गण्डकी प्रदेशमा कृषि सचिव बहाली

गण्डकी प्रदेशको कृषि मन्त्रालयमा कृषि सचिवका रुपमा सवनम सिवाकोटीको पद बहाली भएको छ । गत श्रावण पहिलोसाता तत्कालिन सचिव अच्युत प्रसाद ढकालको अवकाश भएपछि ५० औदिन पछि  प्रदेशले कृषि सचिव पाएको छ । सचिवको बहाली सँगै कृषि मन्त्रालयका गतिविधिहरुले सक्रियता पाउने अपेक्षा गरिएको छ । संयोगले यसपालि सरकारले गण्डकी प्रदेश लगायत अन्य ४ प्रदेशमा कृषि सचिवका रुपमा महिलाहरुलाई सचिवको रुपमा नियुक्त गरेको छ ।

कृषि सचिव सिवाकोटीलाई मन्त्रालयमा स्वागत गर्दै प्रादेशिक कृषि मन्त्री लेखबहादुर थापामगर

हालै गरिएको  प्रादेशिक कृषि सचिवको पदस्थापनमा  प्रदेश १मा निरु दाहाल, प्रदेश २ मा सम्झना काफ्ले पाण्डे, गण्डकी प्रदेशमा सवनम शिवाकोटी र कर्णाली प्रदेशमा डा.मतिना वैद्यलाई जिम्मवारी दिएको छ । निजामति प्राविधिक नेतृत्वमा महिलाहरुको सहभागिता बढ्दै गएको यो तथ्यले लैङ्गिक सहभागिता मैत्रि प्रशासनको विस्तारमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Facebook Comments