गण्डकीमा चिया खेति विस्तारका लागि बोर्डले सघाउने

गण्डकी प्रदेशको पर्यटकीय बजारको उपभोत्ता खपतमा गैरखाद्य कृषिवस्तुको उत्पादनमा सहजकिरण गर्नका लागि यहा विकास भइरहेको कफी खेति सगै चिया खेतिलाई पनि सबलकिरण गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले साझेदारीमा आधारित चिया विकास कार्यक्रम संचालनको तयारी गरेको जनाएको छ । बोर्डले हालै एक सूचतना प्रकासित गर्दै चिया खेतिका लागि साझेदारी अनुदान प्रस्ताव  पेश गर्न पनि बोर्डले आग्रह गरेको बोर्डका क्षेत्रिय निर्देशक चन्द पूरीले जनाएका छन् ।

बोर्डले चिया विस्तार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा चिया नर्सरी स्थापना, विरुवा अनुदान, चिया टिप्ने हाते मेशिनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट संचालन गरिने कार्यक्रम कार्यान्वयन कार्यविधि (पहिलो संसोधन) २०७५ मा भएको व्यवस्था अनुसार अनुदान उपलब्ध गराउने बताइएको छ । इच्छुक कृषक, समुह, फर्म, उद्योग, सहकारी, संघ र संस्थाहरुले ३५ दिन भित्र निवेदन पेश गर्न सकिने पनि बोर्डले जनाएको छ ।

चियाखेतिमा इच्छुक किसानले  आफ्नो प्रस्तावना पत्रमा नवीकरण सहित संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,स म्बन्धित स्थानीय पालिकाको सिफारिस,अघिल्लो वर्षको लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपि, चिया विस्तार गर्ने जग्गाको लालपुर्जाको प्रतिलिपि वा जग्गाधनीसंगको लिज सम्झौताको प्रतिलिपि र संस्थाको प्रमुख ब्यक्तिको नागरिकताको प्रतिलिपि समेत पेश गर्नु पर्ने जनाइएको छ ।

Facebook Comments