चिया र कफीको एकीकृत विकासका लागि समन्वय

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेश तथा गोरखा जिल्लामा व्यवसायिक रुपमा चिया र कफीको एकीकृत विकासको लागि तिन तहको सरकारको भूमिका बिषयक समन्वय तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ ।

हालै पालुंङ्गटार नगरपालिका —९ मा रहेको ४०० रोपनीको कफी फर्म ईको फ्रेन्डली एग्रो अर्गानिक कन्सेप्ट प्रा.लिको प्रांङ्गणमा संचालन भएको कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराई, प्रदेशका कृषि मन्त्री लेख बहादुर थापा मगर, प्रदेश नीति तथा योजना आयोगकी सदस्य भिमा ढुंगाना, जिल्ला समन्वय समिति गोरखाका प्रमुख कोष बहादुर गुरुङ, पालुंगटार नगरपालिका प्रमुख दिपक वाबु कँडेल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायत प्रदेश कृषि सचिव सबनम सिवाकोटी र गोरखा स्थीत कार्यालयप्रमुख तथा कफी व्यवसायी महासंघका प्रतिनिधिीहरुको सहभागीता रहेको समारोहमा स्थानीय सरकारका प्रमुखहरुले एकिकृत नगदेबाली चिया कफीको विकासमा तीनै तहका सरकारहरुको समन्वयको खाँचो औल्याएका थिए ।


हाल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरुमध्ये ९ जिल्लामा कफीको व्यवसायिक खेति भईरहेको र ५ वटा जिल्लामा चिया खेति अगाडि बढी रहको सन्दर्भमा गोरखा जिल्लामा पनि १० वटा स्थानीय पालिकामा व्यवसायिक कफी खेति विस्तार भएको र ३ वटा स्थानीय पालिकामा चिया खेति विस्तार भएको चिया तथा कफी विकास बोर्ड पोखराका प्रमुख चन्द्र पुरीले बताए ।


चिया र कफी जस्तो नगदे बालिलाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने र सोको लागि तिन तहको सरकारका बीचमा कफीको उत्पादन, प्रसोधन र बजारिकरण, गुणस्तर व्यवस्थापन र नीतिगत समानतामा एकीकृत योजना निर्माण गरेर अगाडि बढ्न सकियो भने मात्रै व्यवसायिक रुप लिन सकिने बताए ।

Facebook Comments