कृषि प्राविधिकहरुलाई लगत योजना तालिम

गण्डकी प्रदेशको कृषि तालिम केन्द्रले स्थानीय पालिकाहरुका कृषि प्रविधिकहरुलाई साना सिंचाइको लगत इस्टीमेट गर्ने क्षमता विकास तालिम दिएको छ । कोरोना कहरका बेला आफनो तालिम केन्द्रको परिसरमा पोखरा महानगरले क्वारेन्टाइन प्रयोगका लागि ओगटे पछि कृषि तालिम केन्द्रले कृषि विकास निर्देशनालय माले पाटनमा ३५ दिने प्राविधिक इस्टीमेट गर्ने तालिम सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशका विभिन्न पालिकाहरुमा जेटी र जेटीएको भूमिकामा कृयाशिल कृषि प्राविधिकहरुलाई साना सिंचाइको योजना तर्जुमा सिप हस्तान्तरण गरेर स्थानीय किसान समूह र पालिकाहरुका लागि प्रविधिक जनशक्तिको पहुँच बढाउन तालिम केन्द्रले सहजीकरण गरेको तालिमकेन्द्रका निमित्त प्रमुख विष्णु घिमिरेले जनाएका छन् । कोरोना त्रासका बेला पनि स्वास्थ्य मापदण्डको पालना गरि ३५ दिन सम्म प्राविधिक हरुका लागि सञ्चालन गरिको तालिममा कुने पनि स्वस्थ्य समस्या नआएको र आगामी दिनमा व्यवस्थीत तालिम सञ्चालन गर्न सकिने विस्वास बढेको कावासोति नगरबाट तालिम सहभागी विकास खनालले बताए ।
तालिममा सहभागी १५ जना प्रशिक्षर्थीहरुले तालिमका श्रोत व्यक्तिहरुले आफुहरुलाई लगत इस्टीमेट गर्ने क्षमता दिएको र आत्मविश्वास पनि रहेको बताउँदै कानुन बमोजिम लगत इस्टीमेट गर्न सक्ने हैसीयत पुर्ण व्यवस्था नभएसम्म यो तालिमको वास्तविकि उपयोग हुन नसक्ने भएकाले नितिगत सुधारका लागि प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगर र कृषि सचिव सवनम शिवाकोटीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
कृषि ज्ञान केन्द्रको सिफारिसमा तालिममा सहभागी हुने स्थानीय पालिकाहरुमा देबचुलीबाट नरेन्द्र भण्डारी, पालुङ्गटारबाट लक्ष्मी देबकोटा, पोखराबाट जीवन सुवेदी, आवुखैरेनीबाट बिनोद थापा, रुपाबाट सूर्य अधिकारी र मनोज पौडेल, विनयी त्रिवणीबाट मनोज चापागाई, कावासोतीबाट विकास खनाल, कृषि ज्ञान केन्द्र गोर्खाबाट उमेश विष्ट, जलजलाबाट राजु गौतम, कुश्माबाट अर्जुन शर्मा र बल बहादुर जीटी, थासाङ्गबाट रामशरण सापकोटा,वालिङ्गबाट केशबहादुर थापा तथा शुक्लागण्डकीबाट भरत प्रसाद जैशी सहभागी भएका थिए ।
तालिमले स्थानीय पालिका, कृषि ज्ञान केन्द्र र मन्त्रालयका बीचमा तथ्यांक साझेदारी, योजनामा सहकार्यता र कृषि प्राविधिकहरुमा क्षमता विकासमा टेवा पुर्याउने प्रादेशिक कृषि सचिव सवनम शिवाकोेटीले दावी गरिन् । संघीय प्रणालीमा प्रदेश सरकारको प्रभावकारीता र नागरिक भरोसा बढाउन तालिमले स्थानीय सरकारसंगको समन्वयलाई जीवन्त बनाउने कृषि मन्त्री लेखबहादुर थापाले दावी गरे । गत कार्तिक १६ गतेबाट सञ्चालन भएको उक्त तालिमबाट सहभागीहरुले स्थानीय पालिकाका साना सिंचाइ प्रणाली, टनेल, भकारो सुधार र गड्यौली मल उत्पादनका लागि आयोजना प्रस्ताव बनाउन किसानहरुलाई लागत इस्टीमेट गर्न सहयोग गर्ने क्षमता सिकेका तालिम प्रमुख विष्णु घिमिरेले जनाए ।