कृषि विकास रणनीतिको विश्लेषण गर्ने कि ?

कुलराज चालिसे
प्रतिस्पर्धात्मक कृषि व्यावशायमा प्रविधिप्रवर्तन् र बजारीकरणको अहं भूमिका रहन्छ । कृषिव्यावशायमा उपयोगी प्रविधिको लक्ष उत्पादन वृद्धि, गुणस्तरीय उत्पादन, उत्पादन लागत तथा श्रम घटाउन वा भण्डारण अवधि बढाउन मध्य जुनमा पनि केन्द्रित हुनसक्छ । जलवायु र माटोमा हुने विविधताको कारणले गर्दा पहाडीक्षेत्रको निमित्त प्रविधिको झनै ठूलो महत्त्व हुन्छ । भिरालो जग्गा हुनाको साथमा खेतीयोग्य जमिन नै कम भएकोले पहाडमा कृषि यान्त्रिकरणको निमित्त सहज हुँदैन । यान्त्रिकरणको पहल भैहालेमा पनि प्रति ईकाई सिमान्त उत्पादकत्त्व भन्दा लगानी तुलनात्मक धेरै हुनसक्छ । भौगोलिक विविधताको कारणले आमबजारमा उपलब्ध कृषि उपकरण भन्दा परम्परागत उक्ति र जुक्ति पहाडको निमित्त उपयोगी सावित हुनसक्छ । समथर फाँटको निमित्त विकास गरीएको यन्त्रउपकरण पहाडको निमित्त उपयोगी सावित हुँदैनन् । कृषि सामाग्री बेचविखनमा संलग्न व्यापारीको प्रभावमा परेर त्यस्ता उपकरणको परिक्षण उपयोग गरेमा पनि समथर जग्गाको तुलनामा प्रति ईकाई लागत वढी हुनजान्छ र बजारमा समथर फाँटको कृषि उत्पादनले दबदबा कायम राख्छ । त्यसैले पहाडको निमित्त भिन्न अनुसन्धान गर्नुपर्छ र त्यस्तो अनुसन्धानको निष्कर्ष खरिद गर्ने उत्पादक भूमि कम हुने भएकोले प्रति ईकाई अनुसन्धान लागत धेरै हुन गएर तराईको उत्पादन संग प्रतिस्पर्धा गर्न सक्दैन ।


पशुपालनमा पनि यही सिद्धान्त लागु हुन्छ । पहाडमा आयातित् नश्ल, दाना र औषधिको भरमा पशुपन्छीजन्य उत्पादन गर्दा भारतीय उत्पादन संग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्नुको मूलकारण त्यही हो । त्यसैले सरकार, उत्तर र दक्षिणबाट रेलमार्ग जोडेर सस्तोमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने लक्षमा विकासनीति अवलम्बन गरेको छ । यस्तो अवस्थामा उपभोक्तालाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुहोस् भनेर विज्ञापन गर्दैमा स्थानीय उत्पादनको बजार प्रवद्र्धन हुँदैन । स्थानीय उत्पादन महङ्गो हुनुको प्रयाप्त कारण बताउदै गुणस्तरको मूल्य लिन नसकेको अवस्थामा स्थानीय उत्पादनले बजार हिस्सामा प्रभुत्व जमाउन सक्दैन । क्वारेण्टायन कानुनलाई देखाएर प्रहरी प्रशासन सकृय बनाउदैमा स्थानीय उत्पादनलाई बजार हिस्सा दिलाउन सकिदैन । उत्पादनले कृषकको श्रमलागत समेत जोडेर खर्च उठाउन सक्दैन भने त्यो प्रविधि बजार अनुकुलको होईन भन्ने प्रमाणित हुन्छ । अनुदानको जोडबलमा अप्रमाणित प्रविधि तथा यन्त्र उपकरण कृषकलाई भिराउने नीतिले क्षणिक प्रगति देखाउने मात्र हो । अनुदान नहुदा पनि मुनाफा दिन सक्ने प्रविधिलाई बजारले प्रमाणित गर्नै पर्छ ।

आजभोली कृषिऔजार, विउविजन, मल तथा औषधिको पसल गाउगाउसम्म पुगेको छ । कृषि विमाको प्रावधान पनि छ । कृषि ज्ञान केन्द्र तथा निर्देशनालयहरूको कृयाशीलता पनि प्रयाप्त देखिन्छ । यति हुँदा पनि गाउँका युवाको प्राथमिकता भन्दा पनि बाध्यता वैदेशिक रोजगारी किन हुन गएको छ ? एक हप्ता सिमानाका बन्द हुँदा सरकार नै ढल्ने गरेर हल्ला किन हुन्छ ? किनभने हाम्रो कृषि विकासनीतिले विचौलिया प्रवृत्तिलाई प्रोत्साहन गरेको छ । हाम्रो कृषि प्रविधि तथा बजारनीतिले युवाकृषकलाई आकर्षण गर्नै सकेको छैन । यस्को मतलव हामीले सिफारिस गरेको कृषि प्रविधिलाई बजारले अनुमोदन गरेको छैन । अनुदानको जोडबलमा विस्तार गरेको प्रविधिले बजार बनाउन भन्दा विगार्ने काम गरेको छ भन्ने प्रमाणित गरेको छ । यो समस्या नेपालमा मात्र सिमित छैन ।

भारतीय परिप्रेक्षमा यो समस्या अझ विकराल छ । वर्षै पिच्छे हुने कृषकहरूको प्रदर्शनले भारतीय कृषि बजारमा पनि विचौलिया मात्र मोटाएका हुन्, कृषक त पिडा मै बाच्न बाध्य छन् भन्ने संकेत गरेको छ । जति धेरै कृषक लक्षित अनुदानको कार्यक्रम लागु गरीन्छ, त्यत्ति नै धेरै बजार असन्तुलन हुने रहेछ । अनुदानको कार्यक्रममा कृषि प्राविधिक पनि विचौलिया बन्ने खतरा बढ्ने रहेछ । त्यसैले दिगो कृषिनीतिको आधारस्तम्भ भनेको प्रविधि र बजार नै रहेछ भन्ने प्रमाणित हुन्छ । दिगो कृषि विकासको रणनीति पहिचान गर्नु छ भने प्रविधि अनुसन्धान र बजार प्रवद्र्धनमा लगानी गर्नुपर्ने रहेछ । अनुदाननीतिले कृषकको प्रदर्शनलाई प्रोत्साहन गर्ने रहेछ, अनि कृषिऋणले उस्तै परे आत्मदाहसम्मको परिस्थिति सृजना गर्ने रहेछ भन्ने उदाहरण छिमेकी मुलुकमा हेर्दा नै स्पष्ट हुन्छ ।

आप्mनो गाँउ आँफै बनाउँको नारालाई सम्झिएर मात्र नभई भारत र चिनबाट रेलमार्ग जोडेर सस्तो अन्न वितरण गर्ने भाषणलाई अनुमोदन गरी वर्तमान सत्तारुढ दललाई लगभग दुईतिहाईको बहुमत दिएका थियौ । हामीले आगआवनीतिबाट पहाडको उत्पादकत्वलाई कसरी ह्रासोन्मुख मार्गमा धकेलेका छौ भनेर अहिले पनि विश्लेषण गर्न आवस्यक ठानेका छैनौ । हाम्रो प्राथमिकता नै बजेटको सदुपयोग भन्दा विनियोजन तथा वितरणमा सिमित हुन्छ भने जनमतका पूजारीले हाम्रो जनादेशलाई सम्मान गर्नै पथ्र्याे । लालमोहन द्वयले पनि त्यही सस्कृतिको जग बसाए, जुन हामीले चाहेका थियौ । गतहप्ताको प्रमुख समाचारमा हाम्रो दशा पनि त्यही थियो, हामीले जनमतको कदर गरेर नै त्यो समाचारलाई प्रमुखस्थान दिन बाध्य हुनु परेको थियो ।

उत्पादनको क्षेत्रबाट सरकारले राजश्व आर्जन गर्ने हो, निरन्तर लगानी बढाउने होईन । हामीले प्रथम पञ्चवर्षीय योजनाकालबाट नै कृषि क्षेत्रमा निरन्तर लगानी गरेका छौ । त्यसका बावजुद हाम्रो कृषिले राज्यलाई प्रतिफल दिन सकेको छैन, उल्टै थप लगानी मागेको छ । देशले आप्mनो उत्पादनलाई वैदेशिक बजारमा प्रतिस्पर्र्धी बनाएर व्यापारलाभ लिन सकेन भने देश सम्वृद्धिको मार्गमा स्थापित हुन सक्दैन । यस मानेमा विनियोजित बजेटको आधारमा स्थानीय सरकारलाई प्रगतिशील भन्न हाम्रो मन मानेको छैन । बजेट विनियोजन मात्र विकासको मापक बन्थ्योभने नेपाल उहिल्यै विकास भैसक्थ्यो । त्यसैले हामी विनियोजित बजेटको उत्पादकत्व कसरी कायम गर्ने होलान् ? भनेर विश्लेषण गर्न आवस्यक देखिएको छ । हाम्रो मान्यतामा बजेटको दुरुपयोग हुनु भन्दा विनियोजन नहुनु नै प्रगतिशील मानिन्छ । कृषि अनुदानमा कम बजेट विनियोजन गरेको स्थानीय सरकारले कृषिबजार प्रवद्र्धन गर्ने संरचनामा लगानी गरेको रहेछ भने कृषकको नाम बदलेर भैरहेको गोठलाई अनुदान उपलब्ध गराउने क्षणिक प्रगति भन्दा धेरै राम्रो काम गरेको ठहरिन्छ ।

पोखरा महानगरले कृषकलाई अनुदान दिनको सट्टा टोलटोलमा कृषि बजार सम्बन्धि भौतिक संरचना विकास गर्न लगानी बढाएको छ भने दुरुपयोग हुने गरेर विनियोजित बजेट भन्दा राम्रो नै मान्नु पर्छ । त्यसैले पशुपंक्षी तथा मत्स्य विकासमा न्यून बजेट विनियोजन भएकै कारणले स्थानीय पालिका सरकारले कृषिलाई कम प्राथमिकता दिएको निक्र्यौल गर्न मिल्दैन । उनिहरूको कृषि विकास रणनीति धेरै बजेट विनियोजन गर्ने पालिका सरकारको भन्दा उत्पादक पनि हुन सक्छ । हामीले यस सन्दर्भमा अधिकतम र न्युनतम् बजेट विनियोजन गर्ने दुवैवर्गका पालिका सरकारका पदाधिकारीहरू र कृषि प्राविधिकसंग प्रतक्ष साक्षात्कार गरेर विश्लेषण गर्ने प्रयास गर्ने छौ ।

कृषि विकासमा बजार अनुकुलको प्रविधि प्रवर्तन् अनिवार्य जस्तै हुन्छ । नवप्रवर्तन, वृद्धिशील, विघटनात्मक, कलात्मक वा कट्टरपन्थी मध्य जुन पनि हुन सक्छ । हामीले विगतका दिनमा कुन प्रकृतिको प्रवर्तनात्मक रणनीति अवलम्बन गर्यौ र आउने दिनमा कुन प्रकृतिको रणनीति अवलम्बन गर्छाै भनेर विश्लेषण गर्न पनि आवस्यक छ । कतै हामीले सदियौ देखि स्थापित प्रविधि र वीउ विजनको विस्थापन गरेर आधुनिक कृषिको नाममा अरूको प्रविधि अवलम्बन गर्न समय र श्रोत खर्च त गरेका थिएनौ भनेर पनि अनुसन्धान गर्न आवस्यक भएको छ । स्थानीय स्वायत्त सरकारहरूले आआप्mनै ढङ्गले कृषि विकासका रणनीति बनाएका छन् । माथि उल्लेखित प्रवर्तनात्मक रणनीतिहरू मध्य जुनकुनै रणनीति अवलम्बन गरेका हुन सक्छन् ।


(लेखक चालिसे खोज पाठशालाको ऋषि कृषि अनुसन्धान कार्यका टोली प्रमुख हुन )

Facebook Comments