कोरोना संकटमा डेरी व्यवसाय जोगाउँदै युवा

गीता न्यौपाने, पोखरा
कोरोना प्रकरणका बेला बन्दाबन्दीका कारण कतिपयका लागि व्यवसायिक सुरक्षाको चुनौति बनेको छ भने कतिपय इलमीहरुका लागि चुनौति चमत्कारमा बदल्ने हिम्मतका रुपमा देखापरेको छ । बन्दाबन्दीका बेला श्रमकि व्यास्थापन र साझेदारी जोखिम बहनमा चुनौति थपिएपछि प्राय व्यवसायहरुमा व्यवस्थापन बदलीने अवस्था आएको अवस्थामा एकजना कृषि फार्म सञ्चालनको हिम्म्त बोकेका युवा मेघराज पौडेलले बन्द हुनै लागेको डेरी व्यवसाय जोगाउने प्रायस बढाएका छन् ।

पोखराको लामाचौर निवासी मेघराज पौडेलले पोखरा महानगर वडा नं. ३० गगनगौंडामा रहेको साइराम एग्रो फार्म प्रा.लि. मार्फत सञ्चालनमा रहेको भैंसी फार्मलाई लगानी वृद्धि र बजारिकरण रणनितिका साथ सञ्चालनमा ल्याएकाछन् । विगतमा कास्कीकै भेडाबारी क्षेत्रमा संयुक्त लगानीमा भैसी पालन र दुध विक्री तथा कुखुरा पालन सहित राइस मिल पनि सञ्चालनको अनुभव बटुलेका पौडेलले साझेदारी व्यवसायमा व्यवस्थापकिय जोखिम हुने देखि पेशा बदल्ने अवस्थामा पुगेका बेला साइराम एग्रो फार्म संचालनको एकल जिम्मा लिएर यहि भदौ पहिलो साताबाट नया व्यवस्थापनमा फार्म संचालन थालेका छन् । करिव १३ रोपनी जग्गामा भैसी पालन गरेका पौडेलसँगै १० जना जनशक्ति रोजगार भइरहेका छन् । हाल उनको फार्ममा ६२ वटा लैनु भैसी र ४४ वटा पाडा पाडी रहेका छन् । एक महिने यो अभ्यासमा उनी माउँ भैसी थप्नु भन्दा पाडा पाडी हुर्काउनु बढी लाभकारी रहेको अनुभव सुनाउछन् । हाल ६२ माउँ भैसी रहेकामा करिव १०० वटा पुर्याउने उनको सोच नयाँ भैसी थपनु भन्दा पाडा पाडी हुर्काउनु र ३ वर्षमा नै राम्रो प्रतिफल लिन सकिने पाठ पिसकेको उनले बताएका छन् ।

खासगरि तराइ क्षेत्रबाट लाख रुपयिा तिरेर ल्याएका भैसी भन्दा यहिको हावापानीमा हुर्केका पाडीहरुबाट जलवायु अनुकुलन र स्वस्थ पशुधन निर्माण गर्न सकिने उनको बुझाइ छ । सरकारी निकायले नश्ल सुधार र संरक्षणका लागि पाडी संरक्षण अभियान चलाइरहेका बेला साइराम एग्रो फार्मको पाडी संरक्षण जुक्तिले राम्रो पाठ सिकाउन सक्ने देखिन्छ । साइराम एग्रो फार्मबाट हाल नियमित ४०० लिटर दुधउत्पादन गरी पोखराको रामबजार र नयाँबजार क्षेत्रका खुद्रा विक्रेता मार्फत वितरण गरिरहेका छन् भने अव बजार क्षेत्रमा आफ्नै आउटलेट निर्माण गर्ने र आफन्त युवाहरुलाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने सोच बनाएका छन् ।

करिव ६ करोड लगानीको उनको परियोजनालाई हालै हिमालयन बैंकले सहुलीयत व्याजदरमा ३ करोड लगानी प्रवाह गरेको छ । पाँच प्रतिशत व्याजदरमा बैकले लगानी प्रवाह गरे पछि व्यवसाय सुदृढिकरणमा हौसला मिलेको पौडेलले व्युरोलाई बताएका छन् ।

Facebook Comments