घिरिङ्गमा जडीबुटी तालिम

 रामप्रसाद श्रेष्ठ /आरसी टाइम्स
घिरिङ्ग(तनहुँ),माघ २

तनहुँका घिरिङ गाउपालिका वडा नं १ पुट्टार किसानहरुलाई उच्च बजार मुल्यका र पोषिला तरकारी तथा जडीबुटी खेति गर्ने जुक्ती हस्तान्तरण गर्न हालै जडिबुटी तथा तरकारी खेती सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ  । काठमाडौं विश्व विद्यालय धुलिखेल अस्पताल काभ्रेको आयोजना र सहयोगमा सो तालिम भएको हो  ।

धुलिखेल अस्पतालले तनहुँको घिरिङ पुट्टारमा स्वास्थ्य केन्द्र स्थापना गरि सेवा दिन पनि शुरु गरेको छ  । स्वास्थ्य केन्द्र स्थापना पछि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिन स्वास्थ र सन्तुलित खाना खानु राम्रो भन्ने उद्देश्यले स्थानीय जडिबुटीको सेवनबाट स्वस्थ बन्न सहजकर्ताहरुले प्रेरित गरेका छन्  । तालिमका अवसरमा हाम्रै घर आगनमा पाईने मोरिङ्गा (सितलचिनी),कालो बेसार,मिठा तुलसी, कागती घाँस, घ्यु कुमारी जस्तो जडिबुटीको उपयोगिता र नर्सरी तयारी गरि घर घरमा लगाउन सिकाएको छ  ।

अस्पताल आफैले नमुना फर्ममा जडिबुटी नर्सरी तयारी गरेको छ  । पोषिला तरकारी तथा उच्च बजार मुल्यका जडीबुटी खेतिबाट पारिवारिक स्वास्थ तथा बजारिकरणबाट लाभ लिन किसानहरुलाइ सहजिकरण गरिएको छ  ।

Facebook Comments