गण्डकीमा अलैची उर्जा जाग्दो

मसला बालीका माध्यमद्धारा नगद आर्जनको सम्भावनालाई बढाउदै गण्डकी प्रदेशका पहाडी वस्तीका किसानहरु अलैची खेतिमा जागरुक हुदै नगद आर्जनमा सक्रिय हुन थालेका छन् । मशला वाली अलैची अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिने भएकाले हरेक वर्ष दशैको मशाला बजार लक्षीत गर्दै किसानहरुले अलैची संकलन गर्दै आएका छन् ।

भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिने भएकाले समुन्द्र सतहको १ हजार मिटर देखि २२ सय मिटर सम्मको ओसीलो जमिनमा खेति गर्न सकिने अलैची मशला सामुदायिक वनका लागि समेत आर्जनको बाटो बन्न थालेको छ ।

समृद्धिका लागि बजारमुखी नगदेवालीका विभिन्न उपायहरुको खोजीमा लागेका किसानहरुलाई अलैची खेतिले उत्साह दिएको छ  । चिया वोर्ड जस्तै अलैची बोर्ड बनाएर विकासमा राज्यको सहभागिता सुनिश्चीत गराउने विगतका कृषि मन्त्रीहरुले आश्वासन बाढेको भएपनि राज्यद्धारा बचन पुरा नभएको कास्कीका अलैची उत्पादक जीत बहादुर बस्नेतले बताए ।


गण्डकी प्रदेशमा लम्जुङ्गका किसानहरुले अलैचीबाट उच्चतम लाभ लिन सकेका अनुभवलाई बजारीकरण गर्दै कास्कीका किसानहरुले अलैची अभियान नै थालनी गरेका छन् । कास्कीका युवाहरुले परदेश जानेलाई पाठसिकाउन हरेक वर्ष अलैची रोप्ने अभियान चलाउँदै आएका छन् ।
हाल सम्म ३ सय रोपनी जमिनमा २ लाख असी हजार अलैची विरुवा रोपी सकेको र गत वर्षबाट फसल लिन पनि थालेको मादी गाउपालिकाका विशाल गुरुङ्गले आरसी ब्युरोलाई बताएका छन् । गुरुङ्गले साथीसंगै मिलेर कास्की अन्नपुर्णको गाउँपालिकाको घान्द्रुकमा २ सय रोपनि जमिन १० वर्षका लागि लिएर अलैची सु¬¬¬¬¬रु गरेका छन् भने भदौरे पञ्चासेमा पनि विस्तार गरेका छन् । उनले मादीको भाचोक र घ्यामराङ्ग बाट पोहोरदेखि नै फसल लिन लागेको तथा २ हजार रोपनीमा खेति विस्तार गर्ने लक्ष राखेको बताएका छन् ।
कास्कीमा पूरुन्चौरका नारायण बास्तोलाको अगुवाइमा एक दर्जन बढी उद्यमीहरुको सहकार्यमा पञ्चासे अर्गानिक कृषि फर्म सञ्चालन गरेर पूरुन्चौरको पुर्व भुर्जुङ्गखोला क्षेत्रमा ४ सय रोपनी जमिन २५ वर्षका लागि भाडामा लीएर२ लाख २० हजार अलैची बेर्ना रोपेको जनाएका छन् । त्यहि समुहको नेतृत्वमा घलेखर्क निकटमा अग्रगामी कृषि फर्मको नाममा ८ सय रोपनी जमिन भाडामा लिएर ३ लाख ५० हजार बेर्ना रोपीएको बास्तोलाले जनाएका छन् । हालै मात्र प्रादेशिक सरकारले उनिहरको इलममा ३५ लाख बराबरको प्रविधि सहयोगमा पचास प्रतिशत अनुदान सहकार्य पनि गरेको बास्तोलाले व्युरोलाई जनाए ।


प्रादेशिक अलैची व्यवसायी संघका अगुवा अजय तामाङ्गले दिएको जानकारि अनुसार लमजुङ्ग, गोर्खा कास्की, स्याङ्गजा, बाग्लुङ्ग, पर्वत, म्याग्दीमा अलैचीको नीजी उद्यमहिरको सक्रियतामा व्यवसायिक खेति हुने गरेको छ भने तनहुँमा नगन्य अभ्यास छ ।

पर्वतमा विरजङ्ग गुरुङको अगुवाइमा भोक्सिङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूह स्थापना गरी एक हजार ५०० रोपनी क्षेत्रफलमा एक लाख अलैँचीका बिरुवा रोपेका छन् । अहिले अलैँचीले फल दिन सुरु गरेको छ । स्थानीय ३० जना कृषकले प्रतिव्यक्ति रु पाँच लाख लगानी गरेर अलैँची खेती सुरु गरेका हुन् ।
त्यसै गरि गोरखाको खरिबोट, हंशपुर, थालाजुङ्ग, मुच्चोक, केराबारी क्षेत्रका किसानले अलैंचीको व्यावसायीक खेती गरेर मनग्य आम्दानी लिएपछि सिम्जुङ्ग, सौरपानी, घ्याच्चोक, बारपाक, लाप्राक र गुम्दा गाविसका किसान पनि अलैंची खेतीतर्फ आकर्षित भएका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अगुवा कालीदास सुवेदीले दिएको जानकारी अनुसार प्रदेशका ११ जिल्ला मध्ये ८ जिल्लाका सामुदायिक वनहरुमा जिल्लामा अलैचि खेति हुने गरेको छ । गण्डकी प्रदेशका लमजुङ्ग १००, गोरखा ६०, कास्की ५०, स्याङ्गजा ८०, पर्वत ९०, बागलुङ्ग ८०, म्याग्दी १५०, र तनहुका ७० सामुदायिक बनहरुमा अलैची खेति हुने गरेको छ ।
सामुदायिक बन समुहले पुर्वी नेपालका अलैची प्रशोधन दक्ष कामदारलाई वार्षीक रुपमा अलैची संकलन र प्रसोधनको ठेक्का दिने गरेको पाइएको छ । हालै मात्र पाँचथरका अलैची प्रसोधनकर्ता मन कुमार लिम्बु( ३२) ले ढिकुर पोखरीको अधेरखिोला सामुदायिक वनको अलैची संकलन तथा प्रसोधनका लागि आठ वर्षको ठेक्का पाएर अलैची भट्टी संचालन गर्ने तयारी गरीरहेका छन् ।

प्रादेशिक रुपमा अलैची खेतिको आँकडा अनुसार प्रदेशका ८ जिल्लाका ५४९ हेक्टर जमिनमा अलैची खेति भइरहेको छ र किसानहरुले १७४ क्वीनटल अलैची फसल लिएका छन् । सरकारी सर्भेक्षण हुन नसकेको भएपनि किसान सेतले दिएको जानकारी अनुसार वर्षेनी किसानहरुको सक्रियताले अलैची खेति विस्तार हुदै गएको छ । कास्कीमा मात्र ६७ जना किसानहरुले करिव १२ सय हेक्टरमा अलैची खेति गरेको अलैची उत्पादक महासंघ कास्कीका अध्यक्ष जीत बहादुर बस्नेतले जनाएका छन् ।

खेती र परम्परागत बजारका हिसावले गण्डकी प्रदेशमा ’डम्मरसाई’, ’रामसाई’, ’चिवेसाई’, ’गोलसाई’, ’राम्ला’, ’साउने’, आदि जातका अलैँची खेति हुने गरेको छ ।
डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ । १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाईभन्दा कम फले पनि किसानहरू साउनेप्रति आकर्षित भएको बताउछन् ।


अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान मानिन्छ भने भूक्षय रोक्न पनि उपयोगी मानिएको छ ।
अलैचीको सुगन्धित बीयाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुने र यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ ।
बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ । आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिने भएकाले यसको बजार मुल्य पनि उच्च दर्जाको मानिन्छ । नेपालमा उत्पादित अलैंची भारत हुदै श्रीलंका, बंगलादेश र खाडी मुलुकसम्म पुग्ने गरेको अलैंची ब्यवसायीहरुले बताएका छन् । विशेषगरी मसला, औषधी र सेन्ट निर्माणका लागि अलैंची अन्तराष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । विस १८३० को दशकमा पहिलो पटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैचीको विरुवा ल्याई खेती सुरु गरिएकोमा हाल ३६ जिल्लामा विस्तारीत भएको किसान अगुवाहरुले बताएका छन् ।

Facebook Comments