तरकारी उपजलाई प्राङ्गारिक प्रमाणित गरि विक्री गरिने

जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा महानगरपालिकाका तिन स्थानमा समुहको सहभागितामा आधारित प्राङ्गारिक प्रमाणित गर्ने विधि (PGS) सम्बन्धि कृषकलाई तालिम दिईएको छ | असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिरहेको जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा २८ स्थित ओख्ले गाउँ, पोखरा-१३ स्थित आर्वा तथा पोखरा १६ स्थित हरिपाउ भन्ने स्थानमा प्राङ्गारिक कृषक पाठशाला कार्यक्रम संचालन गरिरहेको यस परियोजनाले उक्त स्थानका कृषकको प्राङ्गारिक उपजलाई बजारीकरण गर्न व्यवस्थित गर्ने उद्देश्य सहित पिजिएस विधि मार्फत प्रमाणित गराउने प्रक्रिया अगाढी बढाएको हो | यसका लागि कृषकलाई प्राङ्गारिक आवश्यक तालिम तथा सिप सिकाउने कार्य अहिले जारि छ |

पिजिएस विधि भनेको कृषक समुहले नै आन्तरिक नियन्त्रण प्रणाली विकास गरि समुहका सदस्य कृषकले प्राङ्गारिक उत्पादन गरेको नगरेको जांच गरि सुनिक्षित गर्ने विधि हो | प्राङ्गारिक प्रमाणित गर्ने विधिमध्य सबै भन्दा सरल तथा कृषक तहका व्यवस्थित गर्न सकिने यस विधिबाट प्राङ्गारिक उपज प्रमाणित गरेपछि उक्त स्थानका उपजलाई बजारीकरण गर्दा छुट्टै ब्राण्ड (नाम) राखेर विक्री गरिने छ | यसरी विक्री गर्दा सामान्य उत्पादन भन्दा कम्तिमा २०% बढी मुल्यमा आम्दानी गर्न सकिने बुझाइ कृषकको रहेको छ |

परियोजनाले संचालन गरेको यस अभियानमा पोखरा महानगरपालिका तथा संयुत राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग रहेको छ भने पोखरा महानगरपालिका कृषि विकास महाशाखाको प्राविधिक तथा अन्य सहयोग रहेको छ |

Facebook Comments