकालको अध्यक्षतामा भएको पोखरा परामर्श बैठकको शुभारम्भमा प्रादेशिक कृषि मन्त्री लेखबहादुर थापा, सार्क कृषि केन्द्रका निर्देशक शेख मोहम्मद बोख्तीयार र सार्क कृषि केन्द्रका वागवानी विज्ञ नसरीन सुल्तानले सम्बोधन गरेका थिए । सन् १९८५ मा बंगलादेशको ढाकामा भएको पहिलो सार्क सम्मेलनदेखिनै सार्क कृषि केन्द्रका रुपमा सक्रियता देखाइएको बक्ताहरुले बताए । सार्क स्तरीय विकासका साझेदारी अभ्यासलाई बढाउनका लागि सार्क मुलुकहरुको कुल ग्राहस्त उत्पादनमा उल्लेखनीय योगदान पुर्याइरहेको कृषि क्षेत्रको विकासका लागि निर्माण गरिएको सार्क कृषि केन्द्रले कृषि वस्तुको बजार मूल्यश्रृंखलाका क्षेत्रमा परामर्श र समन्वय गर्दै आइरहेको कृषि केन्द्रका निर्देशक शेख मोहम्मद बोख्तीयारले बताए ।

सार्क कृषि केन्द्रले कृषि क्षेत्रमा उच्च बजार मुल्यका तरकारीहरुको मुल्य श्रृंखला प्रणालीको व्यवस्थीत विकासका लागि देखीएका सिकाइ, अभ्यास र सहकार्यका लागि योगदान पुर्याउन परामर्श गोष्ठीको आयोजना गरिएको कृषि केन्द्रका बागबानी विज्ञ नसरीन सुल्तानले बताइन् । विउ प्रणालीमा सक्रिय मानवीय जनशक्तिमा पर्याप्त तालिम र क्षमता विकासको कमी हुदा हुदै पनि क्षेत्रीय संवृद्धिका लागि बिउ प्रणालीको अझ सबलीकरण र गुणस्तरीय बिउ उत्पादन देखि उपयोग सम्मका सरोकारवालाहरुलाई सबलीकरण गरेर खाद्य सुरक्षा तथा बिउ सुनिश्चतता कायमगर्न प्रयास गरिएको वागमानी विज्ञ सुल्तानको दावी छ ।
विगतमा जनशक्ति व्यवस्थापनका कारण रुमलीएको बिउ उत्पादन र बजारीकरण प्रणालीलाई थप व्यवस्थीत गर्न प्रादेशिक कृषि मन्त्रालयले सक्रिय योगदान पुर्याउने कृषि मन्त्री लेखबहादुर थापाले जोड दिएका छन् ।

औपचारिक बिउ प्रणालीको व्यवस्थापनका लागि दिर्घकालिन कृषि रणनिति समेत अभ्यासमा ल्याइएको बताउदै कृषि मन्त्री थापाले आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनमा केन्द्रीत नेपाली कृषि अर्थनिति प्रभावकारी बनाउन अनौपचारिक निजिी क्षेत्र संगको सहकार्य र साझेदारीका माध्यमबाट सक्रिय रहन प्रादेशिक कृषि मन्त्रालयको पुर्ण सहयोग रहने प्रतिबद्धता प्रकट गरेका छन् । नेपाली हावापानीमा उत्पादीत उच्च बजार मुल्यका तरकारीका बिउहरु सार्क सदस्य मुलुकमा सहजै व्यापार अनुकुलन गर्न र नेपालका लागि आवस्यक प्रविधिको पहुँच अनुकुलन गर्न पोखरा परामर्श बैठकले सहजीकरण गर्ने अपेक्षा राखिएको गोष्ठीका संयोजक तथा बिउविजन प्रयोगशाला पोखराका प्रमुख सुदिप खतिवडाले बताए ।

सहभागीहरुलाई पोखरा क्षेत्रको विउ उत्पादन क्षेत्रको स्थलगत अवलोकनको अवसर उपलब्ध गराइने र मंगलबार हुने समापन पुर्व पृष्ठपोषणमा समिक्षा गरिने प्रादेशिक कृषि मन्त्रालयका योजना तथा अनुगमन अधिकृत गृष्म नेउपानेले जनाएका छन् । छलफलका क्रममा अफगानिस्तानबाट मोहम्मद जावेद मेरबी,बंगलादेशबाट मोमीना अख्तर स्वीटी, भुटानबाट सोनाम, भारतबाट चन्द्र मोहन, नेपालका तर्फबाट नारायण काफ्ले, श्रीलंकाका तर्फबाट एम सी जयसिंघेले आफ्ना देशको स्थीति पत्र पेश गरेको कार्यशालाका सहसंयोजक तथा स्याउ जोन कार्यक्रम मुस्ताङ्गका प्रमुख माधव लम्साललले जनाएका छन् । बिउ उत्पादनमा प्रादेशिक अनुभव र स्थीतिका सबालमा कृषि निर्देशक निलकण्ठ पोखरेल, बागमानी अनुसनधानकर्मी युवराज भुषाल, लिवर्डका अनुसन्धानकर्ता पिताम्बर श्रेष्ठ, नीजी बिउ व्यवसायी कुलप्रसाद सुबेदीले पनि छलफल पत्र पेश गरेका छन् ।

Facebook Comments