गण्डकीमा च्याउ खेति र बजार विस्तार

रामचन्द्र बराल, पोखरा

पर्यटकीय बजार विस्तारको दर सँगै गण्डकी प्रदेशमा उच्च बजारमुल्यका कृषि उपजहरुको बजार माग बढेसँगै च्याउ प्रजातिका खाद्य परिकार र उत्पादनका अभ्यासहरुको बजारकिरण विस्तार हुँदै गएको सरोकारवालाहरुले बताएका छन् । पर्यटकीय विन्दुहरुका अलावा शहरी भोजन संस्कृतिमा आएको विविधीकरणले गर्दा भोज—भतेर र क्याटरिङ्ग सेवाका कारण पनि च्याउँको तरकारी लगायतका अन्य परिकारको उपयोगमा विविधता आएको उद्यमीहरुले बताएका छन् । बाह्र वर्ष पहिले दैनिक ५० किलो च्याउ विक्रिहुने पोखरामा आजभोलि दैनिक २ हजार किलो च्याउ खपत हुदै आएको किसान कृष्ण सुवेदीले जनाए । शहरमा शाकाहारी उपभोक्ता समेतका लागि प्रोटिनयुक्त तरकारकिो खाँचो पुरा गर्ने भएकाले वर्षभरिनै च्याउँका उपभोक्ता निरन्तर बढदै गएको र कोरोना प्रकरणका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउने खान्कीका लागि च्याउँको माग र खपत बढदै गएको च्याउँ ब्यवसायि मनोरञ्जन पौडेलले बताए ।

गण्डकी प्रदेशमा च्याउ उत्पादन र बजारीकरणमा २५ सय जनाले रोजगार पाएको र विदेशवाट वर्षेनी ४ करोड मुल्यको च्याउँको विज आयात हुने गरेको अवस्थामा हालै ५ वटा च्याउँ प्रयोगशालाहरुले स्थानीय रुपमै विज वितरण गर्ने हैसीयत बनाएकाले आयातका लागि विदेशिने मूल्यको ठुलो अंश नेपालमै रोक्न थालिएको कृषि ज्ञान केन्द्र स्याङ्गजाका प्रमुख विनोद हमालले बताए । गण्डकी प्रदेशमा च्याउ विउ उत्पादनमा १०० रोजगार, कच्चा पदार्थ संकलन र व्यवस्थापनमा १०० रोजगार र च्याउ व्यापारमा ५०० जना ले प्रत्यक्ष रोजगार पाएको हमालले दावी गरे ।

प्रादेशिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरुको संख्या बढदै गएपछि सरकारी तवरमा च्याउको वीउका लागि ५० प्रतिशत अनुदान दिने र कतिपय उत्पादन क्षेत्रलाई च्याउ पकेट क्षेत्रका रुपमा विकास गर्न थालीएको कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले बताए ।
सरकारी तवरमा कृषकलाई अनुदानका साथै नियमन र प्रयोगशाला परिक्षणका लागि पुरानो रेशम विकास कार्यालयलाई वागवानी श्रोत विकास केन्द्रका रुपमा रुपान्तरण गरि सहजीकरण गर्न थालीएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए ।

जिल्लागत रुपमा उत्पादक किसानहरुको संजाल पनि बन्दै गएको र कास्की तथा बाग्लुङ्गमा समेत च्याउ उत्पादक किसान संजाल विस्तार भएको र चालु वर्षमा प्रदेशभर विस्तार गर्ने योजना रहेको प्रादेशिक च्याउ किसान सञ्जालका अगुवा धर्मराज थापाले जनाएका छन् ।

सिताके च्याउँका रुपमा पहिचान बनाएको मुढे च्याउका लागि बनका उत्तीस र कटुसका मुढा ल्याउने बेला वनकार्यालयले दुख दिने गरेर किसानलाई हैरानी परेको बाग्लुङ्गका किसान टेकनारायण पुनले दुखेसो पोखे ।

कोविडको कहरका बेला बन्दाबन्दी हुदा व्यवसाय थला परेको र पछिल्ला दिनमा रोगप्रतिरोधी क्षमता विकासका लागि बजारमा च्याउको माग बढदै गएको च्याउ किसान चोविन्द्र कुवरले बताए । किसानहरुका लागि उत्पादन र बजारिकरणमा विभिन्न मुल्य श्रुंखलाका पक्षहरुको परिचालन गर्न नसकिएकाले च्याउ व्यवसाय सकारात्मक उचाइमा जान नसकेको अर्काकिसान लिलाधर अधिकारीले बताए ।

च्याउ खेतिका लागि कम्पोष्ट मल उत्पादन गर्ने प्रविधिका लागि कम्पोष्ट मल उत्पादन प्लान्ट निर्माणका लागि प्रादेशिक सरकारको सहजीकरणका लागि प्रदेश कृषि मन्त्रालय सकारात्मक रहेको र प्रविधि तथा सिप विकासका लागि तालिम केन्द्रले आगामाी वर्षका लागि सहयोगी क्रियाकलाप संचालन गर्ने प्रदेश कृषि सचिव सवनम शिवाकोटीले प्रतिवद्धता जनाएकी छन् ।


गण्डकी प्रदेश च्याउ किसान सञ्जालले हरेक माघ महिनाको ३ गते वार्षिक सभा र ‘च्याउ फेष्टीभल’ मनाउदै आएको सन्दर्भमा हिजो पोखराको मालेपाटनमा च्याउका विभिन्न परिकारहरु प्रदर्शन गर्दै ‘च्याउ फेष्टीभल’ पनि मनाएका छन् ।

Facebook Comments