गोरखाको किसान बजार पचासौ हप्तामा

पार्वती गोर्खाली, गोरखा
किसानले उत्पदन गरेको कृषिजन्य उत्पादनहरुमा राज गर्दै आएका विचौलियालाई निरुत्साहित गर्न गोरखा जिल्लाका केही किसानले आफ्नो उत्पादन आफै विक्री गर्न थालेको किसाबजार शनिबारे हाट बजारका रुपमा विकास हुँदै पचासौ हप्तासम्म निरनतर सचलन भएको छ ।
सहकारी मोडेलबाट सुरु गरिएको ‘किसान बजार तथा हाटबजार’मा हरेक शनिबार स्थानियस्तरमा उत्पादित कागती लगायतका फलफूल तथा तरकारी, अन्न, कोसेबाली, मसलाबालीका साथै पशुजन्य उत्पादनको बजारीकरण हुदै आएको बजार सञ्चालक समितिका अध्यक्ष होमनाथ रिमालले बताए ।
स्थानीय उत्पादनको बनारिकरणमा सहज हुनथालेपछि भने दैनिकजसो नै बजार लाग्ने जनाईएको छ । बजारमा केरा, विभिन्न तरकारी, अमिलो जातका फलफूल, विरुवा, मसलाबाली र दलहन, खसीबोका लगायत १४ प्रकारका कृषि एवं पशुजन्य उत्पादन र ३८ वटा किसान स्टल राखिएको थियो ।


शहिद लखन गाउंपालिकाको साविक मनकामना गाविसको फेदी, तनहुं जिल्लाको आंबुखैरेनी बजारको १० मिनेट पैदल दुरीमा दरौंदी नदीको किनारमा गोरखा र तनहुंको स्थानीय उत्पादनलाई बजारीकरण गर्न रामशाहघाटबाट गत वर्ष यो किसान बजारको सुरु गरिएको हो । गोरखा जिल्लामा रहेका ४ वटा कृषि सहकारी र एउटा महिला सहकारी एवं अन्य ४ वटा कृषि समूहको अगुवाईमा यो बजार सुरु गरिएको बताईएको छ । उत्पादक र उपभोक्ताबीचको दुरी कम गरी बजारलाई विचौलियाहरुको नियन्त्रणमा जान नदिन यस्ताखालका प्रयासहरुलाई बजेट नै व्यवस्था गरेर गाउंपालिकाले संधै सहयोग गर्ने शहिदलखन गापाका अध्यक्ष रमेश थापाले बताए । किसानलाई आफ्नो उत्पादन बढाई व्यवसायिकतामा लाग्न तथा कृषिमा आधुनिकीकरणका लागि ढुक्कसंग अगाडी बढन आग्रह गर्दै अध्यक्ष थापाले कृषकहरुको उत्पादनलाई बजारसंग जोड्न कषि तथा पशु शाखामार्फत् आवश्यक कदम चालिने जानकारी दिए ।

Facebook Comments