गण्डकी क्षेत्रमा जैवीक विविधता संरक्षणको पाठशाला : पञ्चासे

कुलराज चालिसे, रामचन्द्र बराल
२०७६ पौष २१ गते सोमबार

१. सन्दर्भ
समुदायमा जीविका व्यवस्थापनका हरेक रणनीति टिकाउनका लागि सास्कृतिक मुल्यसँग जोडिएर दुनीयाको जीवन सहजीकरण गर्ने मान्यताका रुपमा प्रकट हुन्छ । व्यक्ति र परिवारको सामाजिकीकरणका उपायका रुपमा विकास हुदै आएका यस्ता सांस्कृतिक रणनितिले व्यत्ति र उसको पारिस्थीतिक प्रणालीका सहयोगीहरुलाई पनि जोगाउँदै आफु जोगीन र जीविका तथा संस्कृति निरन्तरता दिन प्रेरक भूमिका खेल्दछन् । त्यसैले त समुदायमा प्रचलनमा रहेका लोकसन्देश र सास्कृतिक अभ्यासका विशिष्ट मुल्य हुन्छन भन्ने मान्यताले दुनियाका चलन पठनीय मानिन्छन् । अझ ऋषिहरुको अन्सन्धान कृषिमा रुपान्तरण गर्न र नागरिकहरुलाई सिप , ज्ञान हस्तान्तरण गर्न र जोखिम व्यवस्थापनका जुक्ती सहजकिरण गर्न पर्व–जमघटको रीती बसाल्ने रणनितिक उपाय नै मानिन्छ ।

२. बालाचतुर्दशी र सतबीज ः
मृगरुपधारी पशुपतीनाथ र श्लेषमान्तक वनसंग जोडिएको स्वस्थानी कथालाई केन्द्र बनाएर वालासुर र वृषको लोकन्तीको आधारमा पितृ उद्धारको निमित्त शिवालय तथा जलाशयको वरपर शुद्ध नश्लको वीउ छर्ने परम्परा नेपालको मौलिक सस्कृति हो । वालाचतुर्दशीको नाममा मार्ग कृष्ण त्रयोदशीको रातमा बत्ती बालेर चतुर्दशीको विहान पाए सम्म सय प्रजातीको वीउ छर्ने परम्परा नेपालको मौलिक सस्कृतिका रुपमा विकास भइरहेको छ । कृषि जैविक विविधता संरक्षण गर्ने रणनीतिक मुल्य रहेको यो सस्कृतिलाई गण्डकी क्षेत्रका सनातनी र अन्य समुदायहरुमा कसरी अभ्यास भइरहेको छ भनेर भनेर खोज पाठशालाको अध्ययन टोलीले २०७६ मार्ग १० गते कास्की, स्याङ्गजा र पर्वतको सिमानामा पर्ने पञ्चासे क्षेत्रको शतवीज छर्ने पर्वको स्थलगत अवलोकन गरेको थियो ।

काठमाण्डौ स्थित पशुपतीनाथ निकट मृगस्थलीको यात्रामा जान नभ्याउनेले म्याग्दीको गलेश्वर, पञ्चासे तथा कास्की भलामको हरिहर गुफा आश्रममा शत्वीज छर्न जाने प्रचलन छ । त्याहा पनि जान नसक्नेले नजिकैको शिवालयमा छर्दछन् । तीन जिल्लाको सिमानामा रहेकोले टोलीले विभिन्न स्थान मध्य पञ्चासेलाई रोज्यो । अध्ययन टोलीको उद्देश्य पञ्चासे क्षेत्रमा कहाँ कहाँका तीर्थालुले कुन कुन प्रजातीका वीउ लिएर आउने रहेछन् भनेर बुभ्mनु र जनताको आस्थालाई कृषि जैवीक विविधता संरक्षणमा कसरी रणनीतिक उपयोग गर्न सकिन्छ भनेर आँकलन गर्नु रहेको थियो । त्यसैले अध्ययनलाई संरचनागत भन्दा स्वतन्त्र अवलोकनलाई प्राथमकिता दिईयो ।

तीर्थालुहरुले छर्ने शत्वीज उनिहरुको आप्mनै घरवारीमा उम्रिएको हुन्छ भन्न सकिदैनथ्यो । बजारमा सत्वीज बेच्न राखेको अवस्थामा तीर्थालुहरुले छरेको अन्न घर कै हो भन्न पनि सकिदैन । टोलीलाई वालाचतुर्दशीमा छरिने वीउ सप्तवीज (सप्तधान्य), सद्वीज (शुद्धवीउ) वा शत्वीज (सय प्रजातीको अन्न) मध्य कुन वर्गमा पर्छ भन्ने एकिन थिएन । शास्त्रवचन बुभ्mनको निमित्त शास्त्र अध्ययनको साथमा स्थापित शास्त्रीहरुसंग पनि विचार विमर्श गर्ने प्रयास गरियो । मूलशास्त्रहरुमा कृष्णत्रयोदशी तथा चतुर्दशीको महत्त्व कालको पनि काल महाकाल श्री महादेवसंग जोडिएको पाईए पनि वालाचतुर्दशीको स्पष्ट उल्लेख पाईएन । त्यसैले तीर्थालुले वालाचतुर्दशीलाई कसरी बुझेर अवलम्बन गरेकाछन् भनेर बुभ्mन नै बल गरियो ।

शास्त्री अनुसार तीर्थालुहरुले पनि तीन सिद्धान्तमा नै बुझेका रहेछन् , कसैले सद्वीज अनि कसैले शतवीज । सप्तधान्यमा सिमित भएर सप्तवीजको अवलम्वन त धेरै कमले मानेका रहेछन् । किनभने त्याहा छरिएको वीउ सप्तधान्यमा सिमित थिएन बरु कन्दमूल, उखु, तरकारी,मशला आदी पनि छरीएको थियो । शतवीज भनेर सय प्रजातीको वीउ छरेको पनि पाईएन । त्यसैले अध्ययन टोलीले सद्वीज (शुद्ध वीउ) छर्ने भनेर बुभ्mयो र यसै शब्दलाई प्रयोग गर्न रुचायो ।

३. पञ्चासे सतबीज संस्कृति ः
पञ्चासेको वालाचतुर्दशी पर्वमा सद्वीज छर्न स्याङ्गजाको उत्तरखण्ड, पर्वतको मध्यखण्ड, कास्कीको पश्चिमखण्डबाट उल्लेख्य सहभागीता हुने रहेछ । सामान्य तीर्थयात्री र पर्यटकको रुपमा पोखरा तथा तनहुका जनताको सहभागीता पनि दिन प्रतिदिन बढ्दै गएको रहेछ । विद्यालय उमेरका युवायुवतीको उल्लेख्य उपस्थितिले पञ्चासेको तीर्थयात्रा पितृ उद्धारको लक्षमा मात्र सिमित रहेको देखिएन । वालाचतुर्दशीको सामान्य प्रचलन त्रयोदशीको रातमा दिवङ्गत् पितृको नाममा बत्ति बालेर चतुर्दशीको विहान जलासयमा वगाए पछि मात्र सद्वीज छरिन्छ । तर पञ्चासेमा बत्ति बाल्नेको संख्या उल्लेख्य थिएन, जति सद्वीज छर्नेको थियो ।

एकादशीमा जस्तै पञ्चेबाजा सहित डोलीमा पूmल ल्याएर तार्ने याहाको चलन अन्यत्रको भन्दा फरक थियो । विशेष गरेर, चित्रे, ओडारे, राम्जा तथा आर्थरका भक्तजनमा यो चलन रहेको रहेछ । पञ्चासेको मूख्य तीर्थ आकर्षणमा सिद्धवावाको स्थान र ताल तथा पोखरी नै हो । तालको किनारमा मन्दिर बनाईएको त छ, तर जनताको आस्था मन्दिर भन्दा तालमा रहेको हुनाले ताललाई नै मन्दिर जस्तै सजाईएको पाईयो । तालको किनारै किनार सदेवीज छर्ने चाक्लो छप्पनी सहितको पर्खाल बनाईएको छ । तीर्थयात्रीले त्यसै पर्खाल माथी सद्वीज छर्दछन् ।

भण्टा, भट्ट आदी अन्नलाई चोखो मानिदैन, तर पनि याहा चढाईएको पाईयो । सद्वीजमा कन्दमूलका भतौरा,ईस्कुस तथा पिडालु पनि प्रसस्त मात्रामा प्रयोग भएको देखियो । जे छरिएका थिए, स्थानीय आहार सस्कृतिका अभिन्न अन्न थिए । अन्नको साथमा प्रशस्त मात्रामा आयुर्वेदिक महत्त्वका फूलहरु पनि मिसाईएको थियो ।

४. चतुर्दशीका आयामहरु र बाला चतुर्दशी ः
अध्ययनको क्रममा नरकचतुर्दशी, अनन्तचतुर्दशी, बैकुण्ठचतुर्दशी जस्तै वालाचतुर्दशीको अर्थ केलाउन पहल गरियो । चतुर्दशी र औसी पितृमुक्तिको निमित्त महत्त्वपूर्ण तिथि भएकोमा दुविधा भएन । तर वालाचतुर्दशीमा वालासुरको उद्धारका लागि उनका सन्ततीहरुले आकाश दिप दान र शतबिज रोपणको दृष्टान्त नेपालमा मात्र प्रचलित रहेछ । बालासुरको मृत्यु पछि उनका सन्तानले मृत्युस्थल वनमा दिप बाल्न र शतबीज छर्नकालागि तत्कालिन ग्रामराज्य प्रमुखबाट स्वीकृति पाएर हरेक मार्ग कृष्ण चतुर्दशीमा बालासुरको निधन भएको बनमा उनका सन्ततीहरुले आकाश दिप दान र शतबिज रोपणको अभ्यास गर्दै आएका थिए । यो अभ्यासले गृहशान्ति र वंश बृद्धि हुन थालेको दृष्टान्टलाई अन्य परिवार र समुदायका सदस्यहरुले पनि अपनाउन थाले र कालान्तरमा यो सामुदायिक पर्वका विस्तार हुदै हरेक समुदायमा पितृमोक्षको पर्वका रुपमा पहिचान बन्दै आएको जेष्ठ नागरिकहरुबाट जानकारी पाइयो ।

नरकचतुर्दशीमा भगवान श्रीकृष्णले नरकासुर द्रैत्यलाई मारेर सोह्र हजार एक सय राजकन्याहरुलाई मुक्त गर्नुभएको मान्यतामा दिपदान गरिन्छ । वर्षा र सहकालका देवता ईन्द्रलाई पूजा गर्ने भाद्र शुक्ल चतुर्दशीलाई अनन्तचतुर्दशी भनिन्छ । स्वयं भगवान विष्णुले देवादिदेव श्रीमहादेवको पूजा गर्नु भएको महातिथि कार्तिक शुक्ल चतुर्दशीलाई बैकुण्ठ चतुर्दशी भनिन्छ भने वालाचतुर्दशीमा याहा रातभरी बत्ति बालेमा पितृलोक झलमल्ल हुन्छ र याहा छरेको हरेक दाना पितृलोकमा उम्रिएर पितृलाई पिण्डदान हुन्छ भन्ने मान्यता छ ।
वालाचतुर्दशी को पितृमोक्ष संस्कार बालअवस्थामा मृत्यु हुनेको मोक्षतासँग पनि जोडेर हेर्ने चलन छ । भ्रुण अवस्था देखी उपनयन कर्म नचलेसम्मका बालबालिकाको क्रियाकर्म अधुरो हुनाको साथै उनिहरुको वार्षिक पूण्यतिथि पनि एकिन हुदैन भने वार्षिक पिण्डतर्पण पनि दिईदैन । यसैले उनिहरुको अतृप्त आत्माले दुःख दिएर वालवालिकाको मृत्यू हुन सक्छ भनेर वालप्रेतको आत्मशान्तिको निमित्त पिण्ड स्वरुप उम्रने गुणस्तरका शुद्ध अन्न शिवालय, जलासय तथा पवित्र तीर्थस्थलमा छरिन्छ । वालासुर र वृषको कथाले यस्तै संकेत गरेको हुन्छ, चाहे शास्त्रीहरुले वालाचतुर्दशीलाई जसरी व्याख्या गरुन्, भ्रुणावस्ता देखी वाल्यकालमा जीवन गुमाएका अतृप्त बाल आत्माहरुको मोक्षताका लागि गरिने रिती नै हुन् ।

आजभोली युवायुवतीले उमेर ढल्केपछि विवाह गर्न रुचाउछन् । कत्तिले त विवाहपूर्व सुरक्षित शाररिक सम्पर्क गरेको भ्रममा भ्रुण हत्या गर्छन भने कतिले साच्चैको भ्रुण हत्या गराउछन् । परिवार नियोजनको साधन प्रयोग गरेर प्रशस्त भ्रुण हत्या हुन्छ । सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको आजको अवस्थामा प्रयाप्त वालहत्या भएका छन् । यसरी वालहत्या भएका वालासुरहरुले इच्छित बालबालिकालाई दुःख दिन सक्छन् । वर्षको एकदिन एकसरो वत्ति बालेर, दुई माना अन्न पवित्र शिवालय, जलाशय वा तीर्थस्थलमा छर्दैमा वालासुरको जोखिमबाट मुक्त भएर बालबच्चाको स्वास्थ राम्रो हुन सक्छ भने कुन कठिन कार्य हुन्छ र ? त्यसैले ज्ञात तथा अज्ञात प्रेतआत्माको तृप्तीका निमित्त उचाईमा अवस्थित जलासयमा सद्वीज छर्न पञ्चासेलाई रोज्नु बालासुरको मोक्षता व्यवस्थापनका रैथाने सास्कृतिक रणनितिक जुक्तीका रुपमा यसको अभ्यास हुदै गएको छ ।

५.सतबिज संस्कृति र संरक्षण पाठशाला ः
अहिले सम्म हामीले वालाचतुर्दशीको सन्दर्भमा मनोवैज्ञानिक पक्षको विश्लेषण गर्यौ । हाम्रो अनुसन्धानको लक्ष मनोवैज्ञानिक धर्मको वकालत गरेर दक्षिणा उद्यमलाई पक्षपोषण गर्ने थिएन । हामीले जत्ति नै वैज्ञानिक तर्क प्रस्तुत गर्दा पनि पञ्चासेको वालाचतुर्दशी मेला भर्न युवाको सहभागीतालाई रोक्न सकिदैन । तनहु, चितवन, नवलपुरसम्म विस्तार भएको पञ्चासेको ख्याती कसैले रोक्न सकिदैन । पञ्चासे क्षेत्र विकास समिति तथा माछापुच्छ«े विकास संघको साथसाथमा पञ्चासे वरपरको गाउँमा सकृय युवा क्लव, वन उपभोक्त समुह, आमा समुह लगायतका विभिन्न स्वयंसेवी सस्थाहरु स्थापित जनविश्वासको जगमा सकृय रहेकाछन् भने कृषि जैवीक विविधता संरक्षणमा स्थानीय संघसस्था परिचालन गर्न वालाचतुर्दशी पर्वलाई रणनीतिक उपयोग गर्न सरकारी निकाय तत्पर हुनै पर्छ । यो शरीर बन्न उपभोग गरीएको धेरै अन्नको साह्रै थोरै तर महत्त्वपूर्ण भाग मात्र रजवीर्यमा परिणत हुन्छ । अन्न शुद्ध हुँदा रजवीर्य पनि शुद्ध हुन्छ र स्वस्थ बच्चा जन्मिन्छ र हुर्कन पनि सक्छ । त्यस्तो बच्चालाई वालासुरको प्रकोप पनि हुदैन भन्ने सूचनाको साथमा कृषि जैविक विविधता संरक्षण र अग्र्यानिक कृषिको निमित्त उत्प्रेरण गर्न सकिन्छ । पञ्चासेको तीर्थयात्रामा गएका युवायुवती मार्फत ऋषिकृषिको सूचना देशदेशान्तर सम्म प्रभावकारी तरीकाले विस्तार गर्न सकिन्छ । पञ्चासे क्षेत्रको जैविक विविधतालाई तरलीकरण गर्न जम्मा भएका हरियो वन लगाएतका अन्तराष्ट्रि गैह्र सरकारी सस्थाले प्रवद्र्धन गरेको परियोजनाले नेपाली मौलिक धर्ममा आधारित वाला चतुर्दशीको मर्म बुभ्mदैनन् । उनिहरुको लक्ष नै साविकमा चलिआएका मौलिक सस्कृतिलाई विस्थापन गरेर आप्mनो पहिचान लाद्ने हो । स्वायत्त स्थानीय सरकारको सकृय सहभागीतामा नै उनिहरुले परियोजना संञ्चालन गर्ने हुन् । स्थानीय सरकारका प्रतिनिधिहरुले उनिहरुको कार्य रणनीतिमा सदियौ देखी जनताले विश्वास गरेको आस्थालाई रणनीतिक उपयोगको निमित्त दवाव दिन सकिदैन र ? स्थानीय सरकार पनि अन्तराष्ट्रि गैह्र सरकारी सस्थाको जुठोपुरोमा लालयित भएर परम्परागत मान्यतालाई लत्याउन सक्छन् । अनि धर्म सापेक्षताको वकालत गर्ने अध्यात्मिक सस्थाले पञ्चासे उपर जनताको आस्थालाई रणनीतिक उपयोग गर्न पर्दैन र ? विजामां सर्व भूतानां भन्ने भागवत् गीताको मर्मलाई आत्मसाथ गरेर कास्की, स्याङ्गजा र पर्वतमा सकृय आध्यात्मिक सस्थाहरु सकृय हुदा नै गण्डकी प्रदेशलाई अग्यानिक बनाउन सकिन्छ भने स्थापित धर्म सस्कृति उपर खेलवाड गर्ने गैसस तथा अगैससलाई पञ्चासेमा खेल्न किन दिने ?

६. भन्ने पर्ने कुरा ः
हो, पितृलोक कहाँ छ ?, याहा बालेको बत्तिले त्याहा उज्यालो हुन्छ कि हुदैन, याहा छरेको अन्न त्याहा उम्रिन्छ कि उम्रिदैन ? भनेर प्रमाणित गर्ने सामर्थता हामी संग छैन । तर पञ्चासेलाई अनौपचारिक संरक्षण पाठशालाको आधार बनाएर कृषि जैविक विविधता संरक्षणको आवस्यकतालाई प्रभावकारी जनउत्प्रेरण गर्न उपयोग गर्दा संघीय तथा स्थानीय सरकार अन्धविश्वासी बनेको ठहर्दैन । दृष्टान्त वालाचतुर्दशीको दिएर सूचना कृषि जैविक विविधता संरक्षणको प्रभाव गर्दा हाम्रो मौलिक सस्कृतिको जगेर्ना भएर पर्यटन व्यावशाय पनि फष्टाउन सक्छ । दक्षिणको बजार नै यो सस्कृतिलाई पत्याउने स्तरको छ भने किन नगर्ने ? पञ्चासेको ब्राण्डमा अन्य क्षेत्रमा उत्पादन गरेको अग्र्यानिक कृषि उत्पादनले समेत राम्रो बजार भाउ पाउन सक्छन् भने वालाचतुर्दशीको रणनीतिक उपयोगले कृषि पयापर्यटनको उद्बोधन मात्र होइन जैविक विविधता संरक्षण पाठशालाका रुपमा पञ्चासेको पहिचान अझ उचाइमा लैजान सकिन्छ भने किन प्रयास नगर्ने ?
(लेखक द्वय खोज पाठशालाका अनुसन्धान कर्मी हुन् । )

Facebook Comments