जलवायु परिवर्तन र किसानका भुमिका

–रोशन राज बराल

पृथ्वी र वातावरणको समस्त क्षेत्रमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। जस्तै ः तापमान बृद्धि हुने, पृथ्वी र ध्रुवमा भारी मात्रामा रहेको बरफ पग्लने, हिमालयको हिउँ छिटो पग्लने, वर्षाको चक्र अघि पछि भएर प्रभावित हुने, मौसम राम्रो सँग सक्रिय हुन नसक्ने, समुन्द्रमा पानीको सतह बढ्ने, खडेरी बढ्ने लगायत विभिन्न कुराहरुलाई प्रभावित पार्दछ । पृथ्वीको वातावरणमा आउने यस्तै परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

हामी किसानहरू यो पृथ्वीका रक्षक हौं । हामी किसान बिना यो पृथ्वीको संरक्षण हुन सक्दैन । मानवीय सुविधाका लागि उत्पादनहर वृद्धि गर्न औद्योगिक प्रतिष्ठानहरु स्थापना गर्नु आवश्यक हुन्छ । ति प्रतिष्ठानबाट बाहिरिने हरित गृह ग्याँसले पर्यावरणलाई क्रमशः समाप्त गर्दैछन । यसको विपरित किसानहरूले जर्जर र उजाड भूमिलाई हरियाली बनाउँछन् , औद्योगीक प्रतिष्ठानबाट फ्याँकिएको कार्बनडाइअक्साइड लाई वनस्पति मार्फत शोषित गर्न र अक्सिजनको उत्पादनमा सहयोग गर्दछ । तिनिहरूले अन्य हरित गृह ग्याँस र त्यसका क्षेत्रहरूको खपत गराउँछ र उत्सर्जन कम गराउँछन् ।

यी विषयवस्तुहरू किसान जानकारीका लागि उपयोगी भएकोले यसबारे अध्ययन गर्ने, बढी भन्दा बढी सूचना र जानकारी संकलन गर्ने, अरुलाई सचेत गराउन र वातावरणीय अनुकुलतामा गम्भीरता साथ लाग्न जरुरी छ । औद्योगिक पुजी बजारमा मुनाफा बढी जोड दिनाले समस्या विकराल बन्दै गएको हुँदा वातावरणलाई प्राथमिकतामा राखेर औद्योगिक उत्पादनमा मात्रात्मक र गुणात्मक दुवै रूपमा प्रभाव पार्छ । उदाहरणको लागि नेपालको मध्य र उच्च पहाडी भेगमा मध्य जेष्ठबाट शुरू गरेर असार महिनाभर धान रोपिन्छ भने तराईमा मध्य असारबाट सुरु गरेर साउन महिनाभर धान रोप्ने गरिन्छ । यसरी रोपिएको धानको उत्पादकत्व पनि राम्रो हुन्छ । यदि जेष्ठ, असार र साउन ३ महिनासम्म वर्षा नभएर भदौबाट वर्षा सुरु भयो र मङ्सिर सम्म बाढी पहिरो सहितको वर्षा र डुवान रहिरहने हो भने के हुन्छ । एकः धान रोप्नै सकिदैन, दोस्रोः रोपिएको धान हुर्कन सक्दैन , तेस्रोः हुर्केको धानमा पनि गेडा लाग्न सक्दैन, चौथो ः गेडा लागिहाल्यो पनि राम्ररी पाक्न सक्दैन, पाँचौ ः पाकिहाले पनि बालि लिन कठिन हुनेछ, छैठौं ः बालि लिन सफल भइयो भने पनि उचित मात्रामा र उचित गुणस्तरको चामल प्राप्त गर्न सकिदैन ।

जलवायु मैत्री कृषक अभ्यासहरु ः
हाम्रो नेपालमा जलवायु मैत्री कृषि अभ्यासको कुनै निश्चित परीक्षण गर्ने प्याकेज छैन । जस्तै कि ः मौसम सुहाँउदो बाली तथा प्रविधि छनोट गर्न सहयोग गर्ने मौसम सुचना तथा सल्लाह प्रधान गर्ने र भएको मौसम फेरवदलको कारण कृषकहरुलाई हुनसक्ने घाटा कम गनर्,े मौसमको कारणले हुने क्षतिपूर्ति लागि बाली बीमा जस्ता मौसम प्रविधि वा सेवाहरू पर्दछन् ।

बिउ र जात मैत्री अभ्यासहरु ः
धेरै उत्पादन दिने, रोगसँग लड्नसक्ने, बढ्दो खडेरी र पानीको अभावमा संग जुध्न सक्ने बाली, पानी धेरै भएको बेलामा जमेको सहन सक्ने बिऊहरुको उत्पादन तथा प्रयोग गर्ने भन्ने बुझिन्छ । माटोको सुधार पोषक तत्व मैत्री अभ्यासहरु गर्ने । ज्ञान ,सिप र संरचना बजारमैत्री अभ्यासहरु गर्ने । विभिन्न बालिको लागि फरक फरक जलवायु स्मार्ट प्रविधिहरू छन् , तिनलाई प्रयोग गर्ने, वेमौसमी तरकारी गर्ने, स्थानीय जातलाई विकास गर्ने ।

जलवायु परिवर्तनको प्रभावले प्रत्यक्ष रूपमा असर गर्ने सबैभन्दा पहिलो वर्ग किसान हो । त्यसैले संसार भरि नै किसानहरू वातावरणीय न्यायको लागि संयुक्त मोर्चामा सामेल छन् र हुनुपर्दछ । विश्वको जलवायु परिवर्तनहुने गरेका बहस प्रकृया र सहभागितालाई हेर्दा यो विद्धान बुद्धिजीवी वर्ग , वैज्ञानिक हरु, नीति निर्माताहरुको बहस र महत्वको विषय भए जस्तो देखिन्छ । कहिलेकाहीँ धनी राष्ट्रहरूले यस विषयमा बहसको विषय बनेको पनि देखिन्छ । तर कैंयौं गैरसरकारी संस्थाहरुको लागि यो आय आर्जन गर्ने र दातृ संस्थाहरु संग दर्हो आर्थिक सहयोग माग्ने बलियो कार्यक्रम भए जस्तो देखिएको छ । तर यसको असर प्रत्यक्ष रूपमा किसान वर्ग र गरिब राष्ट्रहरू माथि पर्न गएको छ । यसलाई डलरे परियोजनको विषय बनाउनु भन्दा जलवायु परिवर्तन र किसानले अपनाएका रणनितिक जुक्तीहरुका बारेमा सहजिकरण गर्नु बढी बुद्धिमानी हुन सक्छ ।

लेखक बराल, नेपाल पोलिटेक्नीकल इन्स्टिच्यूटका स्नातक विद्यार्थी हुन्

Facebook Comments