‘घातक विषादीे प्रयोग नगरौं’

आरसी टाइम्स ब्यूरो
पोखरा, माघ १३
घातक विषादीको प्रयोगका कारण स्वस्थ कृषि अभ्यासमा चुनौति थपीएको महशुस गर्दै पोखरामा असल कृषि अभ्यासका लागि ‘घातक विषादीको प्रयोग हटाऔँ’ अभियान थालीएको छ । घातक विषादीका कारण माटोको स्वास्थ्य बिग्रनुका साथै किसान र कृषि उपज विक्रेता तथा उपभोक्ता समेतलाई नोक्सान पुर्याइरहेको तर्फ ध्यानाकर्षण
गराउँदै गण्डकी प्रदेशको बाली संरक्षण प्रयोगशालाले ‘घातक विषादीको प्रयोग हटाऔँ,
जैविक विविधताको संरक्षण गरौँ’ भन्दै सप्ताहव्यापी अभियान थालेको बाली संरक्षण
अधिकृत सुष्मा मरहठ्ठा बताइन् । कतिपय अवस्थामा विषादीलाई ओखतीकारुपमा बुझ्ने र गम्भीरता प्रति वेवास्ता हुने प्रवृत्ति देखिएकाले अभियानमा जनचेतनाका लागि ‘विषादी विष हो औषधि होइन, अनावश्यकरुपमा विषादी प्रयोग नगरौँ, विषादीको प्रयोगबाट बचौँ’ जस्ता सन्देशहरु सहितको ¥याली पनि गरिएको थियो । खाद्य उत्पादनमा प्रयोग गरिने विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समेत खराव प्रभाव पार्ने भएकाले विषादी अवशेषले माटो , जीव र वनस्पति सबैको पर्यावरणीय सन्तुलनमा खलल ल्याउने भएकाले यसको कम भन्दा कम प्रयोग गर्न आग्रह गर्दै यसको नकारात्मक असरबारे जनचेतना जगाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम थालीएको बताइएको छ ।

‘विषादी विष हो औषधि होइन, अनावश्यकरुपमा विषादी प्रयोग नगरौँ, विषादीको प्रयोगबाट बचौँ’


विषादी प्रयोगका कारण हुने जोखिमबाट जोगिन विषादीमुक्त कृषि उत्पादनका लागि प्राङ्गारिक प्रणालीमा खेति गर्नु पर्नेमा प्रोदशिक कृषि मन्त्री लेखबहादुर थापामगरले जोड दिए । नेपालमा वर्षेनी ८० करोड रुपैयाँ बराबरको ६ सय ३० मेट्रिक टन विषादी भारत र चीनबाट आयात हुने गरेको बताउँदै २४ प्रकारका विषादी नेपालमा प्रतिवन्ध गरिएको प्रादेशिक कृषि सचिव अच्युतप्रसाद ढकालले जनाए । कृषि निर्देशनालय प्रमुख नीलकण्ठ पोखरेलले न्यूनतम विषादी प्रयोगबाट उत्पादन वृद्धिका बारेमा खोजीनीति हुनुपर्ने र प्राङ्गारिक उन्मुख तथा आईपिएम प्रविधिलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । पोखरेलले रैथाने बालीमा रोगसँग लड्ने क्षमता बढी रहेपनि उत्पादन कम हुने भएकाले आयातित बीउ बाली लगाउने प्रवृत्ति बढेसँगै विषादीको प्रयोग समेत बढेको बताए । कतिपय कृषि प्राविधिकहरुले रासायनिक विषादी पूर्णत प्रतिस्थापनको अवस्था नरहेकाले सुरक्षित तरिकाले प्रयोग गर्दा बढी खतरनाक विषादीको समेत असर कम पर्ने
भएकाले विषादी प्रयोग तथा यसको प्रयोग गरेको कति समयपछि कृषि वस्तु विक्री वितरणका लागि बजारमा लैजाने भन्नेमा कृषकहरु पूर्ण जानकार हुनुपर्ने कृषि ज्ञान केन्द्र स्याङ्जा प्रमुख शालिग्राम अधिकारीले जोड दिए ।


कृषि उत्पादनमा विषादीको प्रयोगले अर्वुदरोग, मृगौला फेल, हर्मोनमा असन्तुलन तथा विभिन्न छालाका रोगहरु लाग्ने भएकाले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने कृषि प्रविधिकहरुको भनाइ छ । मानिसको नाक, मूख तथा आँखाबाट शरीरमा विषादी प्रवेश गर्ने भएकाले यसको प्रयोग गर्दा माक्स, पञ्जा, बुट तथा शरीर पूरै ढाक्ने कपडा कृषकले लगाउनुपर्ने तथा बेमौसमी
तरकारी तथा फलफूलमा बढी विषादी प्रयोग कुन सक्ने भएकाले मौसमी खानेकूरा खानु उपयुक्त हुने जनाइएको छ । आगामी माघ १६ गते श्रीपञ्चमी सम्म सञ्चालन हुने अभियानमुलक कार्यक्रममा कारवालहरुसँग अन्तरक्रिया,जनचेतनामूलक प्रचार सामग्रीहरु वितरण, छापा तथा विद्युतिय सञ्चारमाध्यबाट सन्देश प्रकाशन÷प्रशारण तथा विभिन्न स्थानमा विषादीको प्रयोगबाट तत्कालीन र दीर्घकालिन असरका बारेमा जानकारी गराउन स्टल राखिएको प्रयोगशाला प्रमुख मरहट्ठाले जनाइन् ।

Facebook Comments