कोरोना पछिको कृषि पर्यापर्यटन

कुलराज चालिसे

कोभिड १९ संग भागेर भन्दा लडेर जित्न सकिन्छ भन्ने मान्यतामा वातावरणमैत्री कृषिको मूल्य र मान्यता नै परिवर्तन गर्ने प्रयास आवश्यक देखिएको छ । कृषि व्यावशाय छनौट गर्न तीन तहको मान्यतामा केन्द्रित रहदै अवको कृषि तेश्रो मान्यतामा घनिभूत रहने तर्कलाई प्रमाणिकरण गर्ने प्रयासमा बहश थालेका छौ ।


कोभिड १९ को विश्वव्यापी प्रभावले रोजगारीको स्वरुप र खर्चको प्राथमिकताक्रममा व्यापक परिवर्तन हुने आँकलन धेरैले गरेकाछन् । यस विषयमा आधारतह देखी नीतिनिर्माताको तहसम्म अनेकन वहस भएर प्रतिवेदनहरु पनि प्रकाशन भएकाछन् । विश्वविद्यालय र अनुसन्धानकेन्द्रका प्राज्ञहरु, गहन अध्ययनमा अझै व्यस्तछन् । विश्वको नगदप्रवाह अव कुन दिशामा र कस्तो गतिमा प्रवाह होला भनेर शुक्ष्म विश्लेषण गर्ने काम भैरहेको छ ।

परिवर्तनको यो गतिमा नेपाल अलग रहन सक्दैन । नेपालका प्रदेशहरु मध्य पनि पर्यटन र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा निर्भर गण्डकीप्रदेशले त परिवर्तनको यो गतिलाई तुलनात्मक बढी नै अनुभव गर्दै छ । परिवर्तनको यो क्रम अवसर बनाउने कि चुनौती भनेर निक्र्यौल गर्ने दोवाटोमा हामी रहेका छौ ।


गण्डकी प्रदेशको आर्थिक सम्वृद्धिको जग विप्रेषण र पर्यटन थियो । अहिले यो दुवैक्षेत्र घायल भएको छ । जलविद्युत उत्पादनको हिसावले पनि प्रदेश अगाडी छ । तर उर्जा नगदमा रुपान्तरण भएर समाजको तल्लोतप्कासम्म पुग्न धेरै तारतम्य मिलाउनु पर्छ । त्यसैले प्रतक्ष रोजगारी र चलश्रोतको वितरण सुव्यवस्थामा वैदेशिक रोजगारी र पर्यटन नै अग्रभागमा थियो । त्यसैको जगमा घडेरीको मूल्य आकाशीएको थियो । त्यसैले गर्दा नै सम्मजग्गा प्लटिगं गरेर घडेरीमा सकीएर पहाड पनि सम्याउन सुरुभएको थियो । कम उब्जनी हुने सिमान्त जग्गा बेच्दा पनि प्राप्त हुने मनग्य पैसाले धेरैतहमा धेरै परिवारको जीवनस्तर उकासीएको थियो ।

प्लाष्टिकटनेल भित्र वेमौसमी तरकारी फलाउदा पनि मज्जाले विकेको थियो । किनभने घडेरी बेचेको पैसाले भएपनि जनताको क्रयशक्ति राम्रै थियो । कौसीकौसीमा विस्तारित कृषिलाई निर्वाहमुखी कृषिको उपमा पनि दिन सकिदैन । त्यसैले कौसीखेतीलाई म सौन्दर्यकृषिको संज्ञा दिन उचित सम्झन्छु । तैपनि कृषि विकास सम्बद्ध अड्डाहरुले सौन्दर्यकृषिको नमुना देखाएर पनि प्रगति देखाएका थिए । आफैलाई पनि नपुग्ने कौसीखेतीले पर्यटकीय बजारको आवस्यकतालाई सम्बोधन हुने सम्भावना नै हुने थिएन । भारतीय नागरिकले मधेसको जग्गा भाडामा लिएर उत्पादन गरेको तरकारी को साथमा आयातित तरकारी, फलपूmल तथा अन्नले बजार नधानेको भए नानीको ताई उहिल्यै देखिन्थ्यो ।


घरबास पर्यटनमा समेत आयातित खाद्यान्न, दाल, तथा तरकारीमा निर्भर हुने बाध्यता हाम्रोमा थियो । लेकमा बसेर खाने स्थानीय भनिएको मदिरा समेत आयातित् कोदो कुहाएर बनाईन्थ्यो । त्यस्तो पर्यटकीय सेवा उपभोग गर्ने उपभोक्ताको क्रयशक्तिमा विप्रेषणकै दम थियो । पर्यटनमा पनि बाह्य भन्दा आन्तरिक पर्यटकको नै योगदान थियो । विप्रेषण पठाउनेको दुःख जस्तो भएपनि यताको पर्यटनमा रेलिने पैसा उतैको थियो । गाउँगाउँले घरबास पर्यटन सुरु गरेका थिए । प्रतक्ष होस् वा अप्रतक्ष, त्यस्को आधार पनि विप्रेषण आय नै थियो । कोभिड १९ को प्रभावले गर्दा गण्डकी प्रदेशले अहिले सम्म लिएको त्यो लाभमा तलमाथि हुने निश्चित जस्तै छ ।


गण्डकी प्रदेशमा पर्यटकीय संरचनाहरुको विकास धेरै नै भएको छ । वित्तीयसस्थाहरुले पनि स्तरीय होटलहरुमा धेरै नै लगानी गरेका छन् । नयाँ विमानस्थल पनि छिट्टै सम्पन्न हुदैछ । तर कोरोना कहरको व्यवस्थापन गरेर पर्यटनलाई साविकको लयमा फर्काउन त्यत्ति सजिलो छैन । पर्यटनलाई पुरानै लयमा फर्काउन सकिएन भने धेरै पर्यटन उद्यमीले व्यावशाय परिवर्तन गर्न बाध्य हुनुपर्नेछ । पर्यटन उद्यमको निमित्त विकास गरीएको संरचनाहरुको वैकल्पिक उपयोग गर्न प्रयास नगर्ने हो भने बैंकको ऋणभारले व्यावशायी त डुब्छन् डुब्छन्, साथमा बैंकहरु पनि प्रभावित हुन्छन् । अत्यन्त राम्रो भौतिक संरचना भएको पूmलवारी रिजोर्टले व्यावशायिक प्रतिफल दिन नसकेर प्रवर्तक अमात्य समुहको साथमा लगानीकर्ता वैंकलाई डुवाएको अवस्था जस्तो अन्य होटल व्यावशायीलाई नपरोस भनेर होटल संरचनाहरुको वैकल्पिक उपयोगमा प्रदेश सरकार समेत तत्पर हुनै पर्छ । विश्वविद्यालयको पाठ्यक्रमबाट होटलमा काम गर्ने कर्मचारी उत्पादन गर्न सकिएला, तर पर्यटन उद्यमी तयार गर्न सकिदैन । लामो अबधिको प्रयासमा मात्र गण्डकी प्रदेशले पर्यटकीय राजधानीको दर्जा पाएको थियो । याहाको पर्यटन उद्यममा स्वदेश तथा विदेश धेरैतिरबाट पूँजि लगानी भएको थियो । कामगर्ने श्रमिक पनि धेरैस्थानबाट एकतृत भएका थिए ।

धेरै समयको कृयात्मक अभ्यासबाट पर्यटन व्यावशायमा लगानी गर्ने उद्यमी तयार गरेपछि वैंकहरुले पनि लगानीको निमित्त तत्पर भएका हुन् । नत्र पूmलवारी रिजोर्ट लगाएत काठमाण्डौका तारे होटलमा गरेको लगानी समस्याग्रस्त हुनपुगेकाले वैंकहरुले पनि होटलको स्थिरसंरचनामा लगानी गर्न रुचाएका थिएनन् । होटल क्षेत्रमा सजिलै ऋणप्रवाह हुन थालेको धेरै भएको छैन । अहिलेको लगानी पनि जोखिममा परेमा छोटो अबधिको निक्षेप संकलन गरेर बैकहरुले यो क्षेत्रमा लामो अबधिको कर्जा प्रवाह गर्न धेरै पछि सम्म रुचाउदैनन् ।

वैंकहरुले पत्याएनन् भने निजिक्षेत्रको लगानी र सरकारी प्रयासले मात्र पर्यटन प्रवद्र्धन हुन सक्दैन । त्यसैले पनि लगानीको वातावरण बनाई राख्न पनि होटलहरु चलि रहनु पर्छ । किनभने गण्डकी प्रदेशको दिगो सम्वृद्धिको आधार पर्यटन नै हो । साविकको पर्यटन सस्कृतिलाई चटक्कै विर्सिएर नयाँ परिस्थितिको नयाँ रणनीति बनाएर संयुक्त प्रयास गर्ने हो भने पर्यटनलाई साविक भन्दा पनि उत्पादक लयमा लैजान सकिन्छ । उत्तर र दक्षिणको विशाल जनसंख्याको आवस्यकतालाई मध्यनजर राखेर पर्यटन गुरुयोजना बनाउने हो भने त्यो असम्भव छैन ।


यो आलेखको अन्तर्य पर्यटन विकासमा केन्द्रित होईन । विगतमा जस्तै अहिले पनि हामी कृषिपर्यापर्यटनको कुरा मै केन्द्रित छौ । कृषि उत्पादनलाई पर्यटकीय बजारमा आवद्ध नगरेसम्म दिगो कृषि विकासको सपना देख्न गाह्रो हुने भएकोले हामी पर्यटनलाई पनि कृषि संगसंगै वहसको दायरामा ल्याउन प्रयास गर्छाै । हामीले दिगो कृषिको वहसलाई गतवर्ष देखि नै प्राथमिकतामा राखेका थियौ । ऋषिकृषि र कन्दमूलका केन्द्रित भएर हामीले सम्प्रेषण गरेका विगतका विचारहरु आधुनिक तथा व्यावशायिक कृषिको दायरा भित्र अटाउन सकेको थिएन । तर पनि लोपोन्मुख खाद्य सस्कृतिलाई कृषि बजारको मूलधारमा पूनस्थापित गर्न हामीले लामै वहस गरेका थियौ । त्यो वहसले परम्परागत कृषि सस्कृतिलाई पर्यटकीय बजारमा आवद्ध गराउन मद्दत गरेको थियो । यसै विचमा कोराना कहरले वन्दावन्दीको सामना गर्न परेको छ ।

यो बन्दाबन्दीको दौरान करीव दुई पहिना हामीले पनि विश्राम गरेका थियौ । यस विचमा कोभिड १९ संग डराएर भाग्दा मात्र समस्या समाधान नहुने रहेछ । एउटा समस्यासंग भाग्दा अनेकौ समस्याहरुको सामना गर्न पर्ने रहेछ । अनुमान गरीएका अनेकौ समस्याहरु सतहमा त अझै आईपुगेका छैनन् । वैदेशिक रोजगारीको दौरान अनौपचारिक तवरले भारत तथा मध्यपूर्वमा पुगेका युवाहरु अनेक हण्डर खाँदै स्वदेशमा भित्रिदा आप्mनै सरकारले सिमानामा रोकेको पिडा यत्तिकै मेट्टिदैन ।

मध्यपूर्वमा सेवारत युवाहरु हवाईयात्रा अवरुद्ध भएपछि दुतावासको आँगनमा भोग्न परेको ववण्डर पनि बिर्सिदैनन् । एनकेन आप्mनै जन्मस्थलोमा पुगेका युवालाई कुनै काममा व्यस्त नराख्ने हो भने उनिहरुलाई अवाञ्छित समुहले दुरुपयोग पनि गर्न सक्छन् । दिगो कृषि र पर्यटनलाई रणनीतिक उपयोग गरेर नै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अक्षुण राख्दै विदेशबाट फर्कीएका युवालाई कृषि व्यावशायमा व्यस्त राख्ने उद्देश्यले आगामी केही हप्ता हाम्रो कलम कृषिपर्यापर्यटनको क्षेत्रमा चल्ने छ ।


यस विचमा हामी यो भन्दा अगाडी अन्य पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशन भै सकेका सामाग्रीलाई पून प्रकाशन पनि गर्न सक्छौ । कोभिड १९ संग भागेर भन्दा लडेर जित्न सकिन्छ भन्ने मान्यतामा वातावरणमैत्री कृषिको मूल्य र मान्यता नै परिवर्तन गर्ने प्रयास आगामी हप्ताबाट सुरु गर्ने छौ । प्रस्तुत फ्रेमवर्कमा उल्लेख भए अनुसार कृषि व्यावशाय छनौट गर्न तीन तहको मान्यतामा केन्द्रित रहदै अवको कृषि तेश्रो मान्यतामा घनिभूत रहने तर्कलाई प्रमाणिकरण गर्ने प्रयास आगामी हप्ताबाट गर्ने छौ ।

—लेखक चालिसे : ऋषि कृषि अनुसन्धान परियोजनाका अगुवा हुन्

Facebook Comments